समाचार

‘पत्रकारिता क्षेत्रलाई विश्वसनीय र स्वतन्त्र हुन चुनौती’

काठमाडौँ, असोज ३ गते । सभामुख कृष्णबहादुर महराले संविधान कार्यान्वयन गर्न मौलिक हकअन्तर्गत बनेका विधेयकमा व्यापक छलफल भएको बताउनुभएको छ । नयाँ मिडिया प्रालिले आजदेखि शुभारम्भ गरेको नयाँपाइला अनलाइन (धधध।लबथबउबष्बि।अयm) को शुभारम्भ गर्दै सभामुख महराले भन्नुभयो, “सङ्घीय सदनले मौलिक हकसितसम्बन्धी १६ वटा विधेयक पारित ग¥यो, पारित प्रक्रियामा व्यापक छलफल भएको छ ।” संविधान गतिशील दस्तावेज […]


किबी फल बजार पठाउने तयारी

राममणि दाहाल / हेटौँडा, असोज ३ गते । उत्तरी मकवानपुरका कृषक उक्त क्षेत्रमा उत्पादित किबी फल काठमाडौँमा लैजाने तयारी तीव्र छ । किबी फलको व्यावसायिक खेती सुरु गरेका मकवानपुरको थाहा नगरपालिकाको बज्रबाराहीका कृषक पहिलो खेपमा काठमाडौँको बजारमा आपूर्ति गर्ने तयारीमा जुटेका हुन् । किबी फलको बढ्दो मागसँगै खेती फस्टाउँदै गएपछि स्थानीय कृषक केही वर्षयता किबीखेतीतर्फ […]


शून्य समय – महिला हिंसा नियन्त्रण गर्न माग; समय सीमाअगावै विधेयक पारित

काठमाडौँ, असोज २ गते । प्रतिनिधिसभाका सांसदहरुले समसामयिक विषयमा सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा उहाँहरुले पछिल्लो समयमा महिलामाथि बलात्कार, हत्या र हिंसाका घटना बढ्दै गएको भन्दै त्यस्ता घटना नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराउनुभएको हो । सांसद ज्ञानेन्द्रबहादुर कार्कीले निर्मलाको हत्या भएको लामो समय भइसक्दा पनि दोषीलाई कारवाही गर्न नसक्दा […]


आर्थिक सूचकाङ्क सकारात्मक रहेको दाबी– मन्त्री खतिवडा

काठमाडौँ, असोज २ गते । अर्थमन्त्री डा युवराज खतिवडाले चालू आर्थिक वर्षको दुई महिनामा अर्थतन्त्रको आर्थिक सूचकाङ्क सकारात्मक रहेको बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आज अर्थमन्त्रालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा अर्थमन्त्री डा खतिवडाले साउन र भदौ महिनामा रु एक खर्ब २० अर्ब राजश्व जम्मा भएको तथा चालू खर्च रु ९६ अर्ब […]


समृद्ध नेपाललाई आवश्यक पर्ने उच्चकोटिका जनशक्ति उत्पादन गर्न त्रिविलाई आग्रह

काठमाडौँ, असोज २ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयले समृद्ध नेपालका लागि आवश्यक पर्ने उच्चकोटिको जनशक्ति उत्पादनमा ध्यान दिनुपर्ने बताउनुभएको छ । विश्वविद्यालयसभाको साधारण बैठकलाई आज कीर्तिपुरमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विश्वविद्यालयले आफ्नो शिक्षण विधिलाई आधुनिक र प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिँदै संघीय र गणतन्त्रात्मक प्रणालीअनुकूल शैक्षिक प्रणालीमा सुधार आउनुपर्ने बताउनुभयो । प्रधानमन्त्री ओलीले […]


अपराधी जुनसुकै ओहोदाको भए पनि कारवाही हुन्छःप्रम

काठमाडौँ, असोज १ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुरकी निर्मला पन्तको बलात्कार र हत्याका घटनामा संलग्न अपराधी जुनसुकै ओहोदाको भए पनि कडा कारवाही गरिनेमा विश्वस्त हुन पीडित परिवारसँग आग्रह गर्नुभएको छ । घटनाको अनुसन्धान छिटो गरी दोषीमाथि कारवाहीको माग गर्न प्रधानमन्त्री निवास बालुवाटार पुग्नुभएका निर्मलाका बुबाआमासहित प्रदेश नं ७ का सांसदसँगको भेटमा प्रधानमन्त्री ओलीले […]


निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयन समिति गठन

काठमाडौँ, असोज १ गते । राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कनका लागि संसदीय समिति गठन गरिएको छ । नेपालको संविधानको धारा ५४ एवं सङ्घीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली, २०७५ को नियम २७ को उपनियम (२) बामोजिम समिति गठन गरिएको हो । समिति सदस्यमा प्रतिनिधिसभाबाट अनिलकुमार झा, […]


दिनहुँ तरकारी बेच्ने लक्ष्मीे छोराको साथ चाहन्छिन्

तारानाथ आचार्य / बलेवा, बागलुङ, असोज १ गते । बागलुङ नगरपालिकाको तित्याङकी ५५ वर्षीय लक्ष्मी किसानको दैनिकी डोकोमा तरकारी बोकेर बजार झरेपछि शुरु हुन्छ । यो दैनिकी उनले २५ वर्षदेखि गरिरहेकी छन् । बिहान र बेलुकी गरी कम्तीमा दुई डोका तरकारी लिएर बजारमा पुग्ने किसानले साहुको पैसा बुझाएर आउने नाफाबाट जीवन धानिरहेकी छन् । बिहान […]


संविधानका उपलब्धिलाई कम आँक्ने प्रवृत्ति राम्रो होइन – अग्रज नेता

काठमाडौँ, भदौ ३१ गते । आधा शताब्दिभन्दा लामो राजनीतिक अनुभव सङ्गाल्नुभएका वरिष्ठ राजनीतिज्ञहरूले जनताको ठूलो सङ्घर्ष र बलिदानको उपलब्धिको रुपमा संविधानसभाबाट जारी भएको नेपालको संविधानमा नेपाली समाजलाई कुन उचाइमा पु¥याउने भन्ने स्पष्ट मार्गचित्र र दृष्टिकोण रहेको बताउनुभएको छ । उक्त संविधान जारी भएको तेस्रो वार्षिकोत्सवको पूर्वसन्ध्यामा रासससँग कुराकानी गर्दै उहाँहरूले संविधानले नागरिकको सामाजिक र आर्थिक […]


नेपाल २५ रनले विजयी

काठमाडौँ, भदौ ३१ गते । भारतको लखनउमा भइरहेको उन्नाइस वर्षमुनिको एकदिवसीय क्रिकेट शृङ्खलामा नेपाल विजयी भएको छ । आज भएको खेलमा नेपालले अफगानिस्तानलाई २५ रनले हराउँदै प्रतियोगितामा पहिलो जित निकालेको हो । लखनउस्थित एकना अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशलामा भएको खेलमा नेपालले निर्धारित ५० ओभरको खेलमा सवै विकेट गुमाउँदै १८९ रन बनायो । एक सय ९० रनको […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter