
रसुवा, भदौ २८ गते । यही भदौ २५ गतेदेखि अवरुद्ध धुञ्चे–स्याफ्रुबीच खोपाङ भिरको राजमार्ग सञ्चालनमा आएको छ । डिभिजन सडक कार्यालयका इञ्जिनियर सरोज कडरियाका अनुसार भारी वर्षाका कारण पहिरो गई करीब १०० मिटर राजमार्ग सतहमा बसेको ठूलाठूला ढुङ्गा पन्छाइ आजदेखि नेपाल–चीनबीचको अन्तर्राष्ट्रिय राजमार्ग सञ्चालन गरिएको हो । पहिरो पन्छाउन डिभिजन सडक कार्यालयमा रहेका दुई वटा […]

काठमाडौँ, भदौ २८ गते । नेपाल कानून आयोगले आर्थिक वर्ष २०७४÷७५ को वार्षिक प्रतिवेदन आज कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाललाई बुझाएको छ । आयोगका अध्यक्ष माधव पौडेलसहितको टोलीले आज मन्त्री ढकाललाई वार्षिक प्रतिवेदन बुझाएको हो । संविधानअनुसार आयोगको गरेको वार्षिक काम कारवाहीका बारेमा वार्षिक प्रतिवेदन कानून मन्त्रालयमा बुझाउनुपर्ने व्यवस्था अनुरुप वार्षिक प्रतिवेदन कानूनमन्त्रीलाई […]

काठमाडौँ, भदौ २७ गते । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले प्रत्येक नागरिकलाई उपयुक्त र सुरक्षित आवासको व्यवस्था गर्नेसम्बन्धी उपसमितिले पेश गरेको प्रतिवेदन परिमार्जनसहित आज पारित गरेको छ । समितिको बैठकले सङ्घीय, प्रादेशिक र स्थानीय तहले पारस्परिक समन्वयमा उपलब्ध स्रोत साधनका आधारमा बासविहीन व्यक्ति तथा परिवारलाई प्राथमिकीकरण गरी आवास सुविधा उपलब्ध गराउने प्रावधान रहेको विधेयकलाई अघि […]

उदयपुर, भदौ २७ गते । गाउँको समृद्धि पर्यटनसँग जोड्ने उद्देश्यका साथ अगाडि बढिरहेको उदयपुरको लिम्चुङबुङ गाउँपालिकाले विश्वको सर्वोच्च शिखर सगरमाथा हेर्ने विशेष महत्वको एभरेस्ट भ्यू टावर निर्माणको काम अगाडि सारेको छ । यसै सिलसिलामा दोबाटे भ्युटपमा लिम्चुङबुङ पार्कसँगै निर्माण हुन लागेको भ्यू टावरको डीपीआर सर्भेको थ्रीडी प्लान भिडियो क्लिप तयार भएको छ । पर्यटक भित्र्याउने […]

काठमाडौँ, भदौ २७ गते । “प्रत्येक कर्मचारीले कार्यालय छिरेपछि म भ्रष्टाचार गर्ने छैन, भ्रष्टाचार हुन दिने छैन, देश र जनताको सेवाको निम्ति इमान्दार भएर काम गर्ने छु, भन्ने शपथ वाचा गर्नुपर्छ ।” भ्रष्टाचारमा शून्य सहनशीलता अपनाई सुशासन र समृद्धि कायमको अठोट व्यक्त गर्दै आउनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले निजामती कर्मचारीका उच्च अधिकारीलाई प्रायः यसरी नै […]

लहान, भदौ २६ गते । यातायात व्यवस्था कार्यालय लहान सिरहाले आजदेखि बिचौलियालाई कार्यालय प्रवेशमा रोक लगाएको छ । कार्यालयले सूचना प्रकाशित गरी लेखापढी व्यवसायीको प्रमाणपत्र लिएकाबाहेक बिचौलियालाई कार्यालय प्रवेशमा रोक लगाएको हो । कार्यालयमा बिचौलिया प्रवेश गरी भीडभाड गर्ने र सेवाग्राहीसँग काम गराउने नाममा अनावश्यक रकम असुल्ने गरेकाले उनीहरुलाई प्रवेशमा रोक लगाइएको यातायात कार्यालय लहानका […]

काठमाडौँ, भदौ २६ गते । काठमाडौँ उपत्यकामा वातावरण प्रदूषण बढेका कारण बालबालिकामा थरिथरिका स्वास्थ्य समस्या देखापरेका छन् भने कतिपय प्राणघातक रोगको शिकार भएका छन् । वातावरणविद् तथा स्वास्थ्यकर्मीका अनुसार वातावरण प्रदूषणका कारण काठमाडौँ उपत्यकाका अधिकाँश अस्पतालमा अधिक मात्रामा झाडापखाला, रुघाखोकी, ज्वरो, श्वासप्रश्वास समस्या, मुटु, फोक्सो, आँखा, छालाका रोगहरुबाट संक्रमित बालबालिका ल्याइने गरिएको छ । कतिपय […]

काठमाडौँ, भदौ २६ गते । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रूपमा मनाउने घोषणा गरेपछि पछिल्लो समयमा अन्तर्राष्ट्रिय विमान कम्पनीले नेपालमा एकपछि अर्को उडान थप्दै लगेका छन् । थाइल्याण्डको थाइलाइन एयरले नेपालमा उडान शुरु गरेको दुई साता नबित्दै ओमनको सलाम एयरले आजदेखि काठमाडौँमा उडान शुरु गरेको छ । हाल विभिन्न ३२ अन्तर्राष्ट्रिय विमान सेवा […]

काठमाडौँ, भदौ २५ गते । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश सरकार र सङ्घीय सरकारबीच कुनै मतभिन्नता नभएको प्रष्ट पार्नुभएको छ । रिपोटर्स क्लबमा आज आयोजित साक्षात्कारमा मुख्यमन्त्री शाहीले संविधानतः प्रदेश र सङ्घीय सरकारका अधिकार स्पष्ट भएकाले केन्द्र र प्रदेशबीच अधिकारका विषयमा विवाद छ भन्नु उपयुक्त नुहने बताउनुभयो । “अहिलेको समय भनेको आरोप र प्रत्यारोप […]

काठमाडौँ, भदौ २५ गते । प्रस्तावित प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले अदालतमा भ्रष्टाचारको अन्त्य गरी आम नागरिकको अदालतप्रति आशा बढाउने गरी आफूले काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । संसदीय सुनुवाइ समितिमा परेका उजुरी र भावी कार्ययोजनाका बारेमा सुनुवाइका क्रममा उहाँले अदालतमा हुने गरेको भ्रष्टचारलाई अन्त्य गरी आम नागरिकको न्यायमाथिको विश्वास बढाउने काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो […]