
काठमाडौँ, वैशाख २२ गते । उपत्यकाका नदी र चक्रपथ सफाइ गरी ४५ मेट्रिकटन फोहर व्यवस्थापन गरियो । वाग्मती सफाइ महाअभियानको २६०औँ र तिलगंगा खण्डको वाग्मती सफाइको १६३औँ हप्ताको सफाइ संयुक्तरुपमा तिलगंगा क्षेत्रमा गरी १० मेट्रिकटन फोहर व्यवस्थापन भयो । सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, न्यानो स्पर्श, […]

दाङ, वैशाख २१ गते । घोराही उपमहानगरपालिका–१० नारायणपुरमा रहेको सिद्धरत्ननाथ नमूना माध्यामिक विद्यालयको करीब ३५ बिगाह जग्गा अतिक्रमणमा परेको छ । अतिक्रमित जग्गामा पक्की भवन र पक्की सडक समेत बनेका छन् । घोराही उपमहानगरपालिका–११ खैरा, चारबगियामा रहेको उक्त विद्यालयको जग्गा अतिक्रमणमा परेको वषौँ बितिसक्दा समेत ती जग्गा फिर्ता हुनसकेको छैन । कतिले जग्गा किनबेच गर्छन् […]

कोकिला भण्डारी / धनकुटा, वैशाख २१ गते । भारतमा ११ वर्ष मजदुरी गरी फर्केका काशिनाथ निरौलाले अहिले स्वदेशमै दुग्ध व्यवसायमा जम्नुभएको छ । यस व्यवसायबाट आफ्नो जीवनले नयाँ मोड लिएको उहाँ बताउनुहुन्छ । भारतको मेघालयमा सात वर्षको मजदुरीपछि अरुणाञ्चल प्रदेशको एक गाई फार्ममा चार वर्ष काम गर्नुभएका निरौलाले नेपाल आएर आफ्नै गाउँमा दुग्ध उद्योग खोलेर […]

चितवन, वैशाख २१ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको विकाससँंग जोडर शिक्षालाई अगाडि बढाउनुपर्ने बताउनुभएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय सभाको विशेष बैठकलाई आज रामपुरमा सम्बोधन गर्दै उहाँले भन्नुभयो “ सरकारले उपयोगी शिक्षामा जोड दिन थालेको छ ।” प्रधानमन्त्री ओलीले विगतमा विकास, समृद्धि र संस्कृतिको अभिन्न अङ्ग विद्या, ज्ञान, महाविद्यालय र विश्वविद्यालय […]

काठमाडौँ, वैशाख २० गते । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा वाम गठबन्धनको सरकार बनेकाले अब श्रमिकले आफ्नो हकअधिकारका लागि आन्दोलन गर्नु नपर्ने बताउनुभएको छ । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) को नवनिर्वाचित नेतृत्वले श्रमिकका हकअधिकारका विषयमा आज प्रधानमन्त्री निवास बालुवाटारमा ध्यानाकर्षण गराएपछि प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष ओलीले श्रमिकका हकअधिकार स्थापित हुनेमा ढुक्क हुन […]

चरिकोट, वैशाख २० गते । जिरी विमानस्थल पुनः सञ्चालनमा आउने आशामा जिरीवासी निकै उत्साहित देखिएका छन् । बुधबार जिरीमा पर्यटनमन्त्री पुगेर जिरी एयरपोर्ट स्थलगत अनुगमन गरेपछि यहाँका जनप्रतिनिधि, बुद्धिजीवी, राजनीतिक दल, पत्रकार र स्थानीयबासी निकै उत्साहित बनेका छन् । पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले बुधबार दोलखाको सुन्दर पर्यटकीय नगरी जिरीको भ्रमण गरी पुरानो […]

कृष्ण पौडेल / स्पेन । मेड्रीड स्थित नेपाली दुताबास स्पेनले सेवा दिन थालेको छ । नेपाली दुताबास स्पेनले कार्यालय स्थापना गरी बिहीवारदेखि पासपोर्ट बनाउने लगायत सबै सेवा दिन शुरु गरेको हो । मेड्रीडमा नेपाली दुताबासले आफ्ना कर्मचारी बाहेक कागज बिहिन अवैध रही पासपोर्ट बनाउन आएकी पहिलो महिला झरना थापा मगरलाई रिवन काट्न लगाई सेवा शुचारु […]

बाबियाचौर, म्याग्दी, वैशाख २० गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ७ घराम्दीका बासिन्दाले स्थानीयस्तरमा आर्थिक स्रोत जुटाएर ऐतिहासिक पहिचान झल्कने ढुंगेधाराको संरक्षण गरेका छन् । आधुनिक समाजको विकास क्रमसँगै कुनै समय गाउँबस्तीमा खाने पानी आपूर्तिको स्रोतको रुपमा रहेको ढुंगेधाराको जीर्णोद्धार गरेर व्यवस्थित बनाइएको थियो । प्रवासमा रहेका युवाको पहलमा आर्थिक स्रोत जुटाएर स्थानीय बासिन्दाले “सुनधारा” नामाकरण […]

काठमाडौँ, वैशाख १९ गते । राष्ट्रिय गौरवको आयोजना ‘काठमाडौँ तराई-मधेस द्रुतमार्ग’ निर्माणमा देखिएका कानूनी र प्राविधिक समस्या समाधान गर्न रक्षा मन्त्रालयले आयोजना सम्बन्धी छुट्टै ऐनको मस्यौदा तयार गरेको छ । सिंहदरबारस्थित रक्षा मन्त्रालयमा आज सरोकार भएका मन्त्रालयका सचिव र निकायका प्रतिनिधिसहितको छलफलमा रक्षामन्त्री ईश्वर पोखरेलले सामान्य विषयमा पनि एक निकायले अर्काे निकायलाई अड्काएर महत्वपूर्ण कामलाई […]

काठमाडौँ, वैशाख १९ गते । नेकपा (एमाले) केन्द्रीय अनुशासन आयोगले आम कार्यकर्ता र जनसमुदायको चाहनाअनुरुप पार्टी एकताको प्रक्रियालाई यथाशीघ्र चाँडो सार्थक निष्कर्षमा पु¥याउन आग्रह गरेको छ । आयोगका अध्यक्ष अमृतकुमार बोहराको अध्यक्षतामा आज सम्पन्न दुईदिने बैठकले एकता प्रक्रिया शीघ्र टुंग्याउन दुवै पार्टीका नेतृत्व तहलाई आग्रह गर्दै गम्भीर ध्यानाकर्षित गरेको छ । बैठकले बजारमा सिर्जना भइरहेको […]