समाचार

गैंडाका लागि ‘कृत्रिम ताल’

रत्ननगर, चितवन, चैत २० गते । सुख्खायाम शुरु भएसँगै तालतलैयामा पानी सुख्न थालेपछि दुर्लभ वन्यजन्तु गैंडाका लागि आहाल खेल्न रत्ननगरको चित्रसेन मध्यवर्ती सामुदायिक वनले कृत्रिम ताल निर्माण गरेको छ । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने उक्त वनले यहाँको कृत्रिम ‘गैंडा ताल’मा पम्पसेटमार्फत पानीको व्यवस्थापन गरिएको सामुदायिक वनको अध्यक्ष पुष्पराज श्रेष्ठले जानकारी दिनुभयो । करीव […]


समृद्ध अर्थतन्त्र निर्माणमा सहकारीको योगदान

काठमाडौँ, चैत २० गते । समृद्ध अर्थतन्त्र निर्माणमा सहकारी क्षेत्रको महत्वपूर्ण योगदान रहेको सरोकारवालाले बताएका छन् । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले ६१ औँ राष्ट्रिय सहकारी दिवसका अवसरमा ‘सहकारीमार्फत आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको निर्माण’ विषयक अन्तक्र्रिया तथा पुरस्कार वितरण कार्यक्रमका वक्ताले सो कुराको जानकारी दिंदै प्रशस्त सम्भावना भए पनि यत्सको सहीरुपमा उपयोग गर्न नसक्दा मुलुकको […]


पुनः निर्माणलाई तीव्रता दिन माग

काठमाडौँ, चैत २० गते । प्रतिनिधिसभाको आजको बैठकमा विभिन्न दलका सांसदले भूकम्प गएको तीन वर्ष बित्न लाग्दा पनि हालसम्म घर पुनःनिर्माणका लागि दोस्रो किस्ता निकासा हुन नसकेकामा ध्यानाकर्षण गराउनुभएको छ । बैठकको विशेष समयमा नेकपा (एमाले)का कृष्णप्रसाद दाहालले हालसम्म भूकम्पपछिको पुनःनिर्माणका लागि दोस्रो र तेस्रो किस्ता निकासा हुन नसकेकामा ध्यानाकर्षण गराउनुभयो । सोही दलका विरोध […]


सरकारी जागिरभन्दा दूधको व्यापारमा सन्तुष्टि

सन्तोष सुवेदी / सिरहा, चैत १९ गते । सरकारी जागिर भनेपछि मान्छे हुरुक्क हुन्छन् तर निजामती सेवाको खरिदारमा कार्यरत लहान नगरपालिका–१४ का शिवकुमार कामतीलाई दूधको व्यापारमै सन्तुष्टि मिलेको छ । जिल्ला प्राविधिक कार्यालय सिरहामा खरिदार पदमा कार्यरत ४४ वर्षीय शिवकुमार कामतीले कार्यालयभन्दा बाहिरको समयमा दूध खरिद बिक्री गरेरै मासिक ३५ हजार रुपियाँभन्दा बढी आम्दानी गर्नुहुन्छ […]


इँटा उद्योगलाई वातावरणमैत्री प्रविधिमा जान प्रशिक्षण

नगरकोट, चैत १९ गते । नेपाल इँटा उद्योग महासंघले देशभरका इँटा उद्योगी व्यवसायीलाई जिगज्याग प्रविधिबारे प्रशिक्षण दिएको छ । देशभरका इँटा उद्योगलाई वातावरणमैत्री प्रविधिमा जान प्रेरित गर्ने उद्देश्यले प्रशिक्षण दिइएको महासंघका अध्यक्ष महेन्द्रबहादुर चित्रकारले जानकारी दिनुभयो । प्रशिक्षणको आइतबार एक कार्यक्रमबीच उद्घाटन गर्दै घरेलु तथा साना उद्योग विभागका महानिर्देशक शत्रुघनप्रसाद पुडासैनीले इँटा अभावले भूकम्पपछिको पुनः […]


जिराको मूल्यमा बेच्ने, हिराको मूल्य तिरेर किन्ने नीति अन्त्य हुनुपर्छ – मन्त्री बस्नेत

काठमाडौँ, चैत १९ गते । वन तथा वातावरणमन्त्री शक्ति बस्नेतले वन तथा वातावरण क्षेत्रलाई समृद्धिको आधार बनाउने नीति ल्याउन लागेको बताउनुभएको छ । मन्त्रालयमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले भन्नुभयो – “मुलुकको कूल गार्हस्थ उत्पादन र विकासमा वन क्षेत्रको योगदान देखिने खालका कार्यक्रम अघि बढाउने नीति सरकारले ल्याउँछ ।” मन्त्री बस्नेतले वन तथा वातावरणलाई विकासको […]


वैदेशिक रोजगारीमा युएई जान अब पुलिस रिपोर्ट नचाहिने

पोखरा, चैत १८ गते ।  युनाइटेड अरब इमिरेट्स (युएइ) सरकारले वैदेशिक रोजगारी लागि विदेशिने कामदारहरुले प्रस्तुत गर्नु पर्ने असल चारित्रिक प्रमाणपत्रको प्रहरी रिपोर्ट बुझाउने पर्ने नियमलाई तत्कालको लागि खारेज गरेको छ । युएईको मानव संशाधन मन्त्रालयले अप्रिल १ तारिक देखि लागु हुने गरी यस् अघी लागु गरिएको नियमलाई खारेज गरिएको सामाजिक सञ्जाल ट्वीटर मार्फत जानकारी […]


कृषिको आधुनिकीकरणका लागि भूमि बैंक स्थापना गर्नुपर्नेः कृषिमन्त्री खनाल

कपिलवस्तु, चैत १८ गते । खेतीयोग्य जमिनको बढीभन्दा बढी उपयोग गरी कृषि क्षेत्रको आधुनिकीकरणका लागि भूमि बैंक स्थापना गर्नुपर्नेमा कृषि भूमि व्यवस्थापन तथा सहकारीमन्त्री चक्रपाणि खनालले जोड दिनुभएको छ । प्रेस सेन्टर नेपाल र प्रेस चौतारी नेपालका जिल्ला शाखाले संयुक्तरुपमा आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा उहाँले कृषि उत्पादनमा वृद्धि ल्याउन भूमि नीति र भूउपयोग […]


प्रवद्र्धनात्मक अवलोकन भ्रमण शुरु

पोखरा, चैत १८ गते । नेपाल एशोसिएसन अफ टुर्स एण्ड ट्राभल्स एजेन्टस (नाट्टा) पश्चिमाञ्चल क्षेत्रीय संघको आयोजनामा आजदेखि ढोरपाटन र आसपासका क्षेत्रको प्रवद्र्धनात्मक अवलोकन भ्रमण शुरु भएको छ । ढोरपाटन र आसपासका क्षेत्रको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले चारदिने भ्रमणको आयोजना गरिएको हो । नाट्टा पश्चिमाञ्चल क्षेत्रीय संघका अध्यक्ष सन्तोष पोखरेल नेतृत्वमा पोखरा पर्यटन परिषद्का अध्यक्ष […]


कैदीबन्दीले ढाका टोपी बुनेर दैनिक हजार कमाइ गर्दै

गाईघाट, उदयपुर, चैत १७ गते । जिल्लाको सदरमुकाम गाईघाटस्थित बोक्सोमा रहेको जिल्ला कारागार शाखाका केही कैदीबन्दीले ढाकाटोपी बुनेर अहिले दैनिक रु एक हजारसम्म कमाई गर्न थालेका छन् । केही वर्षदेखियता आएर बाँसको मानिस बस्ने मुढा बनेर कमाइ गर्न थालेका जिल्ला कारागार शाखाका कैदीबन्दीमध्ये १४ जना कैदीले अहिले ढाका टोपी बुन्ने सीप सिकेर अहिले दैनिक रु […]




TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter