समाचार

स्वेच्छिक अवकाशका लागि ३७ सय निवेदन दर्ता

काठमाडौं , फागुन १४ गते। करिब चार हजार निजामती कर्मचारीले स्वेच्छिक अवकाशका लागि निवेदन दिएका छन् । सामान्य प्रशासन मन्त्रालयले संघ, प्रदेश र स्थानीय तहमा समायोजन हुन नचाहने कर्मचारीलाई स्वेच्छिक अवकाश रोज्नका लागि निवेदन आह्वान गरेकामा करिब तीन हजार ७४८ हजारले निवेदन दिएको मन्त्रालयका स्वेच्छिक अवकाश एकाई शाखाका प्रमुख धर्मराज रोकायले जनाकारी दिए । मन्त्रालयले […]


उत्पादन बढाउन माटो परीक्षण शिविर

पर्वत, फागुन १३ गते । माटोमा उत्पादन क्षमता कम हुँदै जाँदा अन्नबाली उत्पादनमा ह्रास आएपछि यहाँको एक नगरपालिकाले माटो परीक्षण शिविर सञ्चालन गरेको छ । पर्वतको फलेवास नगरपालिकाले व्यावसायिक कृषिका लागि माटो परीक्षण गर्न शुरु गरेको हो । माटो परीक्षण गरी उत्पादन वृद्धि गर्नका लागि नगरपालिकाका ११ वटै वडाका किसानबाट माटो संकलन गरी शुक्रबारबाट परीक्षण […]


बलेवा विमानस्थल चैत दोस्रो सातादेखि सञ्चालनमा आउँदै

बागलुङ, फागुन १३ गते । बन्द भएको २६ वर्षपछि बागलुङ नगरपालिका–१४ स्थित बलेवा विमानस्थल सञ्चालनको तयारीमा छ । आउँदो चैत दोस्रो साताभित्र उडान शुरु गर्ने गरी विमानस्थलको प्राविधिक र व्यवस्थापकीय कामलाई तीव्र पारिएको छ । नागरिक उड्डयन प्राधिकरणले गरेको प्राविधिक अध्ययन प्रतिवदेनको सुझाव अनुसार काम भइरहेको हो । सोमबार प्राधिकरणको प्राविधिक टोली आवश्यक यन्त्र, उपकरण […]


एकीकृत पार्टीको सैद्धान्तिक प्रस्ताव तयारीमा कार्यदल

काठमाडौँ, फागुन १३ गते । पार्टी एकताको तयारीमा रहेका नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले एकीकृत पार्टीको सैद्धान्तिक प्रस्ताव लेखन सोमबारदेखि शुरु गर्ने भएका छन् । एमाले नेता माधवकुमार नेपाल संयोजकत्वको वैचारिक दस्तावेज निर्माणसम्बन्धी कार्यदलको माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको बैठकले सो निर्णय गरेको हो । दुवै पार्टीको सैद्धान्तिक तथा वैचारिक पक्षलाई मिलाएर […]


शिक्षालाई रोजगारमूलक बनाउनु आवश्यक- अध्यक्ष दाहाल

चितवन, फागुन १२ गते । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले अबको शिक्षालाई रोजगारमूलक, उत्पादनमूलक र समुदायको हितसँग जोड्ने खालको बनाउनुपर्ने बताउनुभएको छ । दाहालले अध्ययन गरेको नारायणी विद्यामन्दिर माध्यमिक विद्यालय, शिवनगरको ५४औँ वार्षिकोत्सव कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै उहाँले अहिलेको शिक्षा बेरोजगार उत्पादन गर्ने शिक्षा भएको बताउनुभयो । नेपालको शिक्षा नीतिका कारण बेरोजगारी […]


पयर्यटकीय क्षेत्रको अध्ययन शुरु, थिमिलाई जीवित संग्रहालय बनाइने

भक्तपुर, फागुन ११ गते । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले भक्तपुरको मध्यपुर थिमि र सूर्यविनायक नगरपालिकाको पर्यटकीय सम्भाव्यताको अध्ययन शुरु गरेको छ । मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटा नेतृत्वको टोलीले भक्तपुरका दुई नगरपालिका सूर्यविनायक र मध्यपुर थिमिलाई सांस्कृतिक शहरका रुपमा विकास गर्दै पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यका साथ सम्भाव्यता अध्ययन शुरु गरेको हो । सम्भाव्यता अध्ययनका […]


राजधानी भएसँगै ट्राफिक व्यवस्थापनमा समस्या

कैलाली, फागुन ११ गते । प्रदेश नं ७ को अस्थायी मुकाम धनगढी भएसँगै यहाँ सवारी साधनको चाप अत्यधिक बढ्दै गएको छ । धनगढी मुख्य बजार नजिकै प्रदेशस्तरीय संरचनाअनुसार विभिन्न मन्त्रालय सस्थापना गरिएपछि यहाँ दिनप्रतिदिन भीड बढ्दै गएको हो । साना ठूला गरी दैनिक १० हजारभन्दा बढी सवारी साधन गुड्ने धनगढी बजार क्षेत्रमा अहिले ट्राफिक समस्या […]


आर्थिक सर्वेक्षण अगामी वैशाख १ देखि शुरु हुने

काठमाडौँ, फागुन ११ गते । राष्ट्रिय आर्थिक सर्वेक्षण अगामी वैशाख १ गतेदेखि शुरु हुने भएको छ । केन्द्रीय तथ्याङ्क विभागले सञ्चालन गर्ने सो सर्वेक्षणको मुख्य ध्येय केन्द्र, प्रदेश तथा स्थानीय तहको विकास योजना तर्जुमा तथा नीति तयार गर्न आवश्यक पर्ने तथ्याङ्क संकलन गर्नुरहेको छ । यसका लागि विभागले ७७ जिल्लामा आर्थिक गणना कार्यालय स्थापना गर्ने […]


औद्योगिक पार्कका लागि जग्गा अधिग्रहण

विष्णुप्रसाद पोखरेल / दमक, फागुन ११ गते । झापाको दमकमा बन्न लागेको ‘क्लिन इन्डस्ट्रियल पार्क’का लागि आवश्यक चार किल्लामा पर्ने जमिन अधिग्रहण सुरु भएको छ । करिब दुई हजार एक सय बिघा जमिनमा बन्न लागेको पार्कका लागि ९४२ बिघा जमिन औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको नाममा आइसकेको र यसको चार किल्लामा पर्ने ३६६ बिघा जमिन अधिग्रहणको […]


मन्त्रिपरिषद्मा तेत्तीस प्रतिशत महिला सहभागिता हुनुपर्छ- मन्त्री थापा

काठमाडौँ, फागुन १० गते । महिला, बालबालिका तथा समाज कल्याणमन्त्री थममाया थापाले नयाँ बन्न लागेको मन्त्रिपरिषद्मा ३३ प्रतिशत महिला सहभागी गराउनुपर्ने बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा उहाँले संविधानले व्यवस्था गरेअनुसार मन्त्रिपरिषद्मा महिला प्रतिनिधित्व गराउनुपर्ने बताउनुभएको हो । “संविधानले संघ र प्रदेशमा ३३ प्रतिशत र स्थानीय तहमा ४० प्रतिशत महिला […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter