समाचार

कर्णालीको सहुलियत टिकट वितरण एयरलाइन्सकै जिम्मा

दुनै, डोल्पा, फागुन १० गते । नेपालगञ्ज विमानस्थलदेखि कर्णालीका सम्पूर्ण जिल्लामा उडान गर्ने विभिन्न एयरलाइन्सको सहुलियत टिकट वितरणको जिम्मा एयरलाइन्स आफैँले लिने भएका छन् । वर्षौंदेखि कर्णालीको सहुलियत टिकटमा हुने मनपरिलाई रोक्न सम्बन्धित एयरलाइन्सलाई नै वितरण गर्न निर्देशन दिइएको नागरिक उड्डयन प्राधिकरण नेपालगञ्जका प्रमुख प्रतावबाबु तिवारीले बताउनुभयो । उहाँका अनुसार योभन्दा अगाडि सम्बन्धित जिल्लामा गठन […]


म्याग्दीबाट ९७ जातका रैथाने बाली लोप हुँदै

बेनी, म्याग्दी, फागुन ९ गते । जिल्लाका ग्रामीण क्षेत्रबाट विभिन्न जातका ९७बाली लोप हुने अवस्थामा पुगेका छन् । पाँच सात वर्ष अघि यहाँका कृषकले उत्पादन गर्दै आएका रैथाने बाली र म्याग्दीका ग्रामीण भेगमा पाइने वनस्पति अहिले लोप हुने अवस्थामा पुगेका जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । म्याग्दीका ग्रामीण भेगबाट स्थानीय प्राकृतिक स्रोत, ती स्रोतको […]


संग्रहालयमा एक सय वर्ष पुराना तस्वीर

चितवन, फागुन ९ गते । चितवनको सौराहामा रहेको थारु सांस्कृतिक संग्रहालय तथा अनुसन्धान केन्द्रमा एक सयवर्ष पुराना फोटो संग्रह गरिएको छ । संग्रहायलका संरक्षण वासुदेव चौधरीका अनुसार औलो रोग उन्मूलन अघिका तस्वीर संग्रह गरिएका छन् । सो समयमा चितवन झरेका समुदायका तस्वीरसमेत यहाँ रहेका छन् । थारुका रहनसहन र हस्तकलाका तस्वीर पनि ल्याइएको छ । […]


हुम्ला र डोल्पामा हवाई एम्बुलेन्सको व्यवस्था गर्ने- मन्त्री रावल

सुर्खेत फागुन ८ गते । प्रदेश नं ६ का सामाजिक विकासमन्त्री दलबहादुर रावलले यातायात नपुगेका जिल्लामा हवाई एम्बुलेन्सको व्यवस्था गर्ने बताउनुभएको छ । यातायातले नछोएका कर्णालीका हुम्ला र डोल्पाका नागरिकलाई यातायातका कारण उपचारमा समस्या आउने गरेको छ, आज मन्त्रालयमा पत्रकारसँग कुराकानी गर्दै उहाँले भन्नुभयो– “त्यस क्षेत्रका नागरिकलाई सहज स्वास्थ्य सेवा पु¥याउनका लागि हवाई एम्बुलेन्सको व्यवस्था […]


सात अर्बको हकप्रद शेयर आउँदै, छ बीमा कम्पनीको आवेदन

रमेश लम्साल / काठमाडौं । विभिन्न छ बीमा कम्पनीले ३१ करोड ४३ लाख ३८ हजार ८३६ कित्ता हकप्रद शेयर निष्कासनको तयारी गरेका छन् । नेपाल धितोपत्र बोर्डमा दिइएको निवेदनका आधारमा ती बीमा कम्पनीले हकप्रद शेयर बिक्री गर्न लागेका हुन् । ती बीमा कम्पनीले कूल छ अर्ब ८५ करोड ६४ लाख ४१ हजार मूल्य बराबरको हकप्रद […]


राष्ट्रपति भण्डारी निर्वाचन दिवस समारोहमा सरिक

काठमाडौँ, फागुन ७ गते । राष्ट्रपति विद्यादेवी भण्डारी दोस्रो निर्वाचन दिवसको उपलक्ष्यमा आज आयोजित समारोहमा सरिक हुनुभयो । कान्तिपथस्थित निर्वाचन आयोग परिसरमा आयोजित उक्त समारोहमा राष्ट्रपति भण्डारीले आयोगमा दीर्घसेवा गर्ने कर्मचारीलाई दीर्घसेवा पदक तथा प्रमाणपत्र प्रदान गर्नुभयो । दीर्घसेवा प्राप्त गर्नेमा हलुका सवारी चालक अनिल थापा र कम्प्यूटर अपरेटर लक्ष्मी अर्याल अधिकारी हुनुहुन्छ । निर्वाचनलाई […]


दुई करोड सिमकार्डमा चल्दैन इन्टरनेट

विश्वास रेग्मी / काठमाडौं, फागुन ७ गते । दूरसञ्चार सेवा प्रदायकले अहिलेसम्म विक्री गरेका सिमकार्डमध्ये करिब दुई करोड सिमकार्डबाट इन्टरनेट प्रयोग भएको देखिँदैन । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार अहिलेसम्म सेवा प्रदायकले तीन करोड ५९ लाख १२ हजार सिमकार्ड बिक्री गरेका छन् । यो सङ्ख्या सीडीएमए मोबाइलमा प्रयोग हुने सिमकार्ड समेतको हो […]


प्रदेश नं ५ उपसभामुखमा पूर्व कम्लहरी

बुटवल, फागुन ६ गते । प्रदेश नं ५ का उपसभामुखमा पूर्व कम्लहरी कृष्णी थारू निर्वाचित हुनुभएको छ । प्रदेशसभामा आज भएको निर्वाचनमा नेकपा एमालेबाट प्रदेशसभा सदस्य थारूलाई एमालेसहित माओवादी केन्द्र, संघीय समाजवादी फोरम नेपाल, राष्ट्रिय जनमोर्चासहितले समर्थन गरेका थिए । सो प्रदेशसभामा फोरमका पाँच र जनमोर्चाका एक सांसद छन् । नवनिर्वाचित उपसभामुख थारूसँग नेपाली काँग्रेसकी […]


सहकारीले निःशुल्क दूध ढुवानी गरेपछि गाईपालनमा कृषकको आकर्षण

रामपुर, पाल्पा, फागुन ६ गते । कृषकलाई पशुपालन व्यवसायमा हौसला बढाउन पाल्पाको डुम्रे दुग्ध उत्पादक सहकारी संस्थाले निःशुल्क दूध ढुवानी गर्न थालेकाले गाइपालनमा कृषकको आकर्षण बढ्न थालेको छ । सहकारीले कृषकको घरघरमा पुगेर दूध खरिद गर्दै आएको छ । घरघरमा दूध खरिदका लागि सहकारी पुगेपछि डुम्रे क्षेत्रका कृषक उत्साहित हुँदै विभिन्न पेशा, व्यवसाय, रोजगार छाडेर […]


काबेली ‘बी–१’ अन्तिम चरणमा

ताप्लेजुङ, फागुन ६ गते । ताप्लेजुङ र पाँचथरको सिमानामा बग्ने काबेली खोलाबाट उत्पादन गर्न लागिएको काबेली ‘बी–१’ आयोजना अन्तिम चरणमा पुगेको छ । २५ मेगावाट क्षमताको काबेली ‘बी–१’ जलविद्युत् आयोजनाको करिब ९५ प्रतिशत काम सम्पन्न भएसँगै अन्तिम चरणमा पुगेको हो । आयोजना २०७२ मङ्सिरदेखि अरुण काबेली पावर लिमिटेड कम्पनीद्वारा निर्माण भइरहेको छ । यहीँ फागुन […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter