समाचार

हीराजस्तै टल्किने गुर्जाको कार्ज ढुंगाखानी उत्खनन हुन सकेन

म्याग्दी, माघ ६ गते ।म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जाको पहाडमा रहेको हीराजस्तै टल्किने बहुमूल्य कार्ज ढुंगाखानी उत्खनन हुन नसक्दा राज्यले अर्बौ रुपैयाँ गुमाएको छ । हीरा, मोतीजस्ता बहुमूल्य बिलासी धातुमा प्रयोग हुने ‘कार्ज’ नामक उक्त ढुंगाको खानी गुर्जाको पहाडमा रहेको प्रमाणित भइसक्दा पनि उत्खननका लागि राज्यले कुनै पहल नगर्दा अलपत्र अवस्थामा रहेको छ । खानी तथा […]


तरकारी खेतीले स्वावलम्बी बन्दै पिपलाडीका महिला

कञ्चनपुर, माघ ६ गते । शरीर कमाउने चिसोमै कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका गंगा चौधरी बिहान ५ बजे नै खेतबारीबाट टिपेको तरकारी टोकरीमा बोकी बजार चहार्दै हिँड्नुहुन्छ । साँझ पख खेतबारीमा लगाएको तरकारी टिपेर उहाँले बिहानीको झिसमिसेमै बजारमा लगेर बेच्दै आउनुभएको छ । उहाँले खेतमा उत्पादन गरेको रु एक हजार बढी मूल्य बराबरको तरकारी दैनिक स्थानीय […]


राजनीतिक दललाई निर्वाचन चिह्न प्रदान; आन्दोलन शुरु भएपछि आयोगले भन्यो, ‘राष्ट्रिय सभा निर्वाचनको वातावरण बनाऊ’

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनका लागि दर्ता भएका २१ वटा राजनीतिक दललाई निर्वाचन चिह्न प्रदान गरेको छ । आयोगले नेकपा एमालेलाई (सूर्य), नेपाली काँग्रेस (रुख), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) (गोलाकारभित्र हँसिया हथौडा) संघीय समाजवादी फोरम नेपाल (हातले समातेको मसाल) र राष्ट्रिय जनता पार्टी नेपाललाई छाता निर्वाचन चिह्न प्रदान गरेको छ । […]


राष्ट्रपतिद्वारा प्रथम क्रिकेट महोत्सव उद्घाटन

काठमाडौँ, माघ ५ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रथम क्रिकेट महोत्सवको आज यहाँ उद्घाटन गर्नुभयो । मदन भण्डारी स्पोर्ट एकेडेमी, क्रिकेट विभागद्वारा आयोजित उक्त महोत्सवको उहाँले नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्कालाई क्रिकेट ब्याट र बल प्रदान गरी शुुभारम्भ गर्नुभएको हो । त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा आयोजित दुईदिने सो महोत्सवमा पहिलो दिन ‘एक्जिविसन म्याच’ […]


माघ १३ बाट नारायणगढ–मुग्लिन सडकखण्डमा दिउँसो यातायात रोकिने

चितवन । रातको समयमा सवारी रोकेर काम गरिएको भए पनि नारायणगढ–मुग्लिन सडकखण्डको कामको प्रगति हुन नसकेपछि माघ १३ गतेबाट दिउँसो सवारी रोकेर काम गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनमा आज सरोकारवालाबीच भएको छलफलपछि रातको समयमा भन्दा दिउँसोमा कामको प्रगति हुन सक्ने भन्दै यस्तो निर्णय गरिएको हो । बिहान १० देखि दिउँसो ४ बजेसम्म […]


आर्थिक वृद्धिदरको लक्ष्य प्राप्त गर्न स्थानीय तहमा निर्भर

रत्ननगर, चितवन, माघ ५ गते । राष्ट्रिय योजना आयोगले सरकारको ७.२ प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्य प्राप्त गर्न स्थानीय तहको भूमिका महत्वपूर्ण हुने जनाएको छ । आयोगका सदस्य डा सुनिलबाबु श्रेष्ठले तीन वर्षमा आर्थिक वृद्धिदर ७.२ पु¥याउने लक्ष्य स्थानीय तहको भूमिकामा निर्भर हुने बताउनुभएको छ । आयोगको आयोजना तथा भरतपुर महानगरपालिकाको सहकार्यमा चितवनमा आजदेखि शुरु सार्वजनिक […]


‘छाउ भएर चोख्खिएको दिन ठूलै कालबाट बाँचियो जस्तो लाग्छ’

अछाम, ४ माघ | ममता विकलाई छाउ हुने समय आयो कि कहाँ रात बिताउने भन्ने चिन्ताले सताउन थाल्छ । साबिकको शिद्धेश्वर गासि वडा नं ३ नौलाकोट गाउँमा छाउगोठ भत्काइएका छन्, त्यसैले पनि यस्तो बेला कहाँ बस्ने भन्ने ठेगान हुँदैन । कहिले घरको अथारामा, कहिले पाल हालेर आँगनमा सुत्नुपर्ने बाध्यता छ । सुरक्षित तरिकाले घरमै बस्ने […]


अबुर्द रोगको निरोधात्मक उपाय आवश्यक छ : प्रधानमन्त्री

काठमाडौँ,माघ ४ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले अर्बुद रोगको उपचारमा मात्र नभएर निरोधात्मक उपायमा पनि ध्यान दिनुपर्ने बताउनुभएको छ । आजदेखि काठमाडौँमा शुरु भएको ‘विकासशील देशहरुमा क्यान्सर रोग नियन्त्रणका चुनौती’ विषयक अन्तर्राष्ट्रिय सम्मेलनमा प्रधानमन्त्री देउवाले अस्वास्थकर जीवनशैली र खानपानका कारण अर्बुद रोगीको संख्या बढ्दै गएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले स्वस्थकर जीवनशैली अपनाउन आवश्यक छ, […]


अस्थायी राजधानी र प्रदेश प्रमुखबारे आन्दोलित हुन आवश्यक छैन : ओली

काठमाडाैँ, ४ माघ | एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले तोकेको प्रदेशको अस्थायी राजधानी र प्रदेश प्रमुखका सम्बन्धमा नयाँ सरकार बनेपछि पुनर्विचार हुनसक्ने बताएका छन् । आफ्नो नियमित स्वास्थ्य परीक्षण गराई आज थाइल्याण्डको राजधानी बैंककबाट स्वदेश फर्केपछि अध्यक्ष ओलीले अस्थायी राजधानी र प्रदेश प्रमुख ढिलै भए पनि तोक्ने काम हुनु सरकारको जिम्मेवारी भए पनि कहाँ […]


तोकिएको समयमा राष्ट्रियसभाको निर्वाचन गराउन एमालेको जोड; राष्ट्रिय सभामा एमालेका २९, माओवादीका १४ उम्मेदवार हुने

काठमाडौँ, माघ ३ गते । नेकपा (एमाले)ले तोकिएको समयमै राष्ट्रियसभा निर्वाचन गराउन सरकार र निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ । आज पार्टी मुख्यालयमा बसेको एमाले स्थायी कमिटी बैठकले राष्ट्रियसभाको निर्वाचन गर्न ढिलाइ गरिरहेको भन्दै तोकिएको समयमा निर्वाचन गर्न सरकार र आयोगसँग माग गरिएको पार्टी सचिव योगेश भट्टराईले जानकारी दिनुभयो । उहाँले सरकारले प्रदेश प्रमुख र […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter