समाचार

‘सरकार घर बनाउन अनुदान देऊ’

भक्तपुर, भदौ ११ गते। भक्तपुर नगरपालिका–५ स्थित द्यौला बस्तीका बासिन्दाले भूकम्पले भत्किएको घर बनाउन सरकारसँग अनुदान माग गरेका छन् । भूकम्पबाट दलित द्यौला (पोडे) बस्तीको ५२ घर पूर्ण रूपमा क्षति भए पनि अझै ४२ घरले कुनै राहत एवम् अनुदान नपाएको भन्दै उनीहरूले घर बनाउन अनुदान दिन माग गरेका छन् । स्थानीय कुमारी क्लबका अध्यक्ष चरण द्यौला सयाँै […]


वन क्षेत्रलाई प्रदेशको मातहतमा राख्नुपर्ने माग

नवलपरासी, भदौ १० गते । साझेदारी वन उपभोक्ता महासंघ नेपालले वन क्षेत्रलाई प्रदेशको मातहतमा राख्नुपर्ने माग गरेको छ । स्थानीय तहको मातहतमा वन क्षेत्र रहँदा वन पैदावारमा वन क्षेत्र भन्दा टाढाको उपभोक्ताको पहुँच नपुग्ने भन्दै महासंघले प्रदेशको मातहतमा वन क्षेत्रलाई राख्नुपर्ने बताएको हो । एउटा साझेदारी वनको क्षेत्रफल करिब पाँचवटा स्थानीय तह भन्दा पनि बढी […]


नब्बे प्रतिशत न्यायाधीशले नै घुस खान्छन्

काभ्रेपलाञ्चोक, भदौ १० गते । मुलुकी फौजदारी विधेयकका विषयमा सञ्चार माध्यममार्फत् प्रचारप्रसार गर्नुपर्नेमा आज एक कार्यक्रममा जोड दिइएको छ । विसं १९१० मा बनेको मुलुकी ऐनलाई विसं २०७५ भदौ १ गतेदेखि प्रतिस्थापित गर्ने गरी व्यवस्थापिका–संसद्बाट पारित भइसकेको यो विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण हुन बाँकी छ । प्रमाणीकरण भएर लागू हुनुअघि यसमा गरिएका व्यवस्थाका विषयमा नागरिकलाई जानकारी […]


सौराहामा पर्यटकको चहलपहल शुरु

चितवन, भदौ ९ गते । पर्यटकको आगमन शुरु भएकै बेला बाढीका कारण होटल डुबानमा परेपछि अस्तव्यस्त भएको सौराहामा पर्यटकको चहलपहल शुरु भएको छ । साउन २९ गते राति बाढीले अधिकांश होटल डुबानमा परेपछि त्यहाँ रहेका पर्यटकलाई उद्धार गरिएको थियो । डुबानका कारण होटलमा रु १५ करोडभन्दा बढीको क्षति भएको प्रारम्भिक तथ्याँक छ । क्षेत्रीय होटल […]


मेची अञ्चल अस्पतालमा निःशुल्क होमोडायलोसिस सेवा

झापा, भदौ ९ गते । मेची अञ्चल अस्पतालमा निःशुल्क होमोडायलोसिस सेवा शुरु भएको छ । नेपाली काँग्रेसका नेता तथा झापा क्षेत्र नम्बर– ३ का सांसद कृष्णप्रसाद सिटौलाले आज यहाँ आयोजित कार्यक्रममा सो सेवा शुभारम्भ गर्नुभयो । मेची अस्पतालमा शुरु भएको यो सेवाले विपन्न मिर्गौला रोगीका लागि सहज रुपमा सेवा उपलब्ध हुने विश्वास व्यक्त गर्दै उहाँले […]


दस्तखत गर्नेको नमूना हस्ताक्षर बुझाउन सूचित

काठमाडौँ, भदौ ९ गते । निर्वाचन आयोगले असोज २ गते हुने स्थानीय तहको निर्वाचनमा सम्बन्धित दलको पदाधिकारीको दस्तखतको नमूना पेस गर्न आग्रह गरेको छ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवको अध्यक्षतामा बिहीबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । आयोगले उम्मेदवारको मनोनयनको औपचारिक पत्र प्रदान गर्न अधिकार पाएको सम्बन्धित दलको पदाधिकारीको नाम, थर र […]


दुई अन्तरदेशीय प्रसारण लाइनको उद्घाटन, हिउँदमा थप सय मेगावाट विद्युत् आउने;  अरुण तेस्रोको शिलान्याश गर्न मोदीलाई प्रधानमन्त्री देउवाको निमन्त्रणा

  काठमाडौँ,भदौ ८ गते। भारतको राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवा र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीले रक्सोल परवानीपुर र कुशाहा–कटैया अन्तरदेशीय प्रसारण लाइनको संयुक्त रुपमा उद्घाटन गर्नुभएको छ । दुई महत्वपूर्ण अन्तरदेशीय प्रसारण लाइनको आज भारतको राजधानी नयाँ दिल्लीस्थित हैदरावाद हाउसबाट संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो । आगामी हिउँदको विद्युत् मागलाई धान्न भारतबाट थप […]


नेपालीको स्मृतिमा ताजै छन् डा टोनी हेगन

काठमाडौँ, भदौ ८ गते । सन् १९५० अक्टोबर २४ मा पहिलो पटक नेपालको भूमि टेक्नुभएका स्वीट्जरल्याण्डका विख्यात भूगर्भशास्त्री डा टोनी हेगन नेपाली जनताको स्मृतिको मानसपटलबाट अझै हराउनुभएको छैन । जन्मभूमि स्वीट्जरल्याण्ड भएपनि आफ्नो जीवनको सम्पूर्ण समय नेपालमा बिताउनु भएका डा हेगनले भूगर्भशास्त्रको माध्यमबाट ‘सगरमाथा नेपालमा छ’ भनेर विश्वमा चिनाउनुभएको थियो । नेपाल भौगर्भिक समाज तथा […]


भदौ ५ गते १८ वर्ष पुगेकाले मात्र मतदान गर्न पाउने; स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा भाग लिन्छौँ : राजपा

काठमाडौँ, भदौ ८ गते । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा यही भदौ ५ गते १८ वर्ष उमेर पुगेका फोटोसहितको मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले मात्र मतदान गर्न पाउने व्यवस्था गरेको छ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवको अध्यक्षतामा आज बसेको आयोगको बैठकले आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा यही […]


कानूनको अभावमा स्थानीय तहमा न्याय सम्पादन अप्ठ्यारो

काठमाडौँ, भदौ ७ गते । संविधानले स्थानीय तहमा न्यायिक समिति सम्बन्धी स्पष्ट व्यवस्था गरेपनि यस सम्बन्धी कानून नबन्दा काममा ढिलाइ भएको छ । नेपालको संविधान २०७२ को धारा २१७ मा कानून बमोजिम आफ्नो अधिकार क्षेत्रभित्रका विवाद निरुपण गर्न गाउँपालिका र नगरपालिकाले उपाध्यक्ष । उपप्रमुखको संयोजकत्वमा तीन सदस्यीय न्यायिक समिति गठन गर्ने व्यवस्था गरेको छ । […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter