समाचार

संघीय संरचना सञ्चालन खर्च ८ खर्ब २० अर्व, मुलुकले धान्छ ?

काठमाडौँ, मंसिर २७ गते । तीन तहका निर्वाचन सकिएलगतै कार्यान्वयन हुन गइरहेको संघीय संरचना सञ्चालनार्थ ठूलो आर्थिक धनराशी जुटाउनुपर्ने आवश्यकता देखिएको छ । अर्थ मन्त्रालयले गरेको प्रारम्भिक प्रक्षेपणअनुसार आगामी तीन वर्षसम्म संघीय प्रशासन सञ्चालन गर्न रु आठ खर्ब २० अर्ब रकम आवश्यक पर्ने देखिएको छ । पहिलो चरणमा प्रदेशको कार्यालय स्थापना तथा पूर्वाधारमा ठूलो रकम […]


संघीय व्यवस्थापिका बैठकको तयारी तीव्र, राष्ट्रियसभा गठनको कानून अन्योलमा

काठमाडौँ, मंसिर २७ गते । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न भएसँगै व्यवस्थापिका–संसद् सचिवालयले संघीय व्यवस्थापिकाका दुवै सदनका बैठक सञ्चालनको तयारी तीव्र पारेको छ । यही मंसिर १० र २१ गते दुई चरणमा प्रतिनिधिसभाको निर्वाचन सम्पन भई प्रत्यक्षतर्फको मतपरिणाम आइसकेको छ । समानुपातिकतर्फको मत परिणाम मंसिर २९ गतेसम्म आइसक्ने निर्वाचन आयोगले जनाएको छ । समानुपातिकतर्फको मत […]


साफ च्यापियनसिप फुटबल बंगलादेशमा

काठमाडौँ, मंसिर २७ गते । दक्षिण एसियाली फुटबल महासंघ (साफ) को आयोजनामा हुने साफ च्याम्पियनसिप फुटबल आगामी वर्ष बंगलादेशमा सञ्चालन हुने भएको छ । दक्षिण एसियाली राष्ट्रबीच हुने उक्त च्याम्प्पियनसिप प्रतियोगिता बंगालादेशको ढाकामा आगामी सेप्टेम्बर ४ देखि १५ तारिखसम्म हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको । हरेक दुई÷दुई वर्षमा आयोजना हुने भनिएको उक्त […]


नेपालद्वारा हङकङ पराजित

काठमाडौँ, मङ्सिर २६ गते । थाइल्याण्डमा जारी एसिसी १६ वर्षमुनि (यु–१६) इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा नेपालले हङकङलाई चार विकेटले पराजित गरेको छ । थाइल्याण्डस्थित टेर्डथाई क्रिकेट क्लबमा ८३ रनको लक्ष्य पाएको नेपालले २४.१ ओभरमा छ विकेट गुमाएर लक्ष्य भेट्टायो । त्यसअघि टस जितेर ब्याटिङ गरेको हङकङले निर्धारित ३५ ओभरमा नौ विकेट गुमाएर ८२ रन बनायो […]


मतगणनास्थललाई चिडियाखाना बनाउन नदिनुस्- पर्यवेक्षक

काठमाडौँ, मङ्सिर २६ गते । पिँजडाजस्तो छेकाबारभित्र मतगणना गर्नुपर्ने अवस्था अन्त्य गर्न निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्ने संस्कार विकास गर्न राजनीतिक दल र उम्मेदवारलाई सुझाव दिइएको छ । राष्ट्रिय निर्वाचन पर्यवेक्षक समिति (नियोक), आमनिर्वाचन पर्यवेक्षक समिति (जियोक) र संकल्प अभियानले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको समग्र अवस्थाको पर्यवेक्षणपछि उक्त सुझाव दिएका हुन् । जनताको ठूलो […]


आप्रवासी नेपालीको मानवअधिकार संरक्षण गर्नुपर्ने

काठमाडौँ, मङ्सिर २६ गते । वैदेशिक रोजगारीमा जाने आप्रवासी नेपालीको मानवअधिकार संरक्षण गर्नुपर्नेमा सहभागीले जोड दिनुभएको छ । राष्ट्रिय मानवअधिकार आयोगले आज यहाँ ‘नेपालमा सुरक्षित वैदेशिक रोजगार र मानव बेचबिखन नियन्त्रणको लागि सुधार गर्नुपर्ने नीतिगत’ विषयक राष्ट्रिय परामर्श बैठकमा सहभागीले वैदेशिक रोजगारमा जाने श्रमिकको मानवअधिकार हनन भइरहेकाले त्यसलाई संरक्षण गर्नुपर्नेमा जोड दिनुभएको हो । कार्यक्रममा […]


न्यायाधीश पैसामा बिकेको आरोपसहित ९२ वर्षीया वृद्धाको उजुरी

काठमाडौँ, मंसिर २५ गते । ललितपुर जिल्ला अदालतका एक न्यायाधीशमाथि आर्थिक प्रलोभनमा परी फैसला सुनाएको आरोपसहित ९२ वर्षीया एक वृद्धाले न्याय परिषद्, कानुन मन्त्री र मन्त्रिपरिषद् तथा प्रधानमन्त्रीको कार्यालयसमक्ष ‘इन्साफ बेच्ने कार्य रोकी पाउन’ उजुरी दिएकी छन् । उजुरी दिएको एक वर्ष भन्दा बढी समय व्यतित भइसक्दा पनि त्यसमा सुनुवाइ भएको छैन । आफ्नो स्वामित्व […]


एक बोरा मलका लागि दिनभर लाममा

धीरेन्द्रप्रसाद साह / राजविराज, मङ्सिर २५ गते । एक बोरा रासायनिक मलका लागि दिनभर लाइनमा बसेका किसानलाई दिनभर लाइनमा बसेर पनि मल पाउने निश्चित छैन । घरको सारा काम छोडेर भोकभोकै लाइनमा बस्ने गरेको उनीहरूलाई मल पाउन निकै सास्ती भोग्नु परेको छ । सप्तरीका किसान यतिबेला गहुँ, दलहन, तेलहन बालीमा राख्न रासायनिक मल डीएपी र […]


प्रदेशसभा बैठक कहाँ, राजधानी कहाँ

काठमाडौँ, मंसिर २५ गते । संघीय संरचनानुसार सात प्रदेशसभाका सदस्य निर्वाचित भएर आएपछि बैठक बस्ने स्थल, प्रदेश राजधानी, मुख्यमन्त्रीको कार्यालय, प्रादेशिक मन्त्रीको कार्यालयलगायत संरचना कहाँ रहने भन्ने टुंगो लाग्न सकेको छैन । शहरी विकास मन्त्रालयको प्रस्तावमा आजको मन्त्रिपरिषद् बैठकले अस्थायी राजधानी, मुख्यमन्त्रीको कार्यालय, प्रादेशिक मन्त्रीको कार्यालयलगायत संरचनासम्बन्धी निर्णय गर्ने आशा गरिए पनि हुन सकेन । […]


प्रतिनिधिसभा तथा प्रदेशसभा बैठकको तयारी, संसद सचिवालयले थाल्यो व्यवस्थापनको काम

काठमाडौँ। संसद सचिवालयले संघीय संरचनाअन्तर्गत प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनलगत्तै गठन हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको बैठकको तयारी सुरु गरेको छ। नेपालको इतिहासमा पहिलोपटक संघीय संसदका लागि सञ्चालन गर्नका लागि एउटा संघीय संसद सचिवालय रहने तथा त्यसअन्तर्गत प्रतिनिधिसभा सचिवालय र राष्ट्रियसभा सचिवालको व्यवस्था हुने व्यवस्थापिका–संसद सचिवालयका प्रवक्ता डा भरतराज गौतमले जानकारी दिए। प्रतिनिधिसभा तथा प्रदेशसभाका लागि सदस्यहरू […]




TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter