समाचार

पर्यटकका लागि जिप सफारी शुरु; तिलौराकोटमा आउने पर्यटक वृद्धि

चितवन,पुस २९ गते । पश्चिम चितवनको पर्यटकीय क्षेत्र पटिहानीमा पहिलो पटक पर्यटकका लागि जिप सफारी शुरु भएको छ । पर्यटकीय क्षेत्रको रुपमा विकास भएको पटिहानीलाई सौराहा जोड्ने गरी जिप सफारी शुरु भएको हो । चितवन राष्ट्रिय निकुञ्जले यहाँको बेलसर मध्यवर्ती सामुदायिक वनमा पाँचवटा जिप जंगल सफारीका लागि अनुमति दिएसँगै औपचारिक रुपमा जिप सफारी शुरु भएको […]


औषधि र डाक्टरसहित सांसद जाजरकोटमा

जाजरकोट, पुस २९ गते । यहाँको भाइरल प्रभावित क्षेत्र जुनीचाँदे गाउँपालिका वडा १, २ र ३ मा औषधि, डाक्टरसहितको टिम पुगेको छ । पूर्वगृहमन्त्री तथा प्रतिनिधिसभा सदस्य शक्तिबहादुर बस्नेत, स्वास्थ्य मन्त्रालयका सचिव पुष्पा चौधरी र डाक्टरसहितको टिम जाजरकोट पुगेको हो । जाजरकोटको जुनचाँदे गाउँपालिकाको वडा १, २ र ३ मा औषधि वितरण र सदरमुकाममा अन्तरक्रियासहित […]


धरानमा पदमार्ग र होमस्टेबारे अध्ययन शुरु

इनरुवा, पुस २८ गते । सुनसरीको धरान उपमहानगरपालिकामा पर्यटनको विकास तथा प्रवद्र्धनको विषयमा लामो समयदेखि चर्चा चले पनि त्यो व्यावहारिक रुपमा कार्यान्वयन हुन सकेको थिएन । यो विषय चर्चामा मात्रै सीमित थियो । तर अब स्थानीय सरकार बनेपछि बल्ल उपमहानगरपालिकाले स्थलगत अध्ययन शुरु गरेको छ । समितिले पहिलो चरणअन्तर्गत धरानमा पदमार्ग र होमस्टेबारे अध्ययन शुरु […]


सरकारी बैंकले उत्कृष्ट सेवा दिनुपर्ने : अर्थ राज्यमन्त्री राणा

काठमाडौँ, पुस २८ गते । अर्थ राज्यमन्त्री उदयशम्शेर राणाले सरकारी बैंकले उत्कृष्ट सेवा सुविधा दिन सक्छ भन्ने सन्देश आमजनतामाझ पु¥याउन सक्नुपर्ने बताउनुभएको छ । नेपाल वित्तीय संस्था कर्मचारी संघ, राष्ट्रिय वाणिज्य बैंक लिमिटेड केन्द्रीय समितिद्वारा आज यहाँ आयोजित एक कार्यक्रममा उहाँले नयाँ नयाँ प्रविधिको विकाससँगै सरकारी बंैकलाई पनि सोहीअनुरुप व्यवस्थापन गर्दै लगेमा मात्र अन्य निजी […]


पालुङमा तरकारी जोनको तयारी

राममणि दाहाल / हेटौँडा, पुस २८ गते । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत मकवानपुरको मौसमी तथा बेमौसमी तरकारी उत्पादन हुँदैआएको उत्तरी क्षेत्रलाई तरकारी जोनका रूपमा विकास गरिने भएको हो । परियोजना कार्यान्वयन गर्न थाहा नगरपालिकाको पालुङमा परियोजना कार्यान्वयन तरकारी जोनको कार्यालय स्थापना गरिएको छ । व्यावसायिक कृषि उत्पादनका लागि सुपर जोन, जोन, ब्लक र पकेटक्षेत्र निर्माण […]


देश आर्थिक समृद्धिको नयाँ युगमा प्रवेश : उपराष्ट्रपति पुन

रत्ननगर, चितवन, पुस २७ गते । उपराष्ट्रपति नन्दबहादुर पुनले देश आर्थिक समृद्धिको नयाँ युगमा प्रवेश गरेको बताउनुभएको छ । चितवनको रत्ननगरस्थित प्रस्तावित क्षेत्रीय रंगशालामा आजदेखि शुरु भएको रत्ननगर महोत्सवको उद्घाटन गर्नुहुँदै उपराष्ट्रपति पुनले राजनीतिक संक्रमणकालको अन्त्य भई मुलुकमा स्थायित्व आरम्भ भएकाले अबको युग आर्थिक समृद्धिको युग भएको बताउनुभयो । “देश आर्थिक समृद्धिको नयाँ युगमा प्रवेश […]


सरकारले १२ सय पुलको तथ्यांकनै भेटेन, पुलको विवरण नपाउँदा मर्मतमै समस्या

रमेश लम्साल / काठमाडौँ। विभिन्न विदेशी कम्पनीले निर्माण गरेका नेपालका साना ठूला गरी एक हजार २०० भन्दा बढी पुलको तथ्यांक नै नरहेको पाइएको छ । पूर्व पश्चिम राजमार्ग, सिद्धार्थ राजमार्ग र अरनिको राजमार्ग लगायतका राजमार्गमा विदेशी प्राविधिक र निर्माण व्यवासायीले निर्माण गरेका पुलको विवरण पाउन नसक्दा मर्मत–सम्भारमा समस्या पैदा भएको हो । तत्कालीन सोभियत संघको […]


एमबीबीएसको प्रश्नपत्र आउट प्रकरणः गोल्डेनगेटका निर्देशकसहित ६ जना दोषी ठहर

काठमाडौं–विशेष अदालनले एमबीबीएस परीक्षाको पश्नपत्र लिक प्रकरणमा गोल्डेन गेट कलेजका निर्देशक देवीराम पाण्डे सहित ६ जनालाई दोषी ठहर गरेको छ । अदालतले पाण्डेसहित ६ जनालाई दोषी ठहर गर्दा अन्य २ जनालाई भने सफाइ दिएको छ । अदालतले निर्देशक पाण्डेलाई ९ महिना कैद र ५ लाख ५ हजार जरिवाना सुनाएको छ । यस्तै सोही कलेजका खेतरनाथ […]


सरकार बनाउने प्रतिनिधिसभाको स्वतन्त्र अधिकार : अध्यक्ष ओली

काठमाडौँ, पुस २६ गते । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नयाँ सरकार गठनको विषय प्रतिनिधिसभाको स्वतन्त्र अधिकार भएको बताउनुभएको छ । नियमित स्वास्थ्य परीक्षणका लागि आज थाइल्याण्डको बैंकक प्रस्थान गर्नुअघि विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उहाँले सरकार र निर्वाचन आयोगले निर्वाचन भएको एक महिना बिते पनि सत्ता हस्तान्तरणमा ढिलाइ गरेकामा असन्तोष व्यक्त गर्नुभयो । उहाँले […]


यस्तो राष्ट्रिय सभा सदस्य निर्वाचन कार्यतालिका

काठमाडौँ, पुस २६ गते । निर्वाचन आयोगले आगामी माघ २४ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । आयोगले आज सार्वजनिक गरेको कार्यतालिका अनुसार आगामी माघ २४ गते मतदान हुनेछ । उच्च अदालत रहेका स्थानहरुमा विहान १० वजेदेखि ३ बजेसम्म मतदानको समय तोकिएको छ । जसमा आयोगबाट प्रदेशगत रूपमा मतदाता नामावली तयार […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter