समाचार

जडीबुटी चोरी–निकासी बढ्यो

जाजरकोट, माघ १० गते । यहाँको वारेकोट गाउँपालिकामा रहेका विभिन्न सामुदायिक वनमा जडीबुटी चोरी–निकासी बढेको छ । सामुदायिक वन र वडा कार्यालयले जडीबुटी संकलन गर्न प्रतिबन्ध लगाए पनि भित्रभित्रै चोरी बढेको हो । पटक–पटक चोरी–निकासीका लागि वडा कार्यालय र सामुदायिक वनले ताकेता गरेपनि स्थानीय व्यापारीबाट लुकिछिपी चोरी–निकासी रोकिएको छैन । जुम्लाका व्यापारीको मिलेमतोमा यहाँका हिमालबाट […]


उम्मेदवार टुंगो लगाउँदै प्रमुख दलहरु

काठमाडौँ, माघ ९ गते । राष्ट्रियसभा सदस्यको निर्वाचन तालिकाअनुसार उम्मेदवारको मनोनयनपत्र दर्ताको मिति नजिकिएसँगै प्रमुख दल आफ्ना उम्मेदवार टुंगो लगाउन व्यस्त छन् । निर्वाचन आयोगका अनुसार माघ १० गते उम्मेदवारको मनोनयन दर्ता, माघ १५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन र माघ २४ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म राष्ट्रियसभा सदस्यका लागि मतदान हुनेछ । […]


विधि र मापदण्ड बनाएर कर्मचारी समायोजन गर्न आग्रह

काठमाडौँ, माघ ९ गते । नेपाल निजामती कर्मचारी संगठनले विधि र मापदण्ड बनाएर कर्मचारी समायोजन गर्न सरकारलाई आग्रह गरेको छ । संगठन केन्द्रीय कार्यसमितिको तेस्रो बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा संगठनका अध्यक्ष केदारप्रसाद देवकोटाले विधि र मापदण्ड बनाएर कर्मचारी समायोजन गरे संगठनका पदाधिकारी एवं सदस्य जुनसुकै ठाउँमा गएर काम गर्न तयार रहेको बताउनुभयो […]


कालिकोट महामारी तत्काल नियन्त्रण गर्न स्वास्थ्यमन्त्री बाेहराकाे निर्देशन

काठमाडाै । दुई सातादेखि फैलिएको भाइरल ज्वरोले कालिकोटमा महामारीको रुप लिएपछि स्वास्थ्यमन्त्रालयको ध्यानकेन्द्रीत भएकाे छ । केहि दिन पहिले जाजरकाेटमा फैलिएकाे भाइरलज्वराेले १३ जनाकाे ज्यान लिएपछि स्वास्थ्य मन्त्रालय अात्तिएकाे थियाे । त्याे घटना सेलाउन नपाउदै कालिकाेटमा महामारी फैलिएपछि नियन्त्रण गर्न स्वास्थ्य मन्त्रालयले जिल्ला जनस्वस्थ्य कार्यालय कालिकोटलार्इ प्रभावित क्षेत्रमा गएर एक्सन लिन निर्देशन दिएकाे छ । […]


सबै खाले सुरक्षा रणनीति अवलम्बन गर्ने निर्णय

काठमाडौँ, माघ ८ गते । राष्ट्रियसभा सदस्य निर्वाचनको सन्दर्भमा बसेको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले निर्वाचनलाई शान्तिपूर्ण, मर्यादित र व्यवस्थित वातावरणमा सम्पन्न सबै खाले सुरक्षा रणनीति अवलम्बन गर्ने निर्णय गरेको छ । निर्वाचन आयुक्त सुधीरकुमार शाहको संयोजकत्वमा निर्वाचन आयोगमा आज बसेको बैठकले यही माघ २४ गते बुधबार हुने उक्त निर्वाचनका लागि सुरक्षा निकायले सुरक्षा रणनीति […]


संख्यात्मकभन्दा गुणात्मक पर्यटनमा जोड

पोखरा, माघ ८ गते । नेपाल पर्यटन बोर्डले सन् २०१७ मा पर्यटकको संख्यामा वृद्धि भएको तथ्यांक अघि सारे पनि पोखराका पर्यटन व्यवसायी भने त्यसमा सन्तुष्ट देखिएका छैनन् । सन् २०१७ मा पोखराको पर्यटन सम्बन्धमा छलफलका लागि नेपाल पर्यटन बोर्ड पोखराद्वारा आयोजित कार्यक्रममा पर्यटन व्यवसायीले केवल संख्या मात्र बढेर पर्यटन व्यवसाय फस्टायो भन्न नमिल्ने बताएका छन् […]


चुक्ता पूँजी पुर्याउन हकप्रदको बाटोमा बैंक

रमेश लम्साल / काठमाडौं । ‘क’ वर्गका चारवटा वाणिज्य बैंकले छ करोड ५६ लाख ८६ हजार ७८४ कित्ता बराबरको हकप्रद शेयर बिक्री गर्ने भएका छन् । प्रभु, सिद्धार्थ, कुमारी र नेपाल क्रेडिट एण्ड कमर्स बैंकले सो परिमाणमा हकप्रद शेयर बिक्री गर्न लागेको हो । नेपाल राष्ट्र बैंकले तोकेको रु आठ अर्ब चुक्ता पूँजी पु¥याउन ती […]


एमाले–माओवादी एकता संयोजन समितिको बैठकले गर्यो यस्ता तीन निर्णय

काठमाडौँ, माघ ७ गते । नेकपा एमाले र माओवादी केन्द्रकाबीच पार्टी एकता गर्न शिर्ष नेताहरु सम्मिलित पार्टी एकता संयोजन समितिको बैठक सकिएको छ। बैठकले प्रदेश सरकार गठन र राष्ट्रियसभा निर्वाचनका लागि गठित कार्यदलको रिपोर्ट अनुमोदन गर्ने निर्णय गरेको एमाले नेता सुवास नेम्वाङले बताए । उनका अनुसार अनुसार बैठकले साझा चुनावी घोषणापत्रमा उल्लेखित विकास र समृद्धिको […]


घरबास पदमार्ग अन्वेषण भ्रमण

पोखरा, माघ ७ गते । गाउँ पर्यटन प्रवद्र्धनमञ्च (भिटोफ) प्रदेश नं ४ को संयोजनमा कास्कीमा घरवास सञ्चालन भएको ताङतिङ गाउँबाट करापुडाँडा हुँदै याङ्जाकोट जोड्ने पदमार्ग प्रवद्र्धन एवं विकासका लागि तीन दिने अन्वेषण भ्रमण शुरु गरिएको छ । भिटोफका पदाधिकारी, सञ्चारकर्मी एवं पर्यटन व्यवसायी समेतको सहभागितामा उक्त क्षेत्रको अन्वेषण भ्रमण शुरु गरिएको हो । पदयात्रा र […]


अन्नपूर्ण क्षेत्रमा हालसम्मकै धेरै पर्यटक

नवीनराज कुइँकेल / लमजुङ, माघ ६ गते । पदयात्राका लागि विश्वप्रसिद्ध अन्नपूर्ण क्षेत्रमा सन् २०१७ मा पदयात्री पर्यटकको सङ्ख्या बढेर नयाँ कीर्तिमान कायम भएको छ । सात हजार छ सय वर्गकिलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्र पदयात्रा पर्यटनका लागि आकर्षणको केन्द्र रहँदै आएको छ । सन् २०१७ मा अन्नपूर्ण क्षेत्रमा पदयात्रा गर्ने पर्यटकको सङ्ख्यामा अघिल्लो वर्षको […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter