समाचार

गन्धर्व अन्य पेशा अंगाल्न बाध्य

तुलसीपुर, दाङ, पुस २० गते । परापूर्वकालदेखि गाउँगाउँमा पुगी सारंगी बजाएर जीविकोपार्जन गर्दै आएका यहाँका गन्धर्वको पुख्र्यौली पेशा संकटमा परेको छ । बढ्दो आधुनिक गीतसंगीत एवं प्रविधिको विकासका साथै गाउँ समाजले पनि हेयको दृष्टिकोणले हेर्ने गरेका कारण आफूहरु अहिले यो पेशा छाडेर अरु पेशा अंगाल्न बाध्य भएको उनीहरु बताउँछन् । “पहिलेका जमिनले प्रशस्त अन्न दिन्थे […]


डिजिटल प्रविधिबाट जग्गा नाप जाँच गर्दा झैझगडा र विवाद कम

काठमाडौँ, पुस १९ गते । नापी विभागले नमूनाका रुपमा डिजिटल प्रविधिबाट जग्गा नापजाँचसहित नक्सा वितरण शुरु गरेको छ । पहिलो चरणमा पाल्पा जिल्लाबाट यो प्रविधि प्रयोग गरेर जग्गाको नाप नक्सा शुरु गरिएको हो । यो प्रविधिअनुसार जग्गा नाप गरेर प्रत्येक कित्ताको लम्बाइ, चौडाइ, क्षेत्रफल र चार किल्ला खुलेको नक्सा ‘ए फोर’ आकारको कागजमा जग्गाधनीलाई दिइएको […]


‘महिनामा एकदिन ट्राफिक व्यवस्थापनलाई’

रत्ननगर, पुस १९ गते । चालक होस् या बटुवा, बढी दुर्घटना दुबै पक्षको लापरबाहीका कारण हुने गरेको प्रहरीको तथ्यांकले देखाएकाले चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयले समुदायसँग मिलेर ट्राफिक व्यवस्थापन शुरु गरेको छ । समुदायसँग मिलेर ‘महिनामा एक दिन ट्राफिक व्यवस्थापनलाई’ भन्ने अभियान थालिएको जिल्ला ट्राफिक प्रहरी प्रमुख तथा प्रहरी निरीक्षक सन्तोष पन्तले जानकारी दिनुभयो । […]


बिरूवाबाटै आम्दानी

नवलपरासी, पुस १९ गते । नवलपरासीका किसानले केराका बिरुवा बिक्रीबाट लाखौँ आम्दानी गर्न सफल भएका छन् । नवलपरासी प्रतापपुर गाउँपालिका विभिन्न वडाका किसानले चालू आर्थिक वर्षमै केराको बिरुवाबाट राम्रो आम्दानी गरेका हुन् । गाउँपालिकाको वडा नम्बर ६ गुठीप्रसौनीका उत्रिचन राजभर, जगन्नाथ झा र चन्द्रभान कुशुवाहले केराका बिरुवाको व्यापारबाट करिब २१ लाख रुपियाँभन्दा माथि कमाउन सफल […]


मन्त्रालयद्वारा बैतडी अस्पतालको अनुगमन

बैतडी, पुस १८ गते । स्वास्थ्य मन्त्रालयको चिकित्सा महाशाखाको टोलीले जिल्ला अस्पताल बैतडीको अनुगमन गरेको छ । अस्पातलले प्रदान गर्ने न्यूनतम सेवा कसरी प्रदान भइरहेका छन् भन्ने विषयमा टोलीले सोमबार अनुगमन गरेको हो । अनुगमनका क्रममा जिल्ला अस्पतालमा न्यूनतम मापदण्डअनुसार सेवा प्राप्त भइरहेको भएपनि केही समन्वयात्मक समस्या देखिएको स्वास्थ्य मन्त्रालयका प्रतिनिधि डा अविरल बाराकोटीले बताउनुभयो […]


पार्टी एकतालाई द्रुत बढाउने माओवादी केन्द्रको निर्णय

काठमाडौँ, पुस १८ गते । नेकपा (माओवादी केन्द्र) ले नेकपा(एमाले)सँगको पार्टी एकतालाई द्रुतगतिमा अगाडि बढाउने निर्णय गरेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निवास खुमलटारमा आज बसेको केन्द्रीय कार्यालयको बैठकले पार्टी एकता प्रक्रियालाई सार्थक निष्कर्षमा पु¥याउन प्रभावकारी पहल गर्ने निर्णय गरेको हो । बैठकमा समसामयिक राजनीतिक परिस्थिति, पार्टी एकता र सरकार गठनलगायतका विषयमा […]


लयमा फर्कदै पूँजी बजार

काठमाडौँ, पुस १८ गते । लगातार ओरालो लाग्दै आएको पूँजी बजारमा अन्यौलता कायमै रहेको भए पनि नियमित लय पकड्न शुरु गरेको छ । विगत ११ दिन लगातार घटेको बजार सोमबारदेखि सम्हालिएको छ । सोमबार ४४ अंकले बढेको बजार आज अपेक्षितरुपमा उकालो नलागे पनि दुई दशमलव ४४ बिन्दुले बढेको छ । कारोबार रकममा पनि आज केही […]


नासुदेखि सहसचिवसम्म शक्तिकेन्द्र धाउन थाले

नगेन्द्र सापकोटा / काठमाडौँ, पुस १७ गते । स्थानीय तहमा समायोजन हुन नमानेका कर्मचारीहरूले प्रदेश तहमा समायोजन हुन शक्तिकेन्द्र धाउन थालेका छन । स्थानीय तह भौगोलिक रूपमा दुर्गम भएकाले सेवा प्रवाहमा कठिनाइ हुने, स्थानीय तहका निर्वाचित जनप्रतिनिधिको प्रत्यक्ष निगरानीमा सेवा प्रवाह गर्नुपर्ने, सेवासुविधा पर्याप्त नहुने भएकाले स्थानीय तह रोजाइ नबनेको बताइन्छ । सुविधासम्पन्न प्रदेश तहमा […]


प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लक्ष्य भेट्टाउनै गाह्रो

सुरेशकुमार यादव / काठमाडौँ, पुस १७ गते । कृषि क्षेत्रको समग्र आधुनिकीकरणका लागि ल्याइएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले लिएको लक्ष्य पूरा गर्न सकेको छैन । परियोजनाको गत आर्थिक वर्षमा विनियोजित रकममध्ये ६२ प्रतिशत रकम मात्र खर्च भएको छ । सरकारले गत आवमा यस परियोजनाका लािग पाँच अर्ब ७८ करोड ६२ लाख ७५ हजार रकम विनियोजन गरेको […]


अंग्रेजी नयाँ वर्षमा बेगनास ताल घुम्न आउने पर्यटकको स्वागत

पोखरा, पुस १७ गते ।अंग्रेजी नयाँ वर्षको अवसरमा पोखरा लेखनाथ महानगरपालिका–३१ स्थित बेगनास ताल घुम्न आउने पर्यटकलाई स्वागत गरिएको छ । बेगनास युवा क्लबले बेगनास ताल घुम्न आउने छजना विदेशी पर्यटकलाई आज स्वागत गरेको हो । वडा नं ३१ का वडाध्यक्ष कमलबहादुर थापाले पर्यटकलाई माला, खादा तथा अबिर लगाएर स्वागत गर्दै बेगनास क्षेत्रको पर्यटन प्रवद्र्धनमा […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter