समाचार

मानवता मरेको छैन

काठमाडौँ, पुस १६ गते । दुई तीन महीनाअघि सिरियाबाट झापाका लागि आएकी एक मनोेरोगी महिलाको उद्धार भयो जसले आफ्नो रु तीन लाख र सुटकेस हराएको भनेकी थिइन् । उनलाई १५ दिन औषधि चलाएपछि पूर्ण रुपमा ठीक भयो । डेढ वर्षअघि भारत, आसामबाट पैसा बोकेर आफ्नो ससुराली बन्दीपुरमा जग्गा किन्न आएका भनिएका अर्का मनोरोगी बिजुलीको खम्बामा […]


निर्वाचन खर्चको विवरण पेश गर्न आयोगको निर्देशन

काठमाडौँ, पुस १६ गते । निर्वाचन आयोगले हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा भाग लिएका उम्मेदवार तथा राजनीतिक दललाई निर्वाचन खर्च पेश गर्न निर्देशन दिइएको छ । आयोगले गत मंसिर १० र २१ गते दुई चरणमा सम्पन्न निर्वाचनमा पहिलो हुने निर्वाचित हुने निर्वाचन तथा समानुपातिक निर्वाचन प्रणालीमा भाग लिएका उम्मेदवार तथा राजनीतिक दलहरूलाई निर्वाचन […]


रम्पुरा मल्हनियाँ खुला दिसामुक्त

राजविराज, पुस १६ गते । सप्तरीको रम्पुरा मल्हनियाँ गाउँपालिकालाई खुला दिसामुक्त क्षेत्र घोषणा गरिएको छ । हनुमाननगर कंकालनी नगरपालिका–१४ को राष्ट्रिय प्रावि रम्पुराको प्रांगणमा शनिबार आयोजित कार्यक्रममा हनुमानगर नगरपालिकाका प्रमुख शैलेशकुमार साहले पूर्ण खुला दिसामुक्त क्षेत्र तथा पूर्ण खोप क्षेत्र घोषणा गर्नुभएको हो । सन् २०१७ सम्ममा नेपाललाई खुला दिसामुक्त गर्ने सरकारको लक्ष्यअनुरुप सो वडाका […]


७५ प्रतिशत होटल बुकिङ नयाँ वर्षमा भरियो पोखरा

एकराज गिरी / पोखरा, पुस १५ गते । पर्यटकीय सहर पोखरामा अँग्रेजी नयाँ वर्षसँगै आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको छ । एक साता यता पोखराका होटल तथा रेष्टुरेन्टमा आन्तरिक तथा बाह्य पर्यटकको भीड बढेको हो । अँग्रेजी नयाँ वर्षसँंगै पोखरामा पर्यटकको सङ्ख्या बढेको पर्यटन व्यवसायीहरूले बताउनुभएको छ । पोखरामा पर्यटकको चहलपहल बढेपछि पर्यटन व्यवसायी […]


अलैँचीको उत्पादन बढाउन नयाँ बिरूवा

चन्द्र पन्दाक / ताप्लेजुङ, पुस १५ गते । नगदेबाली अलैँचीको उत्पादन बढाउनलाई प्रत्येक दस वर्षमा नयाँ बिरुवा रोप्नुपर्ने विज्ञहरूले सुझाव दिएका छन् । ताप्लेजुङमा आयोजित एक कार्यक्रममा दस वर्षभन्दा पुरानो अलैँची बगानबाट उत्पादनमा ह्रास आइरहेको भन्दै उत्पादन बढाउनलाई प्रत्येक दस वर्षभित्र बगानमा नयाँ अलैँचीका बिरुवा लगाउन विज्ञले सुझाव दिएका हुन् । अलैँचीको क्षेत्रमा अध्ययन गर्दै आएका जानकार […]


विद्यालयलाई एकै परिवारबाट तीस लाखभन्दा बढी सहयोग

बाबियाचौर, म्याग्दी, पुस १५ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारका एक परिवारले सामुदायिक विद्यालयको पूर्वाधार निर्माणमा लाखौँ सहयोग गर्नुभएको छ । मुक्तिमार्ग माविको भवन निर्माण र जग्गा खरिदका लागि स्थानीय टीकाबहादुर खड्का र उहाँका छोरा देवबहादुर खड्काको परिवारले रु ३० लाखभन्दा बढी सहयोग गर्नुभएको हो । जग्गा खरिद र भवन निर्माणमा रु १५ लाख नौ […]


सिरहाका ९५ प्रतिशत घरधुरीमा शौचालय निर्माण

लहान, पुस १४ गते । सिरहा जिल्लामा झन्डै ९५ प्रतिशत घरधुरीमा शौचालय निर्माण भएको छ । नेपाललाई सन् २०१७ सम्ममा खुला दिसामुक्त गर्ने सरकारी लक्ष्य अनुसार सिरहा जिल्लालाई पनि खुला दिसामुक्त घोषणा गर्न विगत चार वर्षदेखि अभियान सञ्चालन गरिएको छ । सो अभियानपछि जिल्लाका ९५ प्रतिशत घरधुरीमा शौचालय निर्माण भइसकेको जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन […]


शुरु हुनेभो टरीगाउँमा हवाई उडान

दाङ, पुस १४ गते । चुनावी एजेण्डा बनेको यहाँको हवाई सेवा पुनः सञ्चालनमा आउने भएको छ । विभिन्न राजनीतिक दल, संघसंस्था होस् वा उद्योगी–व्यवसायी, सबैको चुनावी एजेण्डामा पर्ने गरेको टरिगाउँ विमानस्थलमा फेरि हप्तामा दुई पटक निजी विमान कम्पनीको सहकार्यमा पुस २३ गतेदेखि हवाई उडान हुने भएको छ । विसं २०१६ मा निर्माण भएको विमानस्थल यहाँका […]


रानीपोखरी मल्लकालीन शैली, स्वरुपमै निर्माण गरिने

काठमाडौँ, पुस १३ गते । विवादका रुपमा रहेको रानीपोखरी पुनः निर्माण अब प्रताप मल्लकालीन शैली, स्वरुपअनुसार नै निर्माण गरिने भएको छ । महानगर प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा पुनः निर्माण प्राधिकरण र पुरातत्व विभागका पदाधिकारीको संयुक्त बैठकले मल्लकालीन स्वरुप र शैलीअनुरुप नै निर्माण गर्ने निणर्य गरेको हो । मंगलबार प्रमुख शाक्य र उपप्रमुख हरिप्रभा खड्गीबीच निर्माणको […]


विश्वव्यापी बन्दै वातावरणीय चुनौती

काठमाडौं, पुस १३ गते । बढ्दो जनसंख्या, औद्योगीकरण र जैविक इन्धन स्रोतको प्रयोगका कारण कार्बन उत्सर्जनमा वृद्धिले शताब्दीको अन्त्यसम्ममा विश्व ठूलो वातावरणीय जोखीमको अवस्थामा धकेलिने खतरा बढ्दै गएको छ । कार्बन उत्सर्जन तथा अन्य हरित ग्यास उत्सर्जनलाई घटाउन नसके पृथ्वीको वाष्फीकरण बढ्न गई जलवायु परिवर्तनको समस्या जटिल बनी अनेक चुनौती थपिनेछ । हरित गृह ग्यास […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter