
बैतडी, पुस २७ गते । महाकाली कोरिडोर निर्माण कार्य अवरुद्ध भएको छ । महाकाली कोरिडोरअन्तर्गत बैतडी र डडेल्धुरामा निर्माण कार्य अवरुद्ध भएको दार्चुला तिंकर सडक योजनाका प्रमुख रामचन्द्र शाहले बताउनुभयो । कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलाको खलंगासम्मको २९१ किलोमिटर सडकको वातावरणीय प्रभाव मूल्याङ्कन (इआईए) नहुँदा निर्माण कार्यमा अवरोध भएको हो । उहाँले भन्नुभयो, “दार्चुलादेखि तिंकरसम्मको १३५ किलोमिटर […]

काठमाडौँ, पुस २५ गते । राजनीतिक संक्रमणकालको अन्त्यसँगै मुलुकको पर्यटन क्षेत्रमा उत्साहको सञ्चार भएको छ । सन् २०१८ को शुरुवातमै पर्यटन क्षेत्रले उत्साहको अनुभूत गरेको छ । अघिल्लो वर्ष पनि पर्यटक आगमन झण्डै दुई दशक यताकै सबैभन्दा बढी रह्यो । स्थायित्व र आर्थिक समृद्धि हासिल गर्ने आम जनताको चाहना अनुरुप स्थिर सरकार बन्ने भएर पर्यटन […]

काठमाडौँ, पुस २५ गते । निर्वाचन आयोगले २०७४ माघ २४ गते बुधबार सातवटै प्रदेशमा हुने राष्ट्रियसभा सदस्य निर्वाचनको आन्तरिक तयारीलाई तीव्र बनाएको छ । निर्वाचन आयुक्त इश्वरीप्रसाद पौड्यालले गोरखापत्रसँग सोमबार कुरा गर्नुहुँदै निर्वाचनका लागि नियमावली, निर्देशिका निर्माण गर्ने, जनशक्तिको व्यवस्थापनलगायत कार्यको तयारीमा तदारुकताका साथ आयोग जुटेको छ भन्नुभयो । उहाँले राष्ट्रियसभा सदस्य निर्वाचनको निर्वाचन कार्यक्रम […]

भोजपुर, पुस २५ गते । भोजपुरमा स्वास्थ्य बीमा दर्ताको काम सुरु भएको छ । बिमितको स्वास्थ्य बीमाका लागि भोजपुर जिल्लाभर खटिएका दर्ता सहयोगीमार्फत सोमबारदेखि नाम दर्ता एवं परिचयपत्र वितरण शुरु गरिएको हो । आगामी फागुन १ गतेदेखि स्वास्थ्य बीमाको शर्तअनुसारका सेवा सुविधा लिन पाउने गरी बिमितको नाम दर्ता एवं परिचयपत्र वितरण शुरु गरिएको जिल्ला अस्पताल […]

लमजुङ , पुस २४ गते । प्रकृतिको बरदानयुक्त लमजुङको राइनासकोट नगरपालिका वडा नं ९ स्थित ऐतिहासिक राइनासकोट यतिखेर घरबास (होमस्टे) कार्यक्रमसँगै पर्यटकीय गन्तव्यका लागि परिचित हुँदै गएको छ । विसं २०७२ को विनाशकारी भूकम्पबाट क्षतिग्रस्त पूर्वी लमजुङको ऐतिहासिक र धार्मिक महत्व रहेको यस पर्यटकीय गाउँमा अमेरिकी नागरिक नातासा ओजानायकको विशेष सहयोगमा पुनःनिर्माणसँगै घरबास शुरु भएको […]

म्याग्दी, पुस २४ गते । कुनै समय गीत गाउने (गन्धर्व) गाइने दाइ आएनन् भने गाउँघर शुन्य जस्तै बन्थे । एक ठाउँको घटना अर्को ठाउँमा गीतमार्फत सुमधुर स्वरमा गाउँदै जनतालाई मख्ख पार्ने (गन्धर्व) गाइने पछिल्लो समय भएको प्रविधिको विकासले हराउँदै जान थालेका छन् । दुई दशकअघिसम्म सूचना र समाचारका स्रोत बन्ने गर्थे गन्धर्वहरु । जनताका पीर […]

बैतडी । जनता आवास कार्यक्रमअन्तर्गत चालू आर्थिक वर्षमा बैतडीमा ५०० घर निर्माण हुने भएका छन् । अति विपन्न दलित समुदायका नागरिकलाई लक्षित गरी घर निर्माण गरिने शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय बैतडीका प्रमुख प्रवीण शाहले जानकारी दिए । आफ्नो नाममा लालपूर्जा भएका तर घर नभएकाका लागि कार्यक्रमअन्तर्गत घर निर्माण गरिने कार्यालय प्रमुख […]

काठमाडौँ, २४ गते । काठमाडौँको चाबहिलस्थित चारुमती बुद्ध विहारमा सरसफाइ गरी करिब दुई मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । भैरवनाथ गणका प्रमुख सेनानी हरिप्रसाद घिमिरेको नेतृत्वमा आएको सैनिक टोलीले ‘नवौँ राष्ट्रिय ज्ञानमाला सम्मेलन’ को तयारीका लागि विहार परिसरका साथै त्यस आसपास क्षेत्रमा सफाइ गरेका हो । सेनालाई विहारका भिक्षु, स्थानीयवासीलगायतले आवश्यक सहयोग जुटाएका थिए […]

काठमाडौँ, पुस २३ गते । उपराष्ट्रपति नन्दबहादुर पुनले तराईका शीतलहर पीडितलाई सहयोग गर्न सरकारलाई आग्रह गर्नुभएको छ । काठमाडौँ महानगरपालिकाद्वारा आयोजित ‘पूर्ण खोप सुनिश्चित हाम्रो महानगरपालिका’ घोषणासभामा उपराष्ट्रपति पुनले शीतलहरका कारण तराईका नागरिकले कष्टपूर्ण जीवन भोग्नुपरेकाले तत्काल स्वास्थ्यकर्मीको टोली पठाएर सहयोग गर्नका लागि आग्रह गर्दै नागरिकलाई गुणस्तरीय सेवा दिनु सरकारको दायित्व रहेको बताउनुभयो । सबै […]

कञ्चनपुर, पुस २३ गते । लालझाडी गाउँपालिकामा रहेकोे एक सामुदायिक बीउ विकास बैंकले अहिलेसम्म स्थानीय लोपोन्मुख २२ प्रजातिका धानको बीउ संरक्षण गरेको छ । एक दशकदेखि बैंकले लोपोन्मुख अवस्थाका स्थानीय धानका प्रजातिको खोजी गरी उक्त बैंकले बीउ संरक्षण गर्दै आएको हो । बढी फल्ने उन्नत जातको धान खेतीतर्फ किसानको आकर्षण बढेपछि स्थानीय जातका धान हराउँदै […]