समाचार

लैङ्गिक समानताका लागि प्रतिबद्धता र निरन्तरता आवश्यक

काठमाडौँ, ४ पुस । राज्यको नीति निर्माण तहमा महिलाको प्रतिनिधित्व बढाउन द्रुतमार्गबाट संविधान र नीति कार्यान्वयनको आवश्यकतामा जोड दिइएको छ । सामाजिक न्याय तथा मानवअधिकार समितिले आयोजना गरेको लैङ्गिक समानता तथा सामाजिक न्याय विषयक अन्तर्राष्ट्रिय सम्मेलनको समीक्षात्मक गोष्ठीका सहभागी वक्ताले समाजलाई रुपान्तरण गर्न पुरुषको तुलनामा महिलाले अझै धेरै मेहनत गर्नुपर्ने देखिन्छ भन्नुभयो । सामाजिक न्याय, […]


नेउवामहासङ्घको हुलाक टिकट सार्वजनिक

काठमाडौँ, ४ पुस । सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले नेपाल उद्योग वाणिज्य महासङ्घको प्रतीकचिह्नअङ्कित हुलाक टिकट आज सार्वजनिक गर्नुभएको छ । यहाँ आज महासङ्घको स्वर्ण महोत्सवका उपलक्ष्यमा हुलाक सेवा विभागद्वारा आयोजित कार्यक्रममा मन्त्री कार्कीले रु १० को उक्त टिकट सार्वजनिक गर्दै टिकट प्रकाशनको पहिलो टाँचासमेत लगाउनुभयो । सो अवसरमा उहाँले सरकार र निजी क्षेत्रले एकार्कालाई […]


अमेरिकाद्वारा ६६ नेपाली वस्तुलाई भन्सार छुट

काठमाडौँ, ३ पुस । अमेरिकी राष्ट्रपति बाराक ओबामाले ‘ट्रेड फेसिलिटेसन एन्ड ट्रेड प्रिफरेन्स एक्ट–२०१५’ लाई कार्यान्वयन गर्न बिहीबार नेपालका लागि व्यापार ग्राह्यता दिनेसम्बन्धी ऐनको घोषणा गर्नुभएको छ । उक्त ऐन लागू भएपछि नेपालले गलैँचा, सल, कम्बल, लगेज तथा झोलालगायतका ६६ नेपाली वस्तुले अमेरिकी बजारमा पहुँचका लागि भन्सार छुट पाउनेभएको परराष्ट्र मन्त्रालयले आज जनाएको छ । […]


अङ्ग्रेजी नयाँ वर्षमा पोखरामा सडक महोत्सव

काठमाडौं, ३ पुस । अङ्ग्रजी नयाँ वर्षका अवसरमा स्वदेशी र विदेशी पर्यटकलाई लक्षित गरेर पर्यटकीय नगरी पोखराको फेवाताल किनारमा १८ औं पोखरा सडक महोत्सव गरिने भएको छ । पोखरालाई नेपालसहित विश्व पर्यटन बजारमा थप परिचित गराउन पुस १३ देखि १७ गतेसम्म रेष्टुरेँट एण्ड वार एशोसिसयसन अफ नेपाल (रेवान) पोखराले महोत्सव गर्न लागेको हो । फेवाताल […]


तरकारी खेतीबाट मनग्य आम्दानी

डोटी, ३ पुस । लाटामाडाँै, ९ तिलतालीका कृषक मैनादेवी बोगटीको बारीमा हरेक मौसममा लटरम्म गोलभेँडा फलेका हुन्छन् । मौसमअनुसार खुल्ला ठाँउमा र हिउँमा प्लास्टिकको घर बनाएर उहाँले तरकारी फलाउने गर्नुभएको छ । आफ्नै बारीमा पसिना चुहाएर फलाएको गोलभेँडाले राम्रो बजार पाएपछि उहाँले यसवर्ष मात्रै १८ क्वीन्टल गोलभेँडा प्रतिकेजी रु ५० को दरले गाउँमै बेचेको बताउनुभयो […]


ज्येष्ठ नागरिकको अनुभव र बुद्धि ग्रहण गर्न आग्रह

काठमाडौँ, ३ पुस । ज्येष्ठ नागरिक भनेका समाजका जिउँदा इतिहास अनुभवी नागरिक र घरका अभिभावक भएकाले तिनका समस्यालाई आफ्ना सिर्जना मार्फत उजागर गरिदिनुपर्नेमा जोड दिइएको छ । साहित्य सन्ध्याको नियमित मासिक ३६८ औँ शृङ्खला अन्तर्गत शनिबार आयोजित ‘समाज निर्माणमा ज्येष्ठ नागरिकको भूमिका’ विषयको परिचर्चा कार्यक्रममा नेपानका कार्यकारी निर्देशक फटिक थापाले देशको विकासमा ज्येष्ठ नागरिकलाई सहभागी […]


सन्थाल जातिको घर घरमा सोलार

मोरङ, ३ पुस । मोरङ क्षेत्र नं ५ मा बसोबास गर्दै आएका सन्थाल जातिको घर घरमा सोलार बत्ती जडान हुने भएको छ । मोरङको भाथिगछ–९ का सन्थाल टोलका करिब एकसय सन्थालका घरमा सोलार जडान हुने भएको हो । जिविस, मोरङका वैकल्पिक ऊर्जा अधिकृत ज्ञानेन्द्र सिंहका अनुसार ९० प्रतिशत संसद् विकास कोष र १० प्रतिशत एसियाली […]


प्रधानमन्त्रीबाट कुलेखानी तेस्रो आयोजनाको निरीक्षण

हेटौँडा, २ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ ले मुलुकको विकास आयोजना निर्माण गर्ने क्रममा पारदर्शी र गुणस्तरीय सेवा तोकिएको समयमा पुरा गर्न सम्बन्धित आयोजनाका प्रमुखहरू बढी जिम्मेवार हुनुपर्ने बताउनु भएको छ । प्रधानमन्त्री दाहालले मकवानपुर जिल्लाको भैसे गाविस–६ कमलमत्तामा निर्माणाधिन कुलेखानी तेस्रो आयोजनाको विद्युत् गृह जलाशय मार्ग र टर्वाइनको आज निरीक्षण गर्नुहुँदै आयोजनाका प्रमुखले छिटोछरितो […]


सीप सिकेर मात्रै वैदेशिक रोजगारीमा जानु उपयुक्त

काठमाडौँ, २ पुस । सीप सिकेर मात्रै वैदेशिक रोजगारीमा गए वैदेशिक रोजगारी सुरक्षित, व्यवस्थित र मर्यादित हुने यहाँ आज आयोजित कार्यक्रमका वक्ताले जोड दिएका छन् । अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवसका अवसरमा पौरखी नेपालले आयोजना गरेको ‘कामदारको सुनुवाइ कार्यक्रम’का सहभागीले तालिमबिना वैदेशिक रोजगारीमा जाँदा न्यून ज्याला पाउने, दुर्घटना हुनेजस्ता समस्या भोग्नुपरेको वैदेशिक रोजगारीबाट फर्किएका कामदारले आफ्नो […]


स्थापनाको छ महिनासम्म राष्ट्रिय परीक्षा बोर्ड नेतृत्वविहीन

प्रकाश सिलवाल / काठमाडौँ, २ पुस । विद्यालय शिक्षामा नयाँ संरचना लागू भएसँगै स्थापित राष्ट्रिय परीक्षा बोर्डले हालसम्म नेतृत्व पाउन सकेको छैन । शिक्षा ऐन, २०२८ (आठौँ संशोधन), २०७३ बमोजिम स्थापित बोर्डले तत्कालीन उच्च मावि शिक्षा परिषद्बाट रुपान्तरित कर्मचारी र तत्कालीन परीक्षा नियन्त्रण कार्यालयका कर्मचारीको संयन्त्रबाट कार्य सञ्चालन गरिरहेको छ । गत असार १५ देखि […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter