समाचार

‘हिमालयन ह्वाइट वाटर च्यालेन्ज’ मङ्सिर तेस्रो हप्ता

काठमाडौँ, ६ मङ्सिर । नेपाल एसोसिएसन अफ ¥याफ्टिङ एजेन्सिज (नारा)ले १५औँ ‘हिमालयन ह्वाइट वाटर च्यालेन्ज’ प्रतियोगिता यही मङ्सिर १३ देखि १५ गतेसम्म पोखरामा गर्ने भएको छ । कास्कीको उपल्लो सेती नदीमा प्रतियोगिता सञ्चालन हुने यहाँ आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । विगतका वर्ष झैँ यस वर्ष पनि महिला र पुरुष गरी तीन विधाका […]


शान्ति तथा निःशस्त्रीकरणसम्बन्धी राष्ट्रसङ्घीय नियोगको कार्यालय पुनःस्थापित

काठमाडौँ, ६ मङ्सिर । नेपालमा शान्ति तथा निःशस्त्रीकरणसम्बन्धी राष्ट्रसङ्घीय नियोगको कार्यालय पुनःस्थापना भएको छ । परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले सो कार्यालयको आज ललितपुरमा उद्घाटन गर्दै उहाँले नेपाल आणविक तथा हातहतियार प्रसारसम्बन्धी विषयमा संलग्न नरहने र सधैँ सबै प्रकारको आणविक निःशस्त्रीकरणको पक्षको रहेको बताउनुभयो । गत वर्ष दिगो विकास कार्यक्रमका लागि अवलम्बन गरिएको विषयलाई कार्यान्वयनमा लैजानका […]


विश्व बैंकको सहयोगमा सडक विस्तार

रामपुर (पाल्पा), ६ मङ्सिर । तनहुँको भिमाददेखि घिरिङ देउराली हुँदै पाल्पाको रामपुर नगरपालिका जोड्ने मोटरबाटो विस्तार तथा मर्मत गर्ने कार्य भइरहेको छ । कृष्णमार्गअन्तर्गत पर्ने घ्यानुङ देउरालीदेखि केलादीसम्मको मोटरबाटो विस्तारको काम अघि बढाइएको छ । आठ मिटर चौडाइ रहेको झन्डै २५ किलोमिटरको बाटो विस्तार तथा मर्मत कार्य अहिले तीव्ररुपमा अगाडि बढिरहेको छ । विश्व बैंकको […]


प्रस्तर कलाले थपिदियो रानीपोखरीमा चमक

नारायण ढुंगाना / रत्ननगर (चितवन), ५ मङ्सिर । हेटौँडाका एक मूर्तिकारले चित्रवन नगरपालिकामा रहेको ऐतिहासिक रानीपोखरीमा सुन्दर युवती (रानी) पानीमा नुहाएर लामो कपाल फिजाई निस्ँिकदै गरेको दृश्य विशाल ढु¬ङ्गामा उतारे । “विगतमा यो पोखरीमा रानी थिइन् होला, रानीले पौडी पनि खेल्थिन् होला, रमाउँथिन् होला,” रानीपोखरी संरक्षण तथा विकास समितिका अध्यक्ष सुरेन्द्र गुरुङले कलाकारको भनाइ उद्धृत […]


नेपालमा बालबालिकाको स्थिति–२०७३ प्रतिवेदन सार्वजनिक

काठमाडौँ, ५ मङ्सिर । अन्तर्राष्ट्रिय बाल अधिकार दिवसका दिन पारेर महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयले आज यहाँ आयोजना गरेको कार्यक्रममा नेपालमा बालबालिकाको स्थिति–२०७३ प्रतिवेदन सार्वजनिक गरेको छ । मन्त्रालयका सचिव विष्णुप्रसाद लम्सालले सार्वजनिक गर्नुभएको त्यस प्रतिवेदनमा नेपालमा बाल अधिकारमा केही प्रगति भएको देखिएपनि काठमाडौँ उपत्यकामा रहेका इँटा उद्योगमा मात्र १३ हजार ७१५ बालबालिका बालश्रममा […]


लक्ष्यसहित पुनर्निर्माण गर्ने कार्ययोजना पारित

काठमाडौँ, ५ मङ्सिर । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको बैठकले लक्ष्यसहित पुनर्निर्माण गर्ने कार्ययोजना पारित गरेको छ । समितिको आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले यस्तो निर्णय गरेको प्राधिकरणले जनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा बसेको बैठकमा विभिन्न मन्त्रालयले अगाडि बढाउनुपर्ने कामलाई निश्चित लक्ष्य र उद्देश्यका साथ कहिले काम सुरु गर्ने र कहिले […]


उपमहानगरले कर नतिर्नेलाई कालोसूचीमा राखेर कारबाही गर्ने

मोरङ, ५ मङ्सिर । विराटनगर उपमहानगरपालिकाले घरजग्गा कर चुक्ता गर्न अटेर गर्दै आएका करदातालाई कालोसूचीमा राखेर कारबाही प्रक्रिया अगाडि बढाएको छ । विराटनगरका उद्योगी व्यवसायीले घरजग्गा करबापत रु दुई करोडभन्दा बढी तिर्नुपर्ने देखिएपछि उपमहानगरपालिकाले घरजग्गा कर चुक्ता गर्न बाँकी देखिएका करदातालाई कालोसूचीमा राखेर कारबाही प्रक्रिया अगाडि बढाएको हो । उपमहानगरपालिकाका कार्यकारी अधिकृत दीपक कोइरालाका अनुसार […]


मैत्रीपूर्ण खेलमा नेपालले जापानलाई हरायो

काठमाडौँ, ४ मङ्सिर । नेपाली राष्ट्रिय फुटबल टोलीले मैत्रीपूर्ण खेलमा जापानलाई १–० ले हराएको छ । नेपाल–जापान कूटनीतिक सम्बन्ध ६०औँ वर्षमा प्रवेश गरेको अवसरमा आज सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा भएको खेलमा नवयुग श्रेष्ठले ५७औँ मिनेटमा गरेको एकमात्र गोल निर्णायक साबित भयो । नेपालले पाएको कर्नर किकपछि डिबक्समा भएको हुलमुलमा उनी गोल गर्न सफल भए […]


अन्धविश्वासका कारण छाउँगोठमै बस्छन् महिला

जुम्ला, ४ मङ्सिर । यहाँको रारालिही गाविस जुम्लाका महिनावारी भएका र सुत्केरी महिला अहिले पनि छाउँगोठमै बस्दै आएका छन् । राज्य मातहतका स्थानीय सरकारी निकाय र गैर सरकारी सङ्घ÷संस्थाले छुई प्रथा न्यूनीकरण अभियान थालेको बेला रारामा यो समस्या अहिले पनि कम नभएको देखिएको हो । उनीहरु महिनावारीका बेला सात र सुत्केरी हुँदा १८ दिन छाउँगोठमा […]


बीउ पुँजी उपलब्ध गराउँदा पनि औषधि पसल सञ्चालन हुन सकेन्

काठमाडौँ, ४ मङ्सिर । औषधिको गुणस्तरीयता कायम राख्न तथा बिरामीलाई ठगिनबाट जोगाउन सरकारले हरेक सरकारी स्वास्थ्य संस्थालाई आफ्नै औषधि पसल खोल्न निर्देशन दिँदै बीउ पुँजी समेत पठाइसकेको छ । तर औषधि पसल सञ्चालन भने अझै हुन सकेको छैन । अस्पतालभित्र वा स्वास्थ्य संस्था वरपरी खोलेका निजी औषधि पसलबाट बिरामी त ठगिएका छन् नै, त्यसमा पनि […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter