
म्याग्दी, ७ पुस । सदरमुकाम बेनीको बसपार्कमा ठेलामा फलफूल व्यापार गर्दै आएका दोलखाका देवनारायण दाहालले दैनिक रु पाँच हजार आम्दानी गर्दैआउनुभएको छ । आठ वर्षअघि म्याग्दी छिरेका दाहालले यस व्यवसायवाट बेनीमा घडेरी किनी घरसमेत बनाउनुभएको छ । विभिन्न किसिमका मौसमी तथा बेमौसमी फलफूलको व्यापार गर्दै आएका दाहाल अरु उठिनसक्दा फलफूल राखी ठेला धकेल्दै बसपार्कमा आइपुग्नुहुन्छ […]

नवलपरासी, ७ पुस । अग्यौलीमा रहेका होमस्टे आन्तरिक र बाह्य पर्यटकका लागि लोकप्रिय बन्दै गएका छन् । बोटे र थारु समुदायका बासिन्दा मिलेर सञ्चालनमा ल्याइएका ती होमस्टेमा बर्सेनि आन्तरिक र बाह्य पर्यटक आउने क्रम बढ्दै गएको छ । पर्यटकीय दृष्टिकोणले अत्यन्त महत्वपूर्ण मानिएको चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको अग्यौलीको अमलटारी गाउँलाई पर्यटकको केन्द्रबिन्दु बनाई तीन वर्षअघि […]

खेम बम / डोटी, ७ पुस । प्राकृतिकरुपमा महिला महिनावारी हुनु स्वाभाविक नै हो । प्रायः १२ देखि १४ वर्षको उमेरबाट किशोरी महिनावारी हुने गर्दछन् । महिनावारी हुँदा अत्यधिक रक्तस्राव हुने भएका कारण स्वास्थ्यको दृष्टिकोणले सरसफाइमा सुरक्षित हुनु अनिवार्य हुन्छ । पहिलोपटक महिनावारी हुँदा अलि बढी संवेदनशील बन्नुपर्ने हुन्छ । यो समयमा किशोरीलाई पारिवारिक माया […]

तनहुँ, ६ पुस । गरिबमुखी सार्वजनिक निजी साझेदारीको अवधारणाअन्तर्गत नेपालमा पहिलोपटक निर्माण भएको सोलार मिनी ग्रीड परियोजनाको आज जनसङ्ख्या तथा वातावरणमन्त्री जयदेव जोशीले उद्घाटन गर्नुभयो । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, आइपाड र युएनस्क्यापको रु एक करोड ३३ लाख ९५ हजार र सरल ऊर्जा नेपाल प्रालिको रु २१ लाखको लागतमा तनहुँको बैदी गाविस–२ दुबुङमा सो परियोजना […]

कालिका खड्का / काडमाडौँ, ६ पुस । नेपाल बार एसोसिएसनले आफ्नो ६० औँ स्थापना दिवस मनाइरहेको छ तर स्थापनाको उद्देश्यअनुरुप सैद्धान्तिक मान्यतानुसार व्यावहारिक रुपमा विचलन हँुदै गएको देखिन्छ । विधिको शासन, स्वतन्त्र न्यायपालिका, मानवअधिकार, लोकतन्त्र र पेसागत हकहित तथा मर्यादालाई प्रमुख केन्द्रबिन्दु बनाएर बारको स्थापना गरिए पनि न्यायपालिकामा हुने विकृतिविसङ्गतिप्रति खबरदारी हुने काम भएको देखिँदैन […]

कञ्चनपुर, ६ पुस । लगानी अनुसारको आम्दानी गर्न नसकिएपछि मौरीपालक किसान मारमा परेका छन् । चरनक्षेत्रको अभावका कारण मह न्यून मात्रामा उत्पादन हुन थालेपछि किसान अन्य पेसा अपनाउन बाध्य भएका छन् । पाँच वर्ष अघिदेखि मौरीपालनमा लागेका शङ्करपुर गाविस– ७ का नरेश बोहराले आम्दानी लिन नसकेपछि व्यवसाय नै छाडनुभएको छ । दोदा नदीको बाढीले खेतबारी […]

काठमाडौँ, ५ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले ‘प्रेस काउन्सिल–सानिमा बैंक राष्ट्रिय पत्रकारिता पुरस्कार’ बाट आज दुई पत्रकारलाई मरणोपरान्त पुरस्कृत गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा दिवङ्गत पत्रकार कर्ण बोहरा र सञ्जय न्यौपानेका धर्मपत्नी क्रमशः ममता र राधिकालाई जनही रु दुई लाख ५० हजार राशिको सो पुरस्कार प्रदान गरिएको हो । कञ्चनपुरका पत्रकार […]

चितवन, ५ पुस । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्पप्रभावित १७ जिल्लामा राहतका लागि छिट्टै काम अघि बढाइने बताउनुभएको छ । ती जिल्लामा सङ्कलन भएका प्रभावितको घरधुरी सर्वेक्षण गरी वास्तविक क्षतिको पहिचान गरी पुनःनिर्माणका लागि राहत प्रदान गरिने उहाँले बताउनुभयो । जिल्ला समन्वय समिति चितवनले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले वास्तविक […]

म्याग्दी, ५ पुस । जिल्लाको ज्यामरुककोट क्षेत्रका सामुदायिक वन उपभोक्ता समूहले जङ्गली जनावर र पक्षीको संरक्षणमा सक्रियता देखाउन थालेका छन् । विशेषगरी हिंस्रक जनावरबाहेक अन्य जङ्गली जीवजन्तुलाई संरक्षित जङ्गल क्षेत्रमा संरक्षण गरी युवा पुस्तालाई त्यसको विषयमा जानकारी दिन यस्ता जीव र पक्षीको संरक्षणमा सामुदायिक वन उपभोक्ता समूहले सक्रियता देखाउन थालेका हुन् । म्याग्दीका गौश्वारा, बगरफाँट […]

प्रकाश सिलवाल / काठमाडौँ, ४ पुस । राष्ट्रिय परीक्षा बोर्डको अध्यक्ष नियुक्तिका लागि दरखास्त आह्वानसँगै सो संस्था शिक्षा मन्त्रालयको अङ्ग वा स्वायत्त निकाय हुने भन्ने बहस सुरु भएको छ । विद्यालय शिक्षामा नयाँ संरचना लागू भएसँगै स्थापित बोर्डको अध्यक्ष छ महिनादेखि रिक्त हुन बाँकी रहेकामा सरकारले आज नियुक्तिका लागि सार्वजनिक आह्वान गरेको छ । समितिले […]