
ललितपुर, १० पुस । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले सवारी चालक अनुमतिपत्रको आवेदन अनलाइनबाट सुरु भएपछि सेवाग्राहीले छिटो सेवा पाउने भएकोमा खुशी व्यक्त गर्नुभएको छ । यातायात व्यवस्था विभाग सवारी, चालक अनुमतिपत्र कार्यालय एकान्तकुनाद्वारा आज यहाँ आयोजित सवारी चालक अनुमतिपत्रको आवेदन अनलाइनबाट दर्ता गर्ने कार्यक्रमको शुभारम्भ गर्दै उहाँले नागरिकलाई सुविधा प्रदान गर्ने उद्देश्यले अनलाइन […]

चितवन, ९ पुस । उद्योगमन्त्री नवीन्द्रराज जोशीले बन्द भएका निजी उद्योग खोल्न सरकारले पहल थालेको बताउनुभएको छ । नेपाल प्रेस युनियन चितवनले यहाँ आज आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले सरकारीसँगै बन्द भएका निजी उद्योग खोल्नसके उत्पादनसँगै रोजगारीका अवसर दिलाउन सकिने बताउँदै नीतिगतरुपमा देखिएका अप्ठ्यारा फुकाउने र औद्योगिक विकासका लागि अघि बढ्ने काम सरकारले गरिरहेको बताउनुभयो […]

गोविन्द लामिछाने / इलाम, ९ पुस । पर्यटकीय मौसम सुरू भएसँगै इलाम सूर्याेदय नगरपालिकाका सोमबहादुर तामाङलाई दिनभर फुर्सद छैन । घोडामा चढाएर पर्यटक डुलाउनमै उहाँ व्यस्त हुनुहुन्छ । चियाबारीको सुन्दरता हेर्न कन्याममा आउने पर्यटक अचेल एकपटक घोडा नचढी फर्कंदैनन् । ग्रामीण भेगमा ढुवानीको भरपर्दो परम्परागत साधन घोडा अहिले पर्यटक रमाउने साधन बनेको छ । घोडा […]

बैतडी, ९ पुस । पुर्चौडीका स्थानीय बासिन्दाले हाट स्वास्थ्य चौकीलाई निःशुल्क पाँच रोपनी जग्गादान गरेका छन् । डिलाशैनी–७ का गङ्गादत्त जोशी (तीन रोपनी) र हाट–३ का गगन सिंह बोहरा, दलबहादुर बोहरा, कलावती बोहरा, पार्वतीदेवी बोहराले सगोल रुपमा (दुई रोपनी) निःशुल्क जग्गादान गरेको हाट स्वास्थ्य चौकीका इन्चार्ज विनोद कुँवरले बताउनुभयो । यसअघि स्वास्थ्य चौकीका लागि सुविधा […]

काठमाडौँ, ८ पुस । काठमाडौँ महानगरपालिका र जनगणतन्त्र चीनको चेङ्दु नगरबीच आज भगिनी सम्बन्धका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । काठमाडौँ महानगरपालिकाले यहाँ आज आयोजना गरेको औपचारिक समारोहमा महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत रुद्रसिंह तामाङ र चेङ्दु नगरको तर्फबाट पार्टी कमिटी सचिव ताङ लियाङ्चीले ७ बुँदे सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो । समानता र आपसीहितका आधारमा संयुक्त […]

विराटनगर, ८ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले आज विराटनगरस्थित सहिद रङ्गशालामा सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको भव्य समारोहबीच उद्घाटन गर्नुभयो । सो अवसरमा उहाँले खेलाडीलाई मर्यादित, अनुशासित भएर राष्ट्रको प्रतिष्ठामा वृद्धि गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्न आह्वान गर्नुभयो । विराटनगरको आदर्श र गौरवका रुपमा रहनुभएका कृष्णप्रसाद कोइराला र लोकतन्त्र स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने अग्रज नेता […]

कञ्चनपुर, ८ पुस । कञ्चनपुरको बेदकोट नगरपालिका–८ मा चार वर्षअघि पुनःस्थापन गरिएका मुक्त हलिया परिवार दाउरा बेचेर साँझ बिहानको छाक टार्दै आएका छन् । जिल्ला सदरमुकामभन्दा झन्डै १० किलोमिटर टाढा पुनःस्थापन गरिएका मुक्त हलिया परिवारले रोजगारी नपाउँदा दाउरा बेचेर जीविका धान्न बाध्य भएका हुन् । मुक्त हलिया परिवारका महिला बिहानको झिसमिसेमै टाढाको सामुदायिक वनमा पाँच […]

मोरङ, ८ पुस । लामो समयदेखि राजनैतिक भागबन्डामा पर्दै आएको पूर्वाञ्चल विश्वविद्यालयले आफ्ना पूर्वाधार विकासमा जोड दिने भएको छ । विश्वविद्यालयको पूर्वाधार निर्माणका लागि रु पाँच करोड बजेट पास भइसकेको उपकुलपति प्रा डा घनश्यामलाल दासले जानकारी दिनुभयो । विराटनगर उपमहानगरपालिकाको जग्गामा रहेको पुसेट इन्जिनियरिङ कलेजलाई आजीवन प्रयोग गर्ने अधिकार दिइएको छ । गोठगाउँको मेडिकल कलेजको […]

विराटनगर, ७ पुस । सातौँ राष्ट्रिय खेलकुद भोलिदेखि पूर्वाञ्चलमा सुरु हुँदै छ । साताव्यापी जारी रहने सो प्रतियोगितामा विभिन्न ३५ खेलमा २९४ स्वर्ण, २९४ रजत र ४४७ कास्य गरी एक हजार ३५ पदकका लागि प्रतिस्पर्धा हुनेछ । सो प्रतिस्पर्धामा तीन हजार ९७२ जना खेलाडीको सहभागिता रहने आयोजक ले जनाएको छ । प्रतियोगिताबारे आज यहाँ जानकारी […]

काठमाडौँ, ७ पुस । मानवअधिकार तथा शान्ति समाजले संविधानको मर्मअनुसार ऊर्जा क्षेत्रसँगको पहुँचलाई नागरिकको मौलिक अधिकारका रुपमा राख्न र त्यसका लागि आवश्यक पहल गर्न ऊर्जा मन्त्रीसँग आग्रह गरेको छ । समाजको प्रतिनिधिमण्डलले आज ऊर्जामन्त्री जनार्दन शर्मालाई एक ज्ञापनपत्र बुझाउँदै ऊर्जा क्षेत्रमा पछिल्लो दिनमा भएका सुधार तथा विद्युत्भार कटौती अन्त्य गरेकोमा बधाई दिँदै ऊर्जा क्षेत्रलाई संविधानको […]