समाचार

उद्योगपति चौधरीविरुद्ध मुद्दा दर्ता

काठमाडौँ, १ पुस । गसीबाटो निर्माण उपभोक्ता समितिले आज उद्योगपति विनोद चौधरीले सञ्चालन गरेको एपोलो स्टिल उद्योग प्रालिविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको छ । काठमाडौँ जिल्ला साविक सतुङ्गल गाविस–७ र ८ को सिमाना जोडिने सार्वजनिक गोरेटो बाटो कब्जा गरी चौधरीले कारखाना निर्माण गरेको भन्ने अभियोग लगाउँदै गसी बाटो निर्माण उपभोक्ता समितिका अध्यक्ष मनोजकुमार […]


आर्थिक क्षेत्रलाई समृद्ध बनाउन पर्यटन क्षेत्रको विकास आवश्यक : मन्त्री भण्डारी

काठमाडौँ, १ पुस । वन तथा भू–संरक्षणमन्त्री शङ्कर भण्डारीले मुलुकलाई आर्थिक क्षेत्रमा समृद्ध बनाउन पर्यटन क्षेत्रको विकास आवश्यक रहेको बताउनुभएको छ । प्वाइन्ट मिडियाद्वारा प्रकाशन हुने ‘अर्थ र व्यापार’ साप्ताहिकको पाँचौँ वार्षिकोत्सव तथा अर्थ र व्यापार पत्रकारिता अवार्ड वितरण कार्यक्रममा आज आयोजित कार्यक्रममा प्राकृतिक स्रोत साधनले भरिपूर्ण नेपालमा पर्यटन क्षेत्रको ठूलो सम्भावना रहेको बताउनुभयो । […]


जलवायु अनुकूलन क्षेत्रका संस्थालाई रु दुई करोड

ललितपुर १ पुस । नेपालमा जलवायु अनुकूलनका क्षेत्रमा उल्लेखनीय रुपमा काम गरेबापत १५ संस्थाले रु दुई करोडको पुरस्कार पाएका छन् । बेलायतको अन्तर्राष्ट्रिय विकास विभागको आर्थिक सहयोगमा एडेप्टेसन एट स्केल पुरस्कार परियोजनाअन्तर्गत आइडियाज टु इम्प्याक्ट कार्यक्रमले नेपालमा जलवायु अनुकूलनमा योगदान पु¥याउने उत्कृष्ट संस्थामध्ये प्रत्येकलाई १० हजार पाउण्ड अर्थात् रु १३ लाख ६३ हजारको प्रोत्साहन पुरस्कार […]


मल्कावाङमा ४२ किलोवाट विद्युत् उत्पादन

म्याग्दी, १ पुस । म्याग्दीको दुर्गम गाविस मल्कावाङमा ४२ किलोवाट क्षमताको नन्दीवाङखोला साना जलविद्युत् आयोजना निर्माण सम्पन्न भई विद्युत् उत्पादन सुरु भएको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको आर्थिक सहयोग र डिसिआरडिसी बागलुङको प्राविधिक सहयोगमा कुल रु दुई करोड २३ लाख ६५ हजारको लागतमा सो जलविद्युत् आयोजना निर्माण भएको निर्माण समितिका सहसचिव हरिबहादुर छन्त्यालले जानकारी […]


आलुमा आत्मनिर्भर बन्दै

सञ्चिता घिमिरे / ललितपुर, ३० मङ्सिर । व्यावसायिक रुपमा खेती बढ्दै गएपछि नेपाल केही वर्षमा नै आलुमा आत्मनिर्भर बन्ने देखिएको छ । अहिले वार्षिक करिब १० प्रतिशत मात्रै आलु आयात भइरहेको नेपाल कृषि अनुसन्धान परिषद(नार्क)अन्तर्गतको आलु विकास कार्यक्रमले जनाएको छ । वार्षिक दुई लाख ५० हजार टनदेखि तीन लाख टनसम्म आलु आयात भइरहेको वरिष्ठ आलु […]


आलोपालो प्रणाली रोक्न सरकारको नाममा परमादेश

काठमाडौँ, ३० मङ्सिर । सर्वोच्च अदालतले सार्वजनिक यातायातमा देखिएको आलोपालो प्रणाली रोक्न सरकारको नाममा परमादेश जारी गरेको छ । न्यायाधीश डा आनन्दमोहन भट्टराई र अनिल सिह्नाको संयुक्त इजालासले आज सार्वजनिक यातायातमा देखिएको आलोपालो प्रणाली रोक्न सरकारको नाममा परमादेश जारी गरिएको हो । सार्वजनिक यातायातमा आलोपालो प्रणालीका कारण मनपरी भाडा, गुणस्तरहीन सेवा र अनियमिततालगायत छानबिन गर्न […]


कक्षा ११ मा ५१.७१ प्रतिशत उत्तीर्ण

भक्तपुर, ३० मङ्सिर । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले आज कक्षा ११ का सबै विषयको नियमित परीक्षाको परीक्षाफल सार्वजनिक गरेको छ । गत जेठमा उच्च माध्यामिक शिक्षा परिषद्ले सञ्चालन गरेको उक्त परीक्षामा ५१ दशमलव ७१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको परीक्षा नियन्त्रक सन्तोष अर्यालले जानकारी दिनुभयो । परीक्षामा दुई लाख ६६ हजार एक सय तीन सहभागी भएकामा […]


बेनी–जोमसोम–कोरला सडक स्तरोन्नति हुँदै

म्याग्दी, ३० मङ्सिर । बेनी–जोमसोम–कोरला सडकखण्डको स्तरोन्नति गरी उत्तरी नाका चीनसँग द्विपक्षीय व्यापार विस्तार गर्ने सरकारी योजनाअनुसार बेनी–जोमसोम हुँदै नेपालको उत्तरी नाका कोरलासम्मको सडकको स्तरोन्नति हुने भएको छ । साँघुरो र जोखिमपूर्ण बेनी–जोमसोम–कोरला सडकमा सवारी सञ्चालन भइरहे पनि सडकको स्तरोन्नति गरी पर्यटकीय र व्यापारिक केन्द्रमा स्थलमार्गको पहुँच बढाउन दुई छुट्टाछुट्टै युनिट खडा गरी काम अघि […]


सहकारीबाट ऋण झिकेर व्यवसायमा लगानी गर्दै महिला

सुशीला रेग्मी / पाल्पा, २९ मङ्सिर । घरायसी काममा मात्र सीमित रहने पाल्पाका ग्रामीण भेगका महिला हिजोआज विभिन्न व्यवसाय चलाएर आत्मनिर्भर बन्दै गएका छन् । सधैँ घरायसी कामले बाहिर निस्कन नपाउने महिला गाउँगाउँमा सहकारी खुलेसँगै आयआर्जनका निम्ति सक्रिय बन्न थालेका छन् । सहकारीले विभिन्न व्यवसायका लागि बिनाधितो सहुलियत दरमा ऋण उपलब्ध गराउन थालेपछि महिलाको परनिर्भरता […]


गरिबी न्यूनीकरण गर्न जुट्दै

सिन्धुली, २९ मङ्सिर । जिल्लामा विभिन्न आयमूलक व्यवसाय सञ्चालन गरी ३० हजारभन्दा बढी व्यक्ति गरिबी न्यूनीकरण गर्न लागिपरेका छन् । गाउँमा नै आयमूलक व्यवसाय गर्न सहयोग पाएपछि जिल्लाका २ नगरपालिकासहित पचास गाविसका स्थानीयवासी आयमूलक व्यवसाय सञ्चालन गर्दै गरिबी न्यूनीकरण गर्न जुटेका हुन् । गरिबी निवारण कोषले जिल्लाका विपन्न व्यक्तिको पहिचान गरी उनीहरुलाई आयमूलक व्यवसाय सञ्चालन […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter