
रमेश लम्साल / काठमाडौँ, २३ मङ्सिर । मुलुकको ऊर्जा क्षेत्रको विकासका लागि भन्दै ऊर्जा मन्त्रालयले प्रस्ताव गरेका विभिन्न छवटा प्रस्ताव लामो समयदेखि अर्थ मन्त्रालयमा रोकिएको छ । यसरी प्रस्ताव रोकिँदा ऊर्जाले आफ्नो कामलाई गति दिन सकेको छैन । रोकिएका प्रस्तावमा सरकारले गत वर्ष फागुन ६ गते सार्वजनिक गरेको ऊर्जा सङ्कटकाल कार्ययोजनामा आधारित रहेको विषयसमेत रहेको […]

काठमाडौँ,२३ मङ्सिर । झन्डै चार सय वर्षपछि रानीपोखरी जलविहीन भएको छ । रानीपोखरीको पुनः निर्माण अघि बढाउन अहिले पोखरीको पानी सुकाइएको छ । पानी सुकाइएसँगै पोखरीमा रहेका माछा कमलपोखरीमा सारिएको वल्र्डवाइड कँडेल केएन केजी जेभीका निर्देशक अर्जुन कँडेलले जानकारी दिनुभयो । अहिलेसम्ममा तीन हजार माछा सारिसकिएको छ । अब एक हजार माछा सार्न बाँकी रहेको […]

काठमाडौँ, २३ मङ्सिर । सर्वोच्च अदालतले संविधानको भावना विपरीत हुने गरी प्रदेशको सिमाना हेरफेर गर्ने, अङ्गीकृत नागरिकता, राष्ट्रियसभामा प्रतिनिधित्व, भाषा आयोगको विषयमा संविधान संशोधन विधेयक ल्याउनु पर्नाका कारण बारे सरकारसँग लिखित जवाफ माग गरेको छ । न्यायाधीश जगदीश शर्मा पौडेलको एकल इजलासले आज नेपालको संविधानको भावना विपरीत संविधान संशोधन विधेयक संसद्मा दर्ता गर्नुपर्नाका कारणको पुस […]

काठमाडौँ, २२ मङ्सिर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भूकम्पबाट क्षति पुगेका एतिहासिक, पुरातात्विक तथा सांस्कृतिक सम्पदाको पुनःनिर्माण तीव्रताका साथ अघि बढेको जनाएको छ । मन्त्रालयले सार्वजनिक गेरेको प्रगति विवरणमा त्यस्ता सम्पदा, मठ, मन्दिर तथा पर्यटकीयस्थालका संरचनाको पुनःनिर्माणलाई प्राथमिकता दिइएको जनाएको हो । विश्व सम्पदासूचीमा सूचीकृत महत्वपूर्ण धार्मिकस्थलका पुनःनिर्माण पनि धमाधम भइरहेको उल्लेख छ […]

काठमाडौँ, २२ मङ्सिर । मेलम्चीको पानी उपत्यकामा वितरणका लागि सञ्जाल निर्माण गर्न ४० स्थानमा एकसाथ काम भइरहेको छ । विसं २०७४ असोजमा मेलम्ची खोलाको पानी २७ किमी सुरुङबाट सुन्दरीजलमा खसेपछि उपत्यकाका तीन जिल्लामा वितरणका लागि हाल दैनिक एक हजार कामदारले काम गरिरहेका छन् । उपत्यकाका आठ स्थानमा पानीपोखरी निर्माण र ३२ स्थानमा पाइपलाइन बिच्छ्याउने काम […]

काठमाडौँ, २१ मङ्सिर । अपाङ्गता भएका बालबालिका र युवाको शिक्षा प्राप्त गर्ने अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिँदै ‘हामीलाई समावेश गर’ भन्ने नारासहित आजबाट यहाँ तीनदिने विश्व अपाङ्गता समावेशी सम्मेलन सुरु भएको छ । स्वतन्त्र मानवीय सहयोग संस्था प्लान इन्टरनेसनलले विश्व अपाङ्गता समावेशी सम्मेलनको दोस्रो संस्करणअनुसार सम्मेलन काठमाडौँमा सुरु भएको हो । सम्मेलनको उद्घाटन गर्दै शिक्षामन्त्री […]
काठमाडौँ, २१ मङ्सिर । सन् २०१५ मा विश्वमा हरेक एक सय १३ जनामध्ये एकजना शरणार्थी, शरण खोज्ने वा विस्थापित हुने अवस्थामा पुगेको आज यहाँ सार्वजनिक गरिएको यस वर्षको विश्व विपद् प्रतिवेदनमा उल्लेख गरिएको छ । अन्य देशमा जस्तै आज नेपालमा पनि एक कार्यक्रमबीच सार्वजनिक गरिएको विश्व विपद् प्रतिवेदन २०१६ मा विपद्पूर्व तयारीमा थप लगानी गर्न […]

काठमाडौँ, २१ मङ्सिर । भूकम्पबाट क्षतिग्रस्त संरचना पुनः निर्माणका लागि अर्थ मन्त्रालयले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणलाई रु ३३ अर्ब निकासा दिएको छ । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले पुनःनिर्माण कोषको रकम परिचालन गर्ने गरी निजी आवास अनुदान वितरण गर्न थप रु २८ अर्ब र विद्यालय भवन पुनःनिर्माणका लागि रु चार अर्ब निकासा दिएको हो । त्यस्तै […]

काठमाडौँ, २० मङ्सिर । स्वास्थ्यमन्त्री गगनकुमार थापाले महिला स्वास्थ्य स्वयम्सेविका मन्त्रालय र जनसमुदायबीचको पुल भएको बताउनुभएको छ । तेह्राँै राष्ट्रिय महिला स्वयम्सेविका दिवस २०७३ को अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले स्वास्थ्य कार्यक्रमलाई सफल बनाउन महिला स्वास्थ्य स्वयम् सेविकाले महत्वपूर्ण योगदान गरेको उल्लेख गर्नुभयो । उहाँले पहिले जे उद्देश्यले स्वयम्सेविका बनाइएको थियो, आज त्यसको कार्यक्षेत्र […]

काठमाडौँ, २० मङ्सिर । राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना काठमाडौँ–निजगढ द्र्रुतमार्ग (फास्ट ट्र्याक) र दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्यलाई जतिसक्दो चाँडो अघि बढाउन माग गरिएको छ । द्रुतमार्ग निर्माण सङ्घर्ष समिति (प्रभावित एवम् लाभावित जिल्लावासी) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई आज भेट गरी ज्ञापनपत्र बुझाउँदै यी दुईवटै काम द्रुतगतिमा अघि बढ्न नसक्दा आयोजना प्रभावित क्षेत्रमा […]