कविता उपाध्याय / रोल्पा, कात्तिक २८ । जिल्ला कारागार कार्यालय रोल्पाको बन्दीगृहमा आमाले गरेको दुष्कर्मको सजाय भोग्दै चार नाबालकले जेल जीवन बिताइरहेका छन् । झोलामा कापी कलम बोकेर विद्यालय जाने उमेरका यी नाबालकहरुले यसरी जेल जीवन बिताउनु पर्दा उनीहरुको कलिलो बाल मष्तिष्कमा कतिसम्मको प्रतिकूल असर पर्न सक्छ भन्ने विषयमा समयमै बाल अधिकारका क्षेत्रमा काम गर्ने […]
काठमाडौँ, २८ कात्तिक । संयुक्त राष्ट्र सङ्घको शान्ति तथा निशस्त्रीकरण एसिया कार्यालय नेपालमा पुनःस्थापना हुने भएको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले शान्ति तथा निशस्त्रीकरण एसिया कार्यालय काठमाडौँमा पुनःस्थापना गर्ने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री एवम् सरकारका प्रवक्ता सुरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो । सरकारले त्यसका लागि एक लाख ११ हजार ६८५ अमेरिकी डलर बजेट […]
काठमाडौँ, २८ कात्तिक । वरिष्ठतालाई मिचेर चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)को डिनमा प्रा डा केशवप्रसाद (केपी) सिंह नियुक्त भएको भन्दै प्रा डा गोविन्द केसीले आजदेखि दसाँै अनशन सुरु गर्नुभएको छ । शनिबार विज्ञप्ति जारी गर्दै आइतबार २ बजेसम्म डिन नियुक्त गर्नुपर्ने अल्टिमेटम दिनुभएका प्रा डा केसीले शिक्षण अस्पताल महाराजगन्जमा पत्रकार सम्मेलन गरी आज अनशन सुरु गर्नुभएको […]
काठमाडौँ, २७ कात्तिक । आगामी डेढ महिनाभित्र नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइनमा ४५ मेगावाट विद्युत् थप हुने भएको छ । मुलुकभर हाल प्राधिकरण र निजी क्षेत्रको गरी कुल जडित क्षमता ७८४ मेगावाट रहेको छ । कुल ५३ जलविद्युत् आयोजनाबाट उक्त क्षमतामा विद्युत् उत्पादन भइरहेको भए पनि ‘गोरखा भूकम्प’ र बाढीका कारण ४५ मेगावाट क्षमताको […]
काठमाडौँ, २७ कात्तिक । नेपाल एएफसी सोलिडारिटी कप फुटबल प्रतियोगिताअन्तर्गत फाइनलमा प्रवेश गरेको छ । लाओसलाई पेनाल्टी सुटआउटमा ३–० ले पराजित गर्दै नेपाल प्रतियोगिताको फाइनलमा पुगेको हो । मलेसियाको नेगेरी रङ्गशालामा शनिबार साँझ भएको खेलमा गोरकिपर किरण चेम्जोङको उत्कृष्ट प्रदर्शन रह्यो । उनले लाओसका खेलाडीले प्रहार गरेको बललाई उत्कृट बचाउ गरे । सो अघि निर्धारित […]
काठमाडौँ, २७ कात्तिक । नेपालका चार धावकले हङकङमा हुने ‘अक्सफाम ट्रेल वाकर’म्याराथनमा दौडने भएका छन् । आगामी मङ्सिर ३ गते हुन लागेको उक्त दौडमा नेपालका तर्फबाट पूर्ण तामाङ, तीर्थ तामाङ, वेदबहादुर गुरुङ र भीम गुरुङ भाग लिँदैछन् । उनीहरु नेपालमा हरेक वर्ष हुने तेन्जिङ हिलारी एभरेष्ट म्याराथनका विजेता÷उपविजेता हुन् । हङकङमा हुने उक्त स्पर्धामा विश्वभरका […]
काठमाडौँ, २७ कात्तिक । मांसपेशी अशक्त भएका कारण हुने वंशाणुगत रोग मस्कुलर डिस्ट्रोफी भएका बिरामीका लागि आज काठमाडौँमा स्वास्थ्य शिविर आयोजना गरिएको छ । मस्कुलर डिस्ट्रोफी फाउन्डेसन नेपालको आयोजनामा मांसपेशी, नशा, छाती, मुटु, वंशाणुगत, बाल, मनोरोग विशेषज्ञले बिरामीको जाँच गर्नुका साथै परामर्श दिनुभएको थियो । शिविरमा ३५ जना मस्कुलर डिस्ट्रोफीका बिरामीले जाँच गराएका छन् । […]
विराटनगर, २६ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहालले देशभरका सबै रुग्ण सरकारी उद्योग सञ्चालनका लागि अध्ययन भइरहेको बताउनुभएको छ । विराटनगरको ऐतिहासिक उद्योग विराटनगर जुटमिलको आज स्थलगत अवलोकन तथा निरीक्षणको क्रममा उहाँले भन्नुभयो – यस उद्योगलाई सञ्चालनमा ल्याउन सरकारले गृहकार्य गरिरहेको छ । प्रधानमन्त्री दाहालले “नेपालकै औद्योगिक इतिहासमा अग्रेणी भूमिका निर्वाह गरेको यो उद्योग बन्द हुनु […]
काठमाडौँ, २६ कात्तिक । भूकम्पबाट अति प्रभावित ११ जिल्लाका पीडितले पहिलो किस्ताको रु ५० हजार लिई पुनःनिर्माण सुरु गरेपछि त्यसको निरीक्षण हुने भएको छ । यसका लागि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले निजी आवास पुनःनिर्माण प्राविधिक निरीक्षण कार्यविधि, २०७३ तयार पारेको छ । भूकम्पबाट क्षति भएका निजी घर पुनःनिर्माण, प्रवलीकरण वा मर्मत गर्नुपर्ने संरचना, भूकम्प प्रतिरोधात्मक बनाउनका […]
काठमाडौँ, २५ कात्तिक । शिक्षा मन्त्रालयले एसियाली विकास बैंकको सहयोगमा विश्वस्तरको कक्षा सञ्चालन हुनेगरी प्राविधिक विश्वविद्यालय स्थापनाको तयारी गरेको छ । राष्ट्रिय इन्जिनियरिङ तथा प्रविधि प्रतिष्ठानका नाममा स्थापना हुने सो विश्वविद्यालयको पूर्वाधार र दिगो वित्तीय व्यवस्थापनका लागि आउँदो मङ्सिर १ देखि ३ गतेसम्म तीनदिने राष्ट्रिय कार्यशाला आयोजना हुने भएको छ । मन्त्रालयमा आयोजित पत्रकार भेटघाट […]