
काठमाडौँ, १७ मङ्सिर । स्वयम् अपाङ्ग भएका खगेन्द्रबहादुर बस्नेतको परिकल्पनाअनुसार २०२६ सालमा स्थापना भएको ‘नेपाल अपाङ्ग सङ्घ खगेन्द्र नवजीवन केन्द्र’ बेसहारा अपाङ्गता भएका व्यक्तिको सहारा बनेको छ । राजधानीको जोरपाटीमा ८५ रोपनी क्षेत्रफलमा अवस्थित केन्द्रले हाल खगेन्द्र नवजीवन अपाङ्ग गृहमा आफ्नो नियमित व्यक्तिगत काम गर्न नसक्ने ‘क’ वर्गका ६८ पूर्ण अपाङ्गता भएका व्यक्तिलाई सेवा प्रदान […]

काठमाडौँ, १७ मङ्सिर । भूकम्पबाट क्षति भएका घरमध्ये अनुदान रकम प्राप्त गरी १५ हजार ८६१ घर पुनःनिर्माण सुरु भएको सहरी विकास मन्त्रालयले जनाएको छ । मन्त्रालय केन्द्रीय आयोजना कार्यान्वयन एकाइका अनुसार मङ्सिर १५ सम्ममा भूकम्प अति प्रभावित ११ जिल्लामध्ये सिन्धुपाल्चोकमा एक हजार ६२३, धादिङमा दुई हजार १६५, काभ्रेमा एक हजार चार, नुवाकोटमा चार हजार ३३०, […]

नवलपरासी, १७ मङ्सिर । नवलपरासीमा जारी ३५ औँ अन्तराष्ट्रिय हात्ती पालो प्रतियोगिताको उपाधि नेपालले हात पार्न सफल भएको छ । आज सम्पन्न फाइनल प्रतिस्पर्धामा आइसल्यान्डको एलिफेन्ट्स पोलो गियरलाई ५ का विरुद्ध ८ गोलले पराजित गर्दै नेपालको टाइगर टप्स टस्कर्सले उपाधि हात पार्न सफल भएको हो । प्रतियोगितामा गालवया लज श्रीलङ्काले तेस्रो स्थान हासिल ग¥यो । […]

मेलम्ची, १७ मङ्सिर । बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको मुख्य सुरुङमार्ग रहेको अम्बाथानमा ड्यामको डिस्को खन्ने क्रममा सुनखानी भेटिएको अनुमान गरिएको छ । ड्याम मर्मत केन्द्रमा सुनजस्तै देखिने धातु भेटिएपछि काम भइरहेको ठाउँमा काम रोकेर हेर्नेको भीड लागेको थियो । हेलम्बु गाविसका सचिव नारायण पौडेलले काम गरिरहेको ठाउँमा सुन जस्तै धातु भेटिएको प्रमुख जिल्ला अधिकारी अन्तरबहादुर […]

भीमदत्तनगर, १६ मङ्सिर । छब्बीस वर्षीय हरेन्द्र बोहरा काठमाडौँको शङ्करदेव क्याम्पसबाट स्नातकोत्तर पढाइ सकेर दुई वर्षअघि घर फर्किनुभयो । अन्ठाउन्न प्रतिशतभन्दा बढी अङ्क ल्याएर स्नातकोत्तर गरेका बोहरा कृषि पेसामा व्यावसायिक रुपमा लागेर सफलतातिर लम्किँदै गइरहनुभएको छ । कञ्चनपुरको कृष्णपुर नगरपालिका– ४ मौवाफाँटाका बोहरा अहिले दूध बिक्रीबाट मासिक रु ७० हजार कमाउन थाल्नुभएको छ । उहाँले […]

काठमाडौँ, १६ मङ्सिर । प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवले आगामी चैतमा गर्ने भनेको स्थानीय तहको निर्वाचन हुने अवस्था कम हुँदै गएको बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालले यहाँ आज आयोजना गरेको साक्षात्कारमा स्थानीय निकायको निर्वाचन गर्ने हो भने त्यसका लागि आवश्यक पर्ने स्थानीय निकाय कार्यविधि ऐन २०४८ परिमार्जन गर्नुपर्ने बताउँदै उहाँले भन्नुभयो, “अहिले देशव्यापी […]

काठमाडौँ, १६ मङ्सिर । लामो समयदेखि खाली रहेका स्वास्थ्य मन्त्रालयअन्तर्गतका अस्पताल विकास समिति, प्रतिष्ठान, परिषद्लगायतमा नियुक्ति तथा मनोनयनको बाटो खुलेको छ । सरकारले आज स्वास्थ्य मन्त्रालयअन्तर्गतका निकायमा पदाधिकारी तथा सदस्यको नियुक्ति तथा मनोनयनसम्बन्धी मापदण्ड स्वीकृत गरेपछि यसको बाटो खुलेको हो । स्वास्थ्यमन्त्री गगनकुमार थापालले उक्त निकायमा नियुक्ति तथा मनोनयनलाई व्यवस्थित र प्रभावकारी बनाउन पेस गरेको […]

पाल्पा, १६ मङ्सिर । शारदा आधारभूत विद्यालय सिलुवा–४ पोखरडाँडा, पाल्पामा विदेशीको सहयोगमा विद्यालय भवन निर्माण भएको छ । जापानी संस्था बुद्ध आई एसोसिएसनको आर्थिक सहयोगमा चारकोठे पक्की भवन निर्माण गरिएको हो । जापानी संस्था बुद्ध आई एसोसिएसनको रु ११ लाख आर्थिक सहयोग, विद्यालय कोष र जनश्रमदानबाट रु तीन लाख ५० हजार गरी जम्मा रु १४ […]

काठमाडौँ, १६ मङ्सिर । नारायण गोपाल सङ्गीत कोषले यसवर्ष गायिकाद्वय मीरा राणा र ज्ञानु राणालाई ‘नारायण गोपाल स्मृति सम्मान’ प्रदान गर्ने भएको छ । उक्त सम्मानस्वरुप नगद रु २५÷२५ हजार तथा दोसल्लासहित कदरपत्र प्रदान गरिनेछ । महाराजगन्जस्थित नारायण गोपाल बस्दै आउनुभएको घरमा यही मङ्सिर १९ गते स्मृति दिवसको अवसर पारेर विशेष कार्यक्रम गरी सम्मान प्रदान […]

काठमाडौँ, १५ मङ्सिर । मुलुकको पर्यटन प्रवद्र्धन गर्न नेपाल पर्यटन बोर्ड, हिमालयन बैंक र अमेरिकन एक्सप्रेसले ‘एक्सपिरियन्स नेपाल’ अभियान संयुक्त रुपमा प्रारम्भ गरेका छन् । आगामी आठ महिनासम्म जारी रहने उक्त अभियानअन्तर्गत अमेरिकन एक्सप्रेसको कार्ड लिएका हरेक व्यक्तिलाई नेपाल भ्रमणमा रहँदा विभिन्न सेवासुविधा सहुलियत दरमा उपलब्ध गराइने छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा तीनवटै […]