समाचार

नश्ल सुधार गरिएका बाख्राप्रति आकर्षण

बाबुराम देवकोटा / सिन्धुलीमाढी, फागुन २४ गते । सिन्धुलीको फिक्कल गाउँपालिकाका विपन्न किसानहरू नश्ल सुधार गरिएको बाख्रापालन व्यवसायप्रति आकर्षित भएका छन् । फिक्कल गाउँपालिका र हेरफेर नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित कृषि तथा पशुपालन उद्यमशीलता विकास कार्यक्रम अन्तर्गत स्थानीय किसानलाई निःशुल्क नश्ल सुधार गरिएका बाख्रा वितरण गरेपछि उनीहरू त्यसप्रति आकर्षित भएका हुन् । स्थानीय […]


रेशम चौधरी पार्टीको अध्यक्ष हुन नमिल्ने आयोगको निर्णय

काठमाडौँ, फागुन २४ गते। निर्वाचन आयोगले सर्वोच्च अदालतबाट ज्यान मुद्दामा दोषी ठहर गरिएका रेशमलाल चौधरीलाई नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष हुन् अयोग्य हुने व्याख्या गरेको छ। नागरिक उन्मुक्ति पार्टीले गत पुस २७ गते कैलालीमा महाधिवेशन गरी साबिककी रञ्जिता श्रेष्ठको अध्यक्षतामा रहेको केन्द्रीय समितिमा चौधरीलाई अध्यक्ष घोषणा गरेकामा आयोगले त्यसलाई अद्यावधिक गर्न अस्वीकार गरेको हो। आयोगका प्रवक्ता […]


सम्यक् महादान फागुन ३० र चैत १ गते

ललितपुर, फागुन २३ गते । हीरण्यवर्ण महाविहार ‘क्वाबहाः’ ललितपुरको आयोजनामा यही फागुन ३० र चैत १ गते ‘यल इतिल्हन सम्यक् महादान पर्व’ हुने भएको छ । दीपङ्कर पर्वको नामबाट चिनिने यो पर्वको सुरुआत हीरण्यवर्ण महाविहार निर्माण गरेका मल्ल राजा भाष्करदेवका सन्तति भलिभारोले गरेको मानिन्छ । पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार सम्यक् पर्वको मुख्य दिन फागुन ३० […]


९० घर भूमिहीनलाई लालपुर्जा

बोमलाल गिरी / नवलपुर, फागुन २३ गते । मध्यविन्दु नगरपालिकाले–१ सेतापानीका ९० घर भूमिहीन दलित र भूमिहीन सुकुम्वासीलाई जग्गाधनी दर्ता प्रमाणपुर्जा वितरण गरिएको छ । मध्यविन्दुको वडा १, ५ र ७ का ८ हजार ९६ जनाको लगत संकलन भएकोमा पहिलो चरणमा ९० जनाले जग्गाधनी पुर्जा प्राप्त गरेका हुन् । वडाध्यक्ष तिलकराम न्यौपानेका अनुसार वडामा ५५ […]


आयोजना प्रमुखसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं, फागुन २२ गते । सघन सहरी तथा भवन निर्माण कार्यालय, राजविराजका तत्कालीन आयोजना प्रमुख सिनियर डिभिजनल इन्जिनियर सचिन्द्रकुमार देवसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयका प्रवक्ता नरहरि घिमिरेका अनुसार सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका वडा नं. ४ मधुवापुर अन्तर्गत सहरी विकास राजविराजद्वारा मधुवापुर वडा कार्यालयदेखि अर्जी टोलसम्म लगभग ३०० […]


रैथाने बाली प्रवर्द्धनमा जोड

चन्द्र पन्दाक / ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा रैथाने बालीको प्रवर्द्धन तथा बजारीकरणमा जोड दिइने भएको छ । किसानको आयआर्जन बढाउनुका साथै बाली संरक्षणका लागि जिल्लामा उत्पादन हुने रैथाने तथा नगदेबालीको प्रवर्द्धन तथा बजारीकरणमा जोड दिइने भएको हो । सदरमुकाम फुङ्लिङमा आयोजित ‘कृषि उद्यमशीलताको सम्भावना’ विषयक कार्यशाला गोष्ठीका सहभागीले रैथाने बालीको प्रवर्द्धन गर्नुपर्नेमा जोड […]


राष्ट्रिय गौरवका आयोजनाको प्रगतिबारे मन्त्रीसँग प्रधानमन्त्रीको छलफल

काठमाडौँ, फागुन २० गते। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” ले राष्ट्रिय गौरवका आयोजनाको प्रगतिबारे भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग छलफल गर्नुभएको छ। आइतबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्रीले भौतिक योजना तथा यातायातमन्त्री प्रकाश ज्वाला, सचिव केशव शर्मा, विभागीय प्रमुख र मन्त्रालयका सहसचिव बोलाएर छलफल गर्नुभएको हो। छलफलमा प्रधानमन्त्रीले राष्ट्रिय गौरवका आयोजनाको आफूले नियमित अनुगमन […]


प्रिमनसुन : काठमाडौँसहित देशभर चट्याङसहित वर्षा

काठमाडौँ, फागुन २० गते। सङ्घीय राजधानी काठमाडौँसहित देशभर प्रिमनसुन वर्षा भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार देशभर बदली रहनाका साथै देशका विभिन्न स्थानमा वर्षा भएको हो। महाशाखाका मौसमविद् सरोज पुडासैनीका अनुसार आइतबार कोशी प्रदेश र मधेस प्रदेशको पूर्वी भू-भागबाहेक देशभर वर्षा भएको छ। प्रिमनसुन सुरु भएपछि पहिलोपटक काठमाडौँसहित देशभर वर्षा भएको हो। […]


विश्वभर बुद्धको सन्देश फैलाउन ‘लरेट एन्ड लिडर्स’ शिखर सम्मेलन

लुम्बिनी, फागुन १९ गते । शान्तिका अग्रदूत भगवान् बुद्धको जन्मस्थल लुम्बिनीमा यही फागुन २८ र २९ गते आयोजना हुने ‘लरेट एन्ड लिडर्स’ शिखर सम्मेलनका माध्यमबाट विश्वभर लुम्बिनी र शान्तिको सन्देश प्रवाह गर्न मद्दत पुग्ने विश्वास लुम्बिनी सरकारले गरेको छ । लुम्बिनी प्रदेश सरकारले लुम्बिनीमा आयोजना गर्ने उक्त सम्मेलनबाट विश्वभर भगवान् गौतमबुद्धको करुणा, अहिंसा र शान्तिको […]


ऊर्जा क्षेत्रमा सहायता बढाउन अन्तर्राष्ट्रिय समुदायको प्रतिबद्धता

काठमाडौँ, फागुन १९ गते । नेपाल विद्युत् प्राधिकरणले ऊर्जा क्षेत्रमा सहायता बढाउन अन्तर्राष्ट्रिय विकास साझेदारहरूलाई आग्रह गरेको छ । सन् २०३५ सम्म २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गर्ने तथा त्यसको निर्यात तथा आन्तरिक खपत प्रवर्धन गर्न आगामी छ वर्षमा विद्युत् उत्पादनतर्फ छ अर्ब डलर, प्रसारणतर्फ पाँच अर्ब र वितरणतर्फ दुई अर्ब डलरभन्दा बढी […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter