समाचार

नेपाल–भारतबीच भएका सहमति कार्यान्वयन गर्न नेपालको जोड

  काठमाडौँ, । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भारत भ्रमणका अवसरमा दुई देशबीच सहमति भएका पूर्वाधारसम्बन्धी आयोजनालाई द्रुतगतिमा कार्यान्वयन गर्न जोड दिनुभएको छ । भारतीय अर्थमन्त्री अरुण जेट्लीको मैत्रीपूर्ण निमन्त्रणामा यही माघ २४ देखि २६ सम्म भारतको भ्रमणमा रहँदा अर्थमन्त्री पौडेलले सहमति भइसकेका आर्थिक र प्राविधिक सहायतासम्बन्धी आयोजना तथा कार्यक्रमलाई शीघ्र सम्पन्न गर्नुपर्नेमा जोड दिनुभएको थियो । […]


गैँडा संरक्षण – तेस्रो शून्य चोरी सिकार वर्ष

  रत्ननगर (चितवन),  माघ । सन् २०१५ मा कुनै पनि गैँडा चोरी सिकारबाट नमारिएको खुसियालीमा आज चितवनमा ‘सून्य चोरी सिकार वर्ष २०१५’ मनाइएको छ । यसअघि सन् २०११ र २०१३ मा सून्य चोरी सिकार वर्ष मनाइसकिएको छ । वन्यजन्तु अपराध नियन्त्रण समन्वय समितिले कार्यक्रम गरेको हो । विसं २०७१ वैशाख २० देखि आजसम्म ६४५ दिन […]


विद्यालय नगई अन्यत्र जाने विद्यार्थीलाई पक्राउ गर्ने अभियान सुरु

    भक्तपुर, २१ माघ । महानगरीय प्रहरी परिसर भक्तपुरले विद्यालय क्याम्पस नगई अन्यत्र जाने विद्यार्थीलाई पक्राउ गर्ने अभियान सुरु गरेको छ । विद्यालय क्याम्पसको पढाइ छाडेर पोसाकमा सिनेमा हल, रेस्टुराँ, लज, स्नुकर हाउस, फुटसल, पार्कलगायतका स्थानमा जाने विद्यार्थीलाई प्रहरीले पक्राउ गर्ने अभियान सुरु गरेको हो । प्रहरी परिसर भक्तपुरका प्रमुख एवम् प्रहरी उपरीक्षक किरण […]


एसएलसी सकिएलगत्तै विद्यार्थीलाई परिचयपत्र वितरण गरिने

    भक्तपुर, २१ माघ । परीक्षा नियन्त्रण कार्यालय सानोथिमिले यस वर्षदेखि एसएलसी परीक्षा दिने परीक्षार्थीलाई परीक्षा सकिएकै दिन उनीहरुको परिचयपत्र वितरण गर्ने भएको छ । एसएलसी परीक्षाको नतिजा सार्वजनिक गर्दा विद्यार्थीको नामथर, जन्ममिति, ठेगाना, अङ्ग्रेजी हिज्जे र परीक्षा दिएको विषय गल्ती कम गर्न परीक्षार्थीलाई परीक्षा सकिएको दिन परिचयपत्र वितरण गर्ने भएको हो । यसबारे […]


साउदीमा बिचल्ली परेकाको उद्धार गर्न पहल

(भरत प्रधान) साउदी अरब, १९ माघ । रोजगारदाता कम्पनीले काम गरेको तलब नदिँदा साउदी अरबमा बिचल्ली परेका नेपाली कामदारको उद्धारका लागि दूतावासले पहल थालेको छ । सोे विषयमा राससले समाचार प्रकाशन तथा प्रसारण गरेपछि रियादस्थित नेपाली दूतावासले दमामको सह्मी अल हजारी कम्पनीमा बिचल्लीमा परेका तीनसय नेपाली कामदारको उद्धार गर्न पहल थालेको हो । सोमबार श्रम […]


नदीमा छोडेका घडियाल गोही हराए

    चितवन, १७ माघ । सङ्कटापन्न अवस्थामा रहेको घडियाल गोही बर्सेनि विभिन्न नदीमा छाडिँदै गएको भए पनि यसको सङ्ख्या भने बढ्न सकेको छैन । सन् १९७८ मा चितवन राष्ट्रिय निकुञ्जभित्रको कसरामा गोही प्रजनन केन्द्र स्थापना गरी निरन्तर यसको संरक्षणमा सरकार लागेको भए पनि नदीमा छाडिएका गोही दिनानुदिन घट्दै गएका छन् । नदीहरुमा प्रजनन हुने […]


महिलाले चलाएको सूचना केन्द्र प्रभावकारी

    रत्ननगर (चितवन), १५ माघ । चितवनको माडी उपत्यकामा महिलाले सञ्चालनमा ल्याएको सहुलियतको ‘सामुदायिक सूचना केन्द्र’ प्रभावकारी देखिएको छ । सबै सेवा एकै ठाउँमा पाएपछि अहिले सूचना केन्द्रमा गाउँगाउँबाट उपभोक्ता प्रविधिको प्रयोग गर्न आउने गरेका छन् । केन्द्रमा अघिल्लो वर्षभन्दा ग्राहक बढेकाले आम्दानीसमेत बढ्दै गएको छ । घरनजिकै सूचना केन्द्र स्थापना भएपछि स्थानीय गाउँलेले […]


विराटनगरमा दुईतले बसपार्क निर्माण हुने

    पथरी (मोरङ), १३ माघ । विराटनगर उपमहानगरपालिकाले अत्याधुनिक सुविधासहितको दुईतले बसपार्क निर्माणको योजना अघि सारेको छ । विराटनगर उपमहानगरपालिका– १५ मा रहेको बसपार्कलाई व्यवस्थित बनाउन यस्तो योजना अघि सारिएको हो । उपमहानगरपालिकाका कार्यकारी अधिकृत गोपाल रेग्मीकाअनुसार नगर विकास कोषसँग ऋण लिएर बसपार्क निर्माण बनाउने गुरुयोजना तयार गरिएको छ । “निर्माणका लागि नगर विकास […]


नेपाली गाडी बिनाइजाजत भारत प्रवेशमा रोक

    पर्सा, ११ माघ । निर्बाध रुपमा भारत प्रवेश गर्दै आएका नेपाली नंका गाडी आजदेखि भन्सार कार्यालयको अनुमतिबिना भारत प्रवेश गर्न नपाउने भएका छन् । नेपाली नंको गाडी वीरगन्ज नाकाबाट भारतमा प्रवेश गर्दा रक्सौल कस्टमको अनुमतिमा मात्र प्रवेश गर्न पाउने भारत सरकारले आजदेखि नियम लागू गरेको हो । भारतले नेपाली नंका मोटरसाइकल लगायत सवारी […]


दर्ता हुन थाले भारतीय शिक्षालय

  (प्रकाश सिलवाल) काठमाडौँ, ९ माघ । सरकारले कडा नीति लिएपछि भारतीय शैक्षिक संस्थाको सम्बद्धनमा नेपालमा सञ्चालित शिक्षालय कानुनी दायरामा आउन थालेका छन् । नेपालमा भारतीय विश्वविद्यालय र शैक्षिक संस्थाबाट आबद्धता लिई लामो समयदेखि करिब एक दर्जन शिक्षालय सञ्चालन हुँदै आएका छन् । ती संस्थाले नेपालको कानुन अटेर गर्दै आफुखुसी शिक्षालय सञ्चालन गरिरहेको गुनासो बढेपछि […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter