
काठमाडौँ, २ चैत । नेपाल नर्सिङ काउन्सिलले लिने दर्ता परीक्षामा तीन हजार ९६७ नर्सिङ विद्यार्थी उतीर्ण भएका छन् । गत फागुन १५ गते लिइएको परीक्षामा यस पटक देशभरका चार हजार ४९६ नर्सिङ विद्यार्थीले परीक्षा दिएकोमा ५२९ विद्यार्थी अनुतिर्ण भएको काउन्सिलले जनाएको छ । काउन्सिलकी अध्यक्ष चन्द्रकला शर्माले अघिल्ला वर्षको तुलना यो पटक धेरै […]

काठमाडौँ, ३० फागुन । सर्वोच्च अदालतले नोटमा केरमेट तथा जथाभावी स्टिच नलगाउन नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालयको नाममा अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले नोटमा जथाभावी स्टिच तथा केरमेट नर्गन अन्तरिम आदेश दिएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकलाई […]

(प्रकाश सिलवाल) वीरगन्ज । सात महिनाअघि २६ कर्मचारी रहेको मुर्लीचोकस्थित सम्झना होटलमा अहिले दशजनाले मात्र काम गर्छन् । भारतको अघोषित नाकाबन्दी र मधेस केन्द्रित दलको आन्दोलनका कारण यसबीचमा होटेल सुनसान रह्यो । तलब खुवाउन नसकेपछि कर्मचारीलाई रोएर बिदाइ गर्नु परेको सञ्चालक पशुपतिविक्रम शाहले बताउनुभयो । हाल यहाँका शैक्षिक संस्था, यातायात, बजार, कलकारखाना सबैको […]

(रमेश लम्साल) काठमाडौँ, २७ फागुन । ‘दश वर्षमा दश हजार मेगावाट’ विद्युत् उत्पादन गर्ने लक्ष्यलाई पूरा गर्ने उद्देश्यसहित सरकारले ऊर्जा क्षेत्रमा लगानी गरिरहेका अन्तर्राष्ट्रिय दातृ निकायको सम्मेलन गर्ने तयारी गरेको छ । सम्मेलनको मिति तय नभए पनि मुलुकको ऊर्जा क्षेत्रको विकास र विस्तारमा सहयोग पु¥याउने लक्ष्यका साथ सरकारले आवश्यक तयारी गरेको हो । […]

(प्रशन्न पोखरेल) खोप्लाङ (गोरखा) २५ फागुन । ‘गाउँ–गाउँबाट उठ बस्ती–बस्तीबाट उठ, यो देशको मुहार फेर्नलाई उठ’ चलचित्र बलिदानमा रामेशको स्वरमा सजिएको यो गीतमा जस्तै गोरखाको खोप्लाङ–९ ठूलोगैरिकी निर्जला बाठा मगर गाउँको मुहार बदल्न जुटेकी छिन् । गत वैशाखमा गएको विनाशकारी भूकम्पले ध्वस्त भएको आफ्नो गाउँको पुनःनिर्माणमा मगर सक्रिय भएकी हुन् । जिल्लास्थित घरेलु तथा […]

काठमाडौँ, २३ फागुन । नेपाल आयल निगमले आजदेखि लागू गरेको बिहानबाटै इन्धन वितरण गर्ने प्रणालीको सुरुवात गरेपछि उपभोक्ताले सहजरुपमा इन्धन प्राप्त गरेको अनुगमनको क्रममा फेला परेको छ । निगमले आज राजधानीका विभिन्न पेट्रोल पम्पमा गरेको अनुगमनको क्रममा बिहान ७ बजेदेखि नै इन्धन बिक्री वितरण सुरु गर्दा अन्य दिनमा भन्दा सहजरुपमा उपभोक्ताले इन्धन भर्न पाएको […]

(प्रशन्न पोखरेल) लाप्राक (गोरखा), । लाप्राककी लीना गुरुङ दिनहुँ दुई घन्टा हिँडेर विद्यालयमा पढ्न पुग्नुहुन्छ । बेलुकी ४ बजेपछि घर फर्कन फेरि उहाँलाई डेढ घन्टा ओरालो हिँड्नुपर्छ । गुप्सीपाखामा खुलेको मणिकामदेवी माध्यमिक विद्यालयमा पढ्न गुरुङलाई मात्रै होइन लाप्राकको पुरानो गाउँमा बसोबास गर्दै आएका ३०० विद्यार्थीलाई समस्या छ । कक्षा ४ मा पढ्दै आउनुभएकी गुरुङ […]

(भरत प्रधान) साउदी अरब, १९ फागुन । म्यानपावर कम्पनीको प्रलोभनमा परी रोजगारीका लागि साउदी अरब आएका १० नेपाली कामदार विचल्लीमा परेका छन् । काठमाडाँैं थापागाँउस्थित ‘अल नसिर ओभरसिज प्रालि’मार्फत् साउदीको ‘अम्जाद फइज अल ओटाबी स्टाबिलीस्ट फर कन्ट्रक्सन’ कम्पनीमा आएका ती नेपाली कामदार विचल्लीमा परेका हुन् । राम्रो काम पाउने र मनग्य दाम कमाउने आशामा […]

भक्तपुर, १६ फागुन । भक्तपुर र काठमाडाँैको सिमानाका रुपमा रहेको मनोहरा खोला तथा त्यस आसपासका क्षेत्रबाट प्रहरीकै आडमा व्यापक रुपमा बालुवा चोरी हुने गरेको छ । बालुवा चोरी हुने गरेको विषयमा स्थानीयले महानगरीय प्रहरी वृत्त थिमिमा उजुरी गर्दा प्रहरीले बेवास्ता गर्दै आएको छ । प्रहरी वृत्त थिमिकै आडमा बालुवा तस्करी हुने गरेको स्थानीयवासीले आरोप […]

काठमाडौँ, १४ फागुन । नेपालगन्जबाट जुम्लाका लागि उडेको ९ एन–एजेबी विमान आकस्मिक अवतरण गर्ने क्रममा दुर्घटना भएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले एकल इन्जिन भएको विमान परीक्षण नगरीकन नचलाउन नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिनुभएको छ । मन्त्री पोखरेलले इन्जिनको खराबीका कारण आकस्मिक रुपमा विमान अवतरण गर्ने क्रममा दुर्घटना भएको हुनसक्ने […]