समाचार

बाटोमै म्याद गएका औषधि जाजरकोट पठाइयो, सिटामोलसम्म पाइएन

  (हेमन्त केसी) जाजरकोट, १३ फागुन । यहाँको ५० श्ययाको जिल्ला अस्पतालमा पनि सिटामोल समेत नपाउँदा बिरामी हैरान भएका छन् । दैनिक दर्जनौँ बिरामी उपचारका लागि आएपनि उपचार नहँुदा जिल्ला बाहिर जानुपर्ने बाध्यता रहेको छ । खगेनकोट गाविस वडा नं ५ का अशोक बस्नेत पेट दुखेपछि यहाँको जिल्ला अस्पतालमा दुईदिन हिँडेर आइपुग्नुभयो । अस्पतालमा उहाँलाई […]


खुला मञ्चमा ‘बेसमेन्ट पार्किङ’सँगै जोडी भूमिगत मार्ग

    (शर्मिला पाठक) काठमाडौँ । काठमाडौँको खुला मञ्चमा निर्माण हुन लागेको ‘बेसमेन्ट पार्किङ’सँगै जोडी भूमिगत मार्ग पनि निर्माण हुने भएको छ । यो देशकै ठूलो भूमिगत मार्ग हुनेछ । करिब एक महिनादेखि खुला मञ्चमा बेसमेन्ट पार्किङका लागि असम्भाव्यता अध्ययनको काम भइरहेको छ । सोही अध्ययनसँगै भूमिगत मार्ग निर्माणको अध्ययनको काम भइरहेको महानगरका सार्वजनिक–निजी साझेदारी […]


दिगो विकासको लक्ष्य पूरा गर्न ग्रामीणस्तरसम्म : उपप्रम मैनाली

काठमाडौँ ,१० फागुन । उपप्रधानमन्त्री तथा महिला, बालबालिका तथा समाज कल्याणमन्त्री चन्द्रप्रकाश मैनालीले ग्रामीणस्तरसम्म अधिकारको प्रत्याभूति गराउन सकेमा मात्र दिगो विकासको लक्ष्य पूरा हुने बताउनुभएको छ । आज राजधानीमा राष्ट्रिय महिला आयोग र बियोन्ड बेइजिङ कमिटी (बिबिसी) ले संयुक्तरुपमा आयोजना गरेको ‘दिगो विकास प्राप्तिका लागि लैङ्गिक समानता’ विषयक दुई दिने कार्यशालाकोे उद्घाटन गर्र्दै मैनालीले नयाँ […]


प्राविधिक शिक्षामा पहुँच पुर्यायाउन आवश्यक

भक्तपुर, १० फागुन । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले प्राविधिक शिक्षाका सबैको पहुँच पुर्यायाउन आवश्यक रहेको बताउनुभएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) र कोलम्बो प्लान स्टाफ कलेज (सिपिएससी) फिलिपिन्सको संयुक्त आयोजनामा आजदेखि यहाँ सुरु भएको एकहप्ते तालिमको उद्घाटन गर्दै उहाँले सरकारले बहुप्राविधिक शिक्षाको विकास र विस्तारलाई अगाडि बढाएको जानकारी दिनुभयो । मन्त्री पोखरेलले […]


व्यवसायीले दुग्धजन्य वस्तुको मूल्य बढाउने

    बाबियाचौर (म्याग्दी), ९ फागुन । सदरमुकाम बेनीका व्यवसायीले दुग्धजन्य वस्तुको मूल्य बढाउने भएका छन् । दुग्ध उत्पादन तथा डेरी व्यवसायी समितिका अध्यक्ष कोषानन्द आचार्यको अध्यक्षतामा शनिबार बेनीमा बसेको बैठकले आगामी चैत १ गतेदेखि लागु हुने गरी मूल्यवृद्धि गर्ने निर्णय गरेको हो । देशभर समग्र वस्तुमा भएको मूल्यवृद्धिको असर कृषक र दुग्ध व्यवसायीमा परेकाले […]


युद्धप्रसाद मिश्र स्मृति पुरस्कार सिस्नो पानी नेपाललाई

भक्तपुर, ८  । यस वर्षको युद्धप्रसाद मिश्र स्मृति पुरस्कार सिस्नो पानी नेपाललाई अर्पण गरिएको छ । युद्धप्रसाद मिश्रको २५ औँ स्मृति दिवसको उपलक्ष्यमा आज आयोजित एक समारोहका बिच सिस्नो पानी नेपाललाई रु दस हजार नगद सहित सम्मान पत्र प्रदान गरिएको हो । वरिष्ठ प्रगतिवादी साहित्यकार मोदनाथ प्रश्रितको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा कुशल राजनीतिज्ञ एवम् […]


नारायणगोपालका तस्बिर प्रदर्शनी सुरु

    काठमाडौँ, ७ फागुन । स्वरसम्राट् नारायणगोपालको २५औँ स्मृति वर्षका अवसरमा नारायणगोपालको युवा अवस्थादेखि मृत्युसम्मका विभिन्न ३०० तस्बिर प्रदर्शन गरिएको छ । सांस्कृतिक सङ्ग्राहलय नेपालले बबरमहलस्थित नेपाल कला परिषद्मा आयोजना गरेको सो प्रदर्शनी यही फागुन ११ गतेसम्म सञ्चालन हुनेछ । नारायणगोपाल सङ्गीत कोषको विशेष सहयोगमा आयोजना गरिएको प्रदर्शनीको नारा ‘युगपुरूषलाई सम्झौँ, युगपुरूषलाई सम्मान गरौँ […]


खोलियो धरहरा पुनःनिर्माणको खाता

  काठमाडौँ, । ‘मै बनाउँछु मेरो धरहरा’ अभियानअन्तर्गत धरहरा पुनःनिर्माण कोषको आज राष्ट्रिय वाणिज्य बैंकमा खाता खोलिएको छ । थापाथलीस्थित राष्ट्रिय वाणिज्य बैंकको शाखामा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले १४३०००१९८००१ नम्बरको खाता खोलेको हो । खातामा प्रधानमन्त्री केपी शर्मा ओलीले एक महिनामा पाउने पारिश्रमिक रु ६१ हजार ८२० जम्मा भएको प्राधिकरणका कामु सचिव मधुसुदन अधिकारीले जानकारी दिनुभयो […]


रु सात करोडको तेजपात उत्पादन

    गाईघाट(उदयपुर),। जिल्लाको मध्य, पूर्र्वी र पश्चिमी पहाडी क्षेत्रमा रु सात करोड बराबरको तेजपात उत्पादन भएको छ । जिल्ला वन कार्यालयका अनुसार जिल्लाको सिरिसे, हर्देनी, मयङखु, तावाश्री, डुम्रे, मुर्कची, साउने, खाँबु, भुटार, कटुन्जे, बबला, सिद्धिपुर र चौदण्डी क्षेत्रमा तेजपात उत्पादनमा वृद्धि भएको छ । करिब २५० हेक्टर क्षेत्रफलमा तेजपात उत्पादन हुँदै आएको सहायक वन […]


बूढीगण्डकी आयोजना ः जग्गा पहिचानको काम सकिँदै

    (रमेश लम्साल) काठमाडौँ । राष्ट्रिय गौरवका आयोजनाको रुपमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजनालाई आवश्यक पर्ने जग्गाको पहिचान गर्ने कामलाई तीव्र पारिएको छ । चालु आवभित्रै आयोजनाको निर्माण सुरु गर्ने लक्ष्यका साथ पहिलो चरणमा जग्गाको पहिचान गर्ने कामलाई युद्धस्तरमा अगाडि बढाइएको हो । धादिङ र गोरखाका करिब ४५ हजार जनताले थातथलो छाड्नुपर्ने सो आयोजना कुन […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter