समाचार

नेपाल एयरलायन्सका परिचारक र परिचारिकालाई सेवा सुविधामा विभेद नगर्न आदेश

काठमाडौं, पुस २२ गते। सर्वोच्च अदालतले नेपाल वायुसेवा निगममा कार्यरत विमान परिचारक र परिचारिका (क्याबिन क्रू) लाई सेवा सुविधाका आधारमा कुनै पनि विभेद नगर्न अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले आइतबार निगमका नाममा परिचारक र परिचारिकालाई सेवा सुविधामा फरक पर्ने गरी कुनै पनि कदम नचाल्न अन्तरिम आदेश गरेको हो। निवेदकका तर्फबाट […]


प्रतिफल आउने क्षेत्रमा राज्यले खर्च गर्छ : अर्थमन्त्री महत

शालिग्राम नेपाल / चितवन, पुस २१ गते । अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रतिफल आउने क्षेत्रमा मात्र राज्यले खर्च गर्ने बताउनुभएको छ । उद्योग वाणिज्य सङ्घ चितवनको ५७ औँ साधारण सभा तथा अधिवेशनको कार्यक्रममा शनिबार बोल्नुहुँदै उहाँले बताउनुभएको हो । उहाँले अब उत्पादनमा सरकारको ध्यान जानेमा जोड दिनु भयो । मन्त्री महतले भन्नुभयो, ‘‘उत्पादन हुने उद्योग […]


कर्णालीमा चिया र कफी खेतीको सम्भावनाबारे छलफल

कर्णाली, पुस २१ गते । कर्णालीमा चिया र कफी खेतीको उत्पादन, प्रवर्द्धन तथा बजारीकरणबारे प्रदेशस्तरीय छलफल गरिएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले सिद्धार्थ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड सुर्खेतसँगको समन्वयमा शुक्रबार वीरेन्द्रनगरमा उक्त छलफल गरेको हो । अन्तर्क्रिया कार्यक्रममा कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री भीमप्रकाश शर्माले कर्णालीमा चिया र कफी खेतीको […]


गाउँ रित्तिने क्रम बढेकोमा राष्ट्रपति पौडेलद्वारा चिन्ता व्यक्त

अमरराज नहर्की / तनहुँ, पुस २० गते । राष्ट्रपति रामचन्द्र पौडेलले गाउँगाउँमा विकास र सुविधा पुगेको बताउनुभएको छ । राष्ट्रपति पौडेलले रोजगारी र आम्दानीको अवस्था सिर्जना नहुँदा गाउँमा पुगेको विकास र सुविधाको उपभोग गर्ने व्यक्ति कोही नहुने हुन् कि भन्ने चिन्ता लागेको बताउनुभयो । शुक्रबार तनहुँको भानु नगरपालिकामा रहेको पूर्कोट माध्यमिक विद्यालयको शतवार्षिकी समारोहलाई सम्बोधन […]


होमस्टे प्रवर्धनका लागि महोत्सव

अविनाश चौधरी / धनगढी, पुस २० गते । कैलालीको धनगढी उपमहानगरपालिका–१६ मा रहेको थारु होमस्टे गाउँ भादामा होमस्टे महोत्सव जारी रहेको छ । होमस्टेको प्रचारप्रसार एवम् प्रवर्धनका लागि महोत्सव आयोजना गरिएको हो । प्रदेशकै जेठो यो थारु होमस्टे विविध कारणले फष्टाउन सकिरहेको छैन । त्यसकारण होमस्टेको प्रचारप्रसार तथा प्रवर्धन गर्न र थारु समुदायको संस्कृति, खानपान, […]


तरकारीले बजार नपाउँदा किसान चिन्तित

सुर्खेत, पुस १९ गते । तरकारीले बजार नपाएपछि सुर्खेतका किसान चिन्तित भएका छन् । राम्रो बजार मूल्य पाउने आसमा तरकारी उत्पादन गरेका यहाँका किसान बजार नपाएपछि चिन्तित भएका हुन् । २७ वर्षदेखि तरकारी खेती गर्दै आउनुभएका वीरेन्द्रनगर नगरपालिका–१० का प्रेमबहादुर चर्मकारले तरकारीले बजार र मूल्य नपाउँदा बारीमा नै कुहिन थालेको बताउनुभयो । उहाँले २५ कट्ठा […]


झण्डै १३ मेट्रिक टन रैथाने बाली सङ्कलन

राममणि दाहाल / हेटौँडा, पुस १९ गते। मकवानपुरको मकवानपुरगढी गाउँपालिकाका कृषकबाट उत्पादित झण्डै १३ मेट्रिक टन रैथाने बाली सहकारी संस्थामार्फत बिक्री गरिरहेको छ। रैथाने बाली कोदो, फापर र जुनेलो उत्पादनमा गाउँपालिकाले अनुदान दिन थालेपछि उत्पादनसमेत वृद्धि भएको छ। मकवानपुरगढी गाउँपालिका वडा न.४ कालीखोला क्षेत्रमा उत्पादित करिब सात मेट्रिक टन कोदो सङ्कलन गरी बिक्री भइरहेको गाउँपालिका […]


उच्च अदालतमा ३९ जना न्यायाधीश नियुक्त; न्याय परिषद् सदस्य श्रेष्ठलाई बारको पत्र

काठमाडौं, पुस १८ गते । न्यायपरिषदले उच्च अदालतमा ३९ जना न्यायाधीश नियुक्त गरेको छ भने १६ जना न्यायाधीशको सरुवा गरेको छ । बुधबार बसेको परिषद् बैठकले उच्च अदालतमा २६ जना जिल्ला न्यायाधीश, चार जना न्याय सेवाका सरकारी कर्मचारी र नौ जना कानुन व्यवसायीलाई न्यायाधीश नियुक्त गरेको हो । न्याय परिषद् सदस्य श्रेष्ठलाई बारको पत्र नेपाल […]


वैदेशिक रोजगारीको बहानामा लाखौँ ठगी गरेका चार जना पक्राउ

काठमाडौँ, पुस १८ गते । बेरोजगार युवालाई वैदेशिक रोजगारीमा पठाउने बहानामा लाखौँ ठगी गरेका चार जना पक्राउ परेका छन् । करोमानिया पठाइदिन्छु भन्दै २१ लाख ३६ हजार ठगी गरेको अभियोगमा दोलखा मेलुङ गाउँपालिका-२ घर भई काठमाडौँ महानगरपालिका-२४ बाङ्गेमुढा बस्ने ५० वर्षीय ढालबहादुर बुढाथोकी पक्राउ परेका छन् । अभियुक्त बुढाथोकीले १४ जना युवालाई वैदेशिक रोजगारीका लागि […]


सहरी जनसङ्ख्या पाँच प्रतिशतले वृद्धि : प्रतिवेदन

काठमाडौँ, पुस १७ गते । बसाइसराइका कारण पछिल्लो दशकमा सहरी जनसङ्ख्या करिब पाँच प्रतिशतले वृद्धि भएको देखिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले तथ्याङ्क दिवसका अवसरमा आज सार्वजनिक गरेको ‘नेपालमा ग्रामीण तथा सहरी क्षेत्रको श्रेणीगत वर्गीकरण प्रतिवेदन’ले राष्ट्रिय जनगणना २०६८ र २०७८ को बिचमा सहरी जनसङ्ख्या २२ दशमलव ३१ प्रतिशतबाट उल्लेख्य बढेर २७ दशमलव ०७ पुगेको […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter