
कञ्चनपुर, मङ्सिर १२ गते । स्थानीय झलारीका मुक्त कमलरीले सहकारी संस्था सञ्चालन गरेर आय आर्जनका काम गरी आत्मनिर्भर हुन थालेका छन् । मुक्त कमलरी बचत तथा ऋण सहकारी संस्थामा आवद्ध मुक्त कमलरीले बचत रकम संकलन गरी सोही रकमलाई ऋणका रुपमा परिचालन गरेर आजआर्जन गर्न थालेका हुन् । सहकारीबाट ऋणका रुपमा रकम लिनुभएकी सरिता चौधरीले कपडा […]

काठमाडाैं, १० मंसिर। प्रदेश तथा प्रतिनिधिसभाको पहिलो चरण निर्वाचनमा ६५ प्रतिशत मतदान भएकाे निर्वाचन आयोगले जनाएको छ । मतदान सकिएलगत्तै अायाेग केन्द्रीय कार्यालयमा अायाेजना गरिएकाे पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन अायुक्त डा. अयाेधिप्रसाद यादवले ६५ प्रतिशत मतदान भएकाे प्रारम्भिक जानकारी प्राप्त भएको बताए । सबैभन्दा बढी मतदान बाजुरामा निर्वाचन अायाेगले अाइतबार मतदान भएका ३२ जिल्लामध्ये सबैभन्दा […]

सुरेशकुमार यादव / काठमाडौँ, मङ्सिर ८ गते । कृषि मन्त्रालयले सञ्चालयनमा ल्याएको अनुदान कार्यक्रमले कृषिप्रति युवाको आकर्षण बढाएको छ । मन्त्रालयले गरेको व्यवस्थाकै कारण पछिल्लो समय कृषि कार्यालय तथा त्यस मातहतका अन्य निकायमा दिनहुँ अनुदानको बारेमा जानकारी लिनेको सङ्ख्या बढिरहेको छ । चालू आर्थिक वर्षमा मन्त्रालयले किसानका लागि घोषणा गरेको अनुदान कार्यक्रममध्ये कतिपय कार्यान्वयनमा पनि […]

काठमाडौँ, मङ्सिर ३ गते । आकस्मिक हृदयाघातका कारण निधन भएका छोरा प्रकाशको पार्थीव शरीरमा प्रचण्डले दागबत्ती दिएका छन् । पशुपति आर्यघाटमा प्रचण्डले प्रकाशको पार्थिव शरीरमा दागबत्ती दिएका हुन् । आकस्मिक हृदयाघातका कारण प्रकाशको आज बिहान लाजिम्पाटस्थित निवासमै निधन भएको थियो । सञ्चारमाध्यमका प्रतिनिधि पनि बिहानदेखि दाहालको अवस्था बुझ्न पुगेका थिए । झापामा रहनुभएका अध्यक्ष दाहाल बिहान […]

काठमाडौं- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)का छोरा प्रकाश दाहालको हृदयघातका कारण निधन भएको छ। काठमाडौंस्थित लाजिम्पाट निवासमा उनलाई अबेर राति हृदयघात भएपछि नर्भिक अस्पताल पुर्याइएको थियो। बिहान साढे ५ बजे अस्पताल पुर्याउँदा उनको मुटु बन्द भइसकेको नर्भिक स्रोतले जानकारी दियो। निधनको घोषणा भने परिवारका सदस्यहरु आएपछि गर्ने बताइएको छ। चुनावी सभालाई सम्बोधन गर्न झापा […]

किरण भट्टराई / काठमाडौँ, मंसिर २ गते । यही मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पहिलो चरणको निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्थाको तयारी पूरा भएको गृहमन्त्रालयले जनाएको छ । निर्वाचनलाई स्वतन्त्र, विश्वसनीय, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न निर्वाचन सुरक्षा योजना कार्यान्वयनमा ल्याइएको मन्त्रालयका प्रवक्ता नारायणप्रसाद शर्मा दुवाडीले राससलाई जानकारी दिनुभयो । पहिलो […]

विश्वास रेग्मी / काठमाडौँ, कात्तिक ३० गते । बिहान सुरु भएसँगै विदेशी पदयात्री गन्तव्य छोट्याउन हतार देखिन्छन् । झिसमिसमै उकालो चढिसक्ने लक्ष्यसहित अघि बढेका स्वदेशी पदयात्रीको हतारो पनि उस्तै छ । अन्नपूर्ण आधार शिविर पुगेर जितको भावमा फर्किंदै गरेका पर्यटकमा भने यस्तो हतार केही कम देखिन्छ । चिसोबाट बच्न राखिएका बाक्ला ज्याकेटसहितको ‘ब्याग प्याक’र सहाराका […]

मुना कार्की / काठमाडौँ, कात्तिक ३० गते । आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन प्रतिस्पर्धाका लागि खेलकुद पदाधिकारी, ओलम्पियन र खेलाडीसम्मका व्यक्तित्वले उम्मेदवारी दिनुभएको छ । खेलकुद क्षेत्रबाट प्रतिनिधिसभाको चुनावमा उठ्ने मध्येका एक हुनुहुन्छ, युवा तथा खेलकुदमन्त्री राजेन्द्र केसी । उहाँ काठमाडौँ क्षेत्र नं १० बाट नेपाली काँग्रेसका तर्फबाट प्रतिनिधिसभाको […]

रमेश लम्साल / काठमाडौँ, कात्तिक २९ गते । प्रमुख राजनीतिक दलले आगामी दश वर्षभित्र मुलुकको ऊर्जा क्षेत्रको विकासका लागि भन्दै घोषणापत्र मार्फत आफ्ना महत्वाकाक्षी योजना सार्वजनिक गरेका छन् । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको लागि भन्दै जारी गरिएका घोषणापत्र वस्तुनिष्ठ र व्यवहारिक नभएको भन्दै आलोचना पनि उस्तै छ । संविधानसभाको पहिलो निर्वाचनका लागि तय गरिएको घोषणापत्रमा […]

नेपालगञ्ज, कात्तिक २८ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले उम्मेदवारमाथि भएका आक्रमणका घटना सुरक्षा अंगको गम्भीर त्रुटिभित्र पर्ने भएकाले अबउप्रान्त यस्ता खाले घटना दोहोरिन नदिन सुरक्षा अंग थप चनाखो हुनुपर्नेमा जोड दिनुभएको छ । यहाँ आज आयोजित प्रदेश क्षेत्र नं ५ र ६ स्तरीय सुरक्षा गोष्ठी उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “राजनीतिक दलबीच स्वस्थ प्रतिस्पर्धा, […]