सिवी अधिकारी / काठमाडौँ,असार ६ गते। साहसिक पर्यटनप्रति विदेशी पर्यटकको आकर्षण बढ्दो छ । नेपालमा पदयात्रा, पर्वतारोहणपछि बढी सम्भावना बोकेको ¥याफ्टिङ अर्थात् जलयात्रा पर्यटन हो । व्यावसायिक ¥याफ्टिङमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रुचि बढ्दै गइरहेको छ । नेपालमा ¥याफ्टिङको अथाह सम्भावना भए पनि यसको प्रवद्र्धनमा यथेष्ट ध्यान नपुगेको व्यवसायी बताउँछन् । ¥याफ्टिङ व्यवसायी […]
काठमाडौँ, असार ५ गते । निर्वाचन आयोगले सामाजिक सद्भाव राखी शान्तिपूर्ण तरिकाबाट राजनीतिक गतिविधि सञ्चालन गर्न सबै राजनीतिक दल, उम्मेदवार र मतदातालाई अपिल गरेको छ । दोस्रो चरणको निर्वाचनको प्रचारप्रसारका क्रममा बाजुरालगायत जिल्लामा राजनीतिक दलका उम्मेदवार र कार्यकर्ताबीच झपड भई दुःखद् घटना भएपछि आयोगले निर्वाचनसँग सम्बन्धित गतिविधि सञ्चालन गर्दा संयमता अपनाउन अनुरोध गरेको हो । […]
स्थानीय तहको दोस्रो चरण निर्वाचनअन्तर्गत आगामी १४ असारमा हुने मतदानका लागि राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारले अाज उम्मेदवारी दर्ता गरेका छन् । निर्वाचनका आयोगको कार्यतालिकाअनुसार बिहान ८ देखि उम्मेदवारी दर्ता सुरु भएकाे थियाे । उम्मेदवारी दर्ताकाे लागि अपराह्न चार बजेसम्मकाे समय तय गरिएकाे थियाे । दोस्रो चरणमा १, ५ र ७ नम्बर प्रदेशका ३५ जिल्लाका […]
काठमाडौँ, असार ३ गते । निर्वाचन आयोगले असार १४ गते बुधबार हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि भोलि आइतबार हुने उम्मेदवार मनोनयनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । दोस्रो चरणको ‘स्थानीय तह निर्वाचन’को तयारीका विषयमा आयोगको मिडिया सेन्टरमा आज आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले भन्नुभयो –आइतबारको उम्मेदवारी […]
नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । निगम प्रवक्ता सीताराम पोख्रेलका अनुसार पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर एक रुपैयाँ पचास पैसा मूल्य घटाइएको हो । घटेको मूल्य शुक्रबार रातिबाट लागू हुनेछ । उनका अनुसार नयाँ मूल्य कार्यान्वयनमा आएपछि उपभोक्ताले पेट्रोल एक सय रुपैयाँ र डिजेल तथा मट्टितेल ७६ रुपैयाँ प्रतिलिटरमा उपभोक्ताले खरिद गर्न सक्नेछन् […]
लक्की चौधरी / काठमाडौँं, असार १ गते । असार १४ गतेका लागि तोकिएको स्थानीय तह दोस्रो चरणको निर्वाचनको मनोनयन दर्ता दुईदिन पछि सारिएको छ । यसअघि असार २ गतेका लागि तोकिएको मनोनयन दर्ता अब असार ४ गते हुने भएको छ । सिंहदरवारमा विहीबार निर्वाचन आयोगका पदाधिकारीहरूसँगको छलफल पछि बसेको मन्त्रिपरिषदको बैठकले नयाँ समय अनुमोदन गरेको […]
काठमाडौँ, जेठ ३१ गते । ‘रगतदान गरौँ, अहिले गरौँ, समय समयमा गरौँ’ भन्ने नाराका साथ रगत र रगत तत्वको महत्व, रक्तदान गर्न आम समुदायलाई थप उत्प्रेरणा जगाउन विविध कार्यक्रम आयोजना गर्दै नेपालमा १३औँ विश्व रक्तदाता दिवस आज मनाइँदैछ । रक्त समूह पत्ता लगाउने वैज्ञानिक डा कार्ल ल्यान्डस्टिनरको जन्मदिन जुन १४ को सम्झनामा विश्व स्वास्थ्य सङ्गठनको […]
काठमाडौँ, जेठ ३० गते । आगामी असार १४ गते हुने स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सञ्चालन गर्ने विषयमा केन्द्रित रहेर गृहमन्त्री जनार्दन शर्मा र प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवसहितका आयुक्तबीच आज निर्वाचन आयोगमा छलफल भएको छ । निर्वाचनका लागि गृह मन्त्रालयबाट तयार पारिएकोे सुरक्षा व्यवस्था तथा निर्वाचनको तयारीबारे आयोगबाट भएका प्रगतिका वारेमा […]
काठमाडौँ, जेठ २८ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले महिला हिंसा अन्त्य गर्न सबै एकजुट हुनुपर्ने बताउनु भएको छ । महिला सुरक्षा दबाब समूह नेपालको २५औँ वार्षिकोत्सवका अवसरमा यहाँ आज आयोजित महिला सम्मान तथा सहाना प्रधान विशेषाङ्क लोकार्पणमा उहाँले मुलुकको विभिन्न ठाउँमा अझ पनि छाउपडी दाइँजो लगायतका कारण महिला हिंसा हुने गरेको भन्दै यसको निरुपण आजको […]
काठमाडौँ, जेठ २७ गते । दोस्रो चरणको स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा निर्वाचन आयोगले राजनीतिक दल र उम्मेदवारलाई निर्वाचन आचार संहिताविपरीत हुने कुनैपनि क्रियाकलाप नगर्न निर्देशन दिएको छ । निर्वाचन आयुक्त सुधीरकुमार शाहको अध्यक्षतामा आज बसेको निर्वाचन आचार संहिता समितिको बैठकले निर्वाचन चिह्न अङ्कित टिसर्ट, टोपी, झोलालगायतका जिन्सी समान मतदातालाई वितरण नगर्न÷नगराउन निर्देशन दिने निर्णय भएको […]