एक्सक्लुसिभ समाचार

प्राकृतिक विपतलार्इ ध्यान दिँदै डा. केसीको अनशन स्थगित

काठमाडौँ, साउन ३१ गते । बाढीपहिरोका कारण ठूलो जनधनको क्षति भएकाले देशको वर्तमान संकटलाई ध्यानमा राख्दै अनशन स्थगित गरेको डा. केसीले जनाएका छन् । पत्रकार सम्मेलनमा डा. केसीद्वारा हस्ताक्षरित विज्ञप्ति बाचन गरिएको थियो । विज्ञप्तिमा वर्तमानको संकट समाधान हुने बित्तिकै पुनः अनशन सुरु गर्ने जनाइएको छ । डा. केसीले आफ्ना माग पूरा गर्न पुनः आग्रह […]


प्रधानमन्त्री देउवाद्वारा बाढीग्रस्त क्षेत्रका निरीक्षण; धुर्मुस–सुन्तली फाउण्डेशद्वारा धनुषाका बाढीपीडितलाई राहत वितरण

इटहरी, साउन ३० गते । नेपाली काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीको चपेटामा परेका सबैलाई आपत्कालीन सहयोग उपलब्ध गराउने कार्यमा कुनै कन्जुस्याइँ नगर्न स्थानीय प्रशासनलाई निर्देशन दिनुभएको छ । आज पूर्वी पृतना मुख्यालय इटहरीमा पुगेर यस क्षेत्रमा बाढीले पु¥याएको क्षतिबारे नेपाली सेना तथा स्थानीय प्रशासनबाट जानकारी लिनुभएपछि प्र्रधानमन्त्री देउवाले आपत्कालीन सहयोग उपलब्ध गराउन निर्देशन […]


बाढीका कारण प्राधिकरणको दुई अर्बभन्दा बढीको क्षति; सत्ताइस घण्टापछि नारायणगढ–मुग्लिन सडक सञ्चालनमा

काठमाडौँ, साउन २९ गते । अविरल वर्षाका कारण नेपाल विद्युत् प्राधिकरणका एक दर्जनभन्दा बढी सबस्टेसन तथा अन्य भौतिक संरचनामा क्षति पुगेको छ । प्राधिकरणले गरेको प्रारम्भिक अनुसन्धानका क्रममा ती संरचनाको क्षति करिब रु दुई अर्बको हाराहारीमा हुन सक्ने देखिएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आज ऊर्जा मन्त्रालयमा आयोजित पत्रकारसम्मेलनमा भन्नुभयो, “प्राधिकरणको संरचनामा अर्बौंको […]


बाढी पहिरोका कारण २९ जनाको मृत्यु;  कोसीको बाढी खतराको संकेतमाथि, ३७ ढोका खोलियो, थप ढोका खोल्न पहल

  काठमाडौँ, साउन २८ गते । शुक्रबारदेखि देशका विभिन्न भागमा परेको अबिरल वर्षका कारण आएको बाढी पहिरोबाट २९ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयका अनुसार सुनसरीमा सात, झापा र सिन्धुलीमा चार÷चार जना, मोरङ, बाँके र पाँचथरमा तीन÷तीन, बारा, सर्लाही, दाङ, पाल्पा, बर्दियामा एक÷एक जना गरी २९ जनाको बाढी पहिरोका कारण मृत्यु भएको छ । […]


श्रम विधेयक २०७४ पारित, औद्योगिक वातावरण बन्ने विश्वास

काठमाडौँ, साउन २७ गते । व्यवस्थापिका–संसद्को आजको बैठकले ‘श्रम विधेयक, २०७४’ लाई सर्वसम्मतिले पारित गरेको छ । श्रम तथा रोजगार मन्त्री फरमुल्लाह मन्सुरले पेस गर्नुभएको उक्त विधेयकलाई आज पारित गरेको हो । श्रम ऐन, २०४८ लाई एकीकरण र संशोधन गर्न आएको विधेयक समय सापेक्ष र व्यावहारिक रहेको, सरकारले तोकेकोभन्दा कम पारिश्रमिक दिन नपाउने, समान कामको […]


कुरीति र परम्पराको अन्त्य गराँै – राष्ट्रपति

काठमाडौँ, साउन २६ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले सबै मिलेर नेपालमा विद्यमान बालविवाह, दाइजो प्रथा, बालश्रम, छाउपडीजस्ता विभिन्न प्रकारका कुरीति र परम्पराको अन्त्य गर्नुपर्ने बताउनुभएको छ । सामुदायिक रेडियो प्रसारक संघ नेपाल र वल्र्ड भिजनले संयुक्तरूपमा शुरु गरेको बालविवाह अन्त्यको अभियानको यहाँ आज शुभारम्भ गर्दै राष्ट्रपति भण्डारीले समाजमा व्याप्त कुप्रथाले देशको समग्र आर्थिक विकासमा नै […]


प्राधिकरणले आयात गर्ने विद्युत्को मूल्य तोकियो; थप विद्युत् आउने

काठमाडौँ, साउन २५ गते । नेपाल विद्युत् प्राधिकरणले भारतबाट आयात गरिरहेको विद्युत्को नयाँ मूल्य निर्धारण गरेको छ । भारतको राजधानी नयाँदिल्लीमा सम्पन्न नेपाल भारत विद्युत् आदानप्रदान समितिको बैठकले न्यूनतम रु ८.८८ देखि अधिकतम रु १०.३२ प्रतियुनिटमा विद्युत् खरिद गर्ने गरी नयाँ मूल्य निर्धारण गरेको हो । नयाँदिल्लीमा रहनुभएका नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले टेलिफोनमा […]


४४ हजार भूकम्पपीडितले अनुदान बुझे पनि घर बनाउन बाँकी; साउन २८ गतेदेखि गाउँ खटिँँदै

गोरखा, साउन २४ गते । ‘गोरखा भूकम्प’ ले घर भत्किएपछि २८ महिनादेखि टहरामा बस्दै आएका दुई नगरपालिका र नौवटा गाउँपालिकाका ४४ हजार भूकम्पपीडितले घर बनाउन सुरु गरेका छैनन् । निर्माण सामग्री (ढुङ्गा, गिट्टी, बालुवा, छड, सिमेन्ट, काठ) को सामान्यतया अभाव नरहे पनि अनुदान लिएको वर्ष दिनसम्म लाभग्राहीले घर नबनाउनाका मुख्य कारण इच्छाशक्ति नहुनु देखिन्छ । […]


१५ हजारको जागिरका लागि भौतारिएका सूर्य मासिक डेढ लाख कमाउँछन्, पाँच जनालाई जागिर

पोखरा। पढाइ सकेपछि जागिर खोज्न निक्कै भौतारिए सूर्यप्रसाद लामिछाने। पोखरा–लेखनाथ महानगरपालिका–३१ बेगनासतालका उनले जति प्रयत्न गरे पनि जागिर पाउन सकेनन्। अन्तत उनी निष्कर्षमा पुगे- मौरी पालन गर्ने। १५ हजार रुपैयाँको जागिर खोज्दै हिँडेका लामिछाने अहिले बेगनास मौरीघार उद्योग सञ्चालन गरी वार्षिक १८ लाख अर्थात मासिक एक लाख ५० हजार रुपैयाँ आम्दानी गर्छन्। उनले ९० वटा […]


मुलुकभर पुग्यो ‘इलामे अलैँची’

राजु शिवा / इलाम, साउन २२ गते । नगदे बालीको खेतीबाट जीवनस्तर उठाइरहेका इलामे किसान देशभरका लागि प्रेरणासमेत बनिरहेका छन । इलामको मुख्य नगदेबाली अलैँचीबाट इलामका किसानको आर्थिक फडरको मारेको देखे/सुनेपछि देशका अन्य जिल्लाबाट इलामका किसानबाट खेती प्रविधि सिक्ने र यहाँ उत्पादन र प्रयोग गरेको बीउ लैजानेको सङरख्या बर्सेनि बढरदै गइरहेको छ । इलामको फिक्कलमा […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter