एक्सक्लुसिभ समाचार

प्रधानमन्त्री देउवाद्वारा शपथ; सात सदस्यीय मन्त्रिपरिषद् गठन; सात सदस्यीय मन्त्रिपरिषद् गठन

काठमाडौँ, जेठ २४ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई राष्ट्रपति कार्यालयमा आज आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ गराउनुभयो । व्यवस्थापिका–संसद्बाट मङ्गलबार नेपाली काँग्रेसका सभापति एवम् संसदीय दलका नेता देउवा चौंथो पटक प्रधानमन्त्री निर्वाचित हुनुभएको हो । उहाँले कुल उपस्थित ५५८ मतमध्ये ३८८ मत प्राप्त गर्नुभएको थियो । यसअघि उहाँ विसं […]


नेपालको ४०औँ प्रधानमन्त्रीमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा निर्वाचित; नवनिर्वाचित प्रधानमन्त्री देउवाको जीवनी

काठमाडौँ, जेठ २३ गते । व्यवस्थापिका–संसद्ले आज नेपालको ४०औँ प्रधानमन्त्रीमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई निर्वाचित गरेको छ । संसद्को आजको दोस्रो बैठकमा भएको नयाँ प्रधानमन्त्री चयनको निर्वाचनमा सो पदका एक मात्र उम्मेदवार देउवाले ३८८ मत प्राप्त गरी निर्वाचित हुनुभएको हो । उहाँको विपक्षमा १७० मत परेको थियो । एक मात्र उम्मेदवार भए पनि प्रधानमन्त्री […]


प्रधानमन्त्री निर्र्वाचन हुने, एमालेले सदन अवरोध नगर्ने

काठमाडौँ, जेठ २२ गते । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई मुलुकको प्रधानमन्त्री हुने बाटो खुलेको छ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) व्यवस्थापिका–संसद्को अवरोध खोल्न सहमत भएपछि प्रधानमन्त्रीको निर्वाचन हुने भएको छ । सभामुख ओनसरी घर्ती मगरको पहलमा आज सिंहदरबारमा बसेको प्रमुख तीन दलको बैठकमा एमालेका नेताहरुले संसद् बैठक अवरोध नगर्ने बताएका थिए । बैठकपछि […]


प्रधानमन्त्री चयन प्रक्रिया स¥यो; प्रधानमन्त्री चयन मङ्गलबारमात्र

काठमाडौँ, जेठ २१ गते । व्यवस्थापिका–संसद्मा स्पष्ट बहुमत भएपनि सदन नचल्दा आज नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुनबाट रोकिनुभएको छ । प्रमुख दलबीच सहमति जुटाउने भन्दै संसद्को बैठक यही जेठ २३ गते १३.०० बजेसम्मका लागि स्थगित भएपछि प्रधानमन्त्रीको निर्वाचन प्रक्रिया पर सरेको हो । सभामुख ओनसरी घर्तीको पहलमा प्रमुख तीन दलका शीर्ष नेताको बैठक […]


प्रधानमन्त्री निर्वाचनको प्रक्रिया; सभापति देउवा चांैथोपटक प्रधानमन्त्री बन्दै

काठमाडौँ, जेठ २० गते । प्रधानमन्त्री पुष्पकमल दाहालले पदबाट राजीनामा दिएपछि व्यवस्थापिका–संसद् सचिवालयले नयाँ प्रधानमन्त्रीको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । कार्यतालिकाअनुसार आज जेठ २० गते बिहान ११ देखि ४ बजेसम्म प्रधानमन्त्री पदका लागि उम्मेदवारी दर्ता भएको छ भने भोलि जेठ २१ गते निर्वाचन हुनेछ । नेपालको संविधानको धारा २९८ को उपधारा (३) र संसद् […]


नयाँ प्रधानमन्त्रीको निर्वाचन जेठ २१ गते

प्रकाश सिलवाल / काठमाडौँ, जेठ १९ गते । नयाँ प्रधानमन्त्री चयनका लागि यही जेठ २१ गते बिहान ११ बजे व्यवस्थापिका–संसद्मा निर्वाचन हुने कार्यतालिका सार्वजनिक भएको छ । सभामुख ओनसरी घर्तीले आज राजनीतिक दलका नेताहरुसँगको छलफल र कार्यव्यवस्था परामर्श समितिको बैठकपछि सो दिनका लागि निर्वाचनको मिति तोक्नुभएको हो । प्रधानमन्त्री पुष्ष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली काँग्रेससँगको […]


काठमाडौं महानगरको निर्णयः सूर्योदय अगावै फोहोर विर्सजन, सार्वजनिक स्थलमा फ्री वाईफाई

काठमाडौं, जेठ १७ काठमाडौं महानगरपालिकाको पहिलो नगरकार्यपालिकाको बैठकले सूर्योदय अगावै महानगरको फोहोर विर्सजन गर्ने निर्णय गरेको छ । मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्कीले पदभार सम्हालेपछि नगरकार्यपालिकाको बैठक बसेको थियो । बैठकले ११ बुँदे निर्णय गरेको छ, जसमा क्लिन सिटी अभियान चलाउने मेयरको पहिलो निर्णय पनि समावेश छ । साथै नेपालीसँगै नेपाल भाषालाई महानगरको […]


सिंहदरबार अब स्थानीय तहमा

डम्बरजंग डाँगी / काठामाडौँ, जेठ १६ गते । चालू आर्थिक वर्षको बजेटले संविधानमा उल्लेख भएका स्थानीय तहका अधिकार र जिम्मेवारी सम्पादन गर्न ठूलो मात्रामा स्रोत साधन विनियोजन गरेको छ । भर्खरै स्थानीय तहको पुनः संरचना भई स्थानीय तहका ७४४ एकाइ बनेको र तीमध्ये २८३ एकाइमा निर्वाचन सम्पन्न भई जनप्रतिनिधिले कार्यभार लिइसकेको तथा बाँकी ४६१ एकाइ […]


आगामी आर्थिक वर्षका लागि १२ खर्ब ७८ अर्ब ९९ करोडको बजेट

काठमाडौँ, जेठ १५ गते । सरकारले आगामी आर्थिक वर्षका लागि रु १२ खर्ब ७८ अर्ब ९९ करोड ४८ लाख ५५ हजारका राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गरेको छ । व्यवस्थापिका–संसद्को आजको बैठकमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले आव २०७४/७५ का लागि उक्त रकमको बजेट प्रस्तुत गरेका हुन। विनियोजित रकममध्ये र आठ खर्ब तीन […]


भूकम्पबाट क्षतिग्रस्त आठ लाखमध्ये चौवालिस हजार घरको पुनःनिर्माण सुरु

काठमाडौँ, जेठ १४ गते । भूकम्पले क्षति भएका आठ लाखमध्ये ४४ हजार ४५७ घरको पुनःनिर्माण सुरु भएको छ । अर्थ मन्त्रालयले आज सार्वजनिक गरेको आर्थिक सर्वेक्षण आव २०७३÷७४ मा १७ हजार २४० लाभग्राहीले आफ्नो घर आफैँ निर्माण गरेको उल्लेख छ । पहिलो किस्ताको रु ५० हजार लिएका पाँच लाख ३३ हजार ६९१ लाभग्राहीमध्ये २५ हजार […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter