एक्सक्लुसिभ समाचार

सिंह र अर्याल महानिरीक्षकमा नियुक्त

मित्र भण्डारी / काठमाडौं, वैशाख १८ गते । सरकारले नेपाल प्रहरीको २९ औँ महानिरीक्षक पदमा धीरजप्रताप सिंहलाई नियुक्त गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक सिंहलाई प्रहरी महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको हो । यसैगरी, आजै बसेको मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बल नेपालको महानिरीक्षक पदमा सशस्त्र प्रहरी अतिरित्त महानिरीक्षक राजु अर्याललाई नियुक्त […]


निर्वाचन आयोगको अनुगमन टोलीद्वारा निर्वाचन सामग्री जफत; ४९ जिल्लाका लागि ९१ लाख ११ हजार मतपत्र ढुवानी

काठमाडौंं, वैशाख १७ गते । निर्वाचन आयोगको अनुगमन टोलीले काठमाडौंको केही ठाउँमा स्थलगत अनुगमन गरी राजनीतिक दलको झण्डा तथा निर्वाचन आचारसंहिता प्रतिकूल हुने सामग्री जफत गरेको छ । आयोगका शाखा अधिकृत सुरज पोखरेलको नेतृत्वमा गएको टोलीले सो चुनावी सामग्री जफत गरेको हो । आयोगका सहसचिव तथा प्रवक्ता शालिग्राम शर्मा पौडेलकाअनुसार आयोगको अनुगमन टोलीले काठमाडौंको रत्नपार्क, […]


गभर्नर मुद्दामा अन्तरिम आदेशलाई निरन्तरता

काठमाडौं, वैशाख १६ गते। सर्वोच्च अदालतले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि छानबिन गर्ने र निलम्बन गर्ने सरकारको निर्णयविरुद्ध अन्तरिम आदेशलाई निरन्तरता दिएको छ। अदालतले अन्तरिम आदेशलाई निरन्तता दिने निर्णय गरेर गर्भनर अधिकारीलाई काम गर्ने बाटो खुलेको छ। न्यायाधीश सपना प्रधान मल्ल र टङ्कबहादुर मोक्तानको संयुक्त इजलासले शुक्रबार जाँचबुझ समिति गठन गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न […]


गौतमबुद्ध विमानस्थलमा वाइडबडीको सफल अवतरण

भैरहवा, वैशाख १५ गते। भैरहवा स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल वायुसेवा निगमको वाइडबडी ए–३३० जहाजले सफल अवतरण गरेको छ। मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा रहेको यो विमानस्थलमा पहिलो पटक राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी जहाजले बिहीबार साँझ सफल अवतरण गरेको हो। काठमाडौस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पर्यटनमन्त्री प्रेम आलेको नेतृत्वमा भएको परीक्षण […]


सातामा दुई दिन बिदा दिने सरकारकाे निर्णय; व्यापार घाटा मासिक १० प्रतिशतले घट्छ

काठमाडौं, वैशाख १४ गते । नेपाल सरकारले परीक्षणको रुपमा सातामा दुई दिन साप्ताहिक बिदा दिने निर्णय गरेको छ। मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले परीक्षणका रुपमा सातामा दुई दिने साप्ताहिक बिदा दिने निर्णय गरेको जानकारी दिनुभएको हो। मङ्गलबारको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न बुधबार […]


विश्वकप लिग–२ मा नेपालको पहिलो खेल ओमानसँग

काठमाडौँ, वैशाख १३ गते । नेपालले आईसीसी विश्वकप लिग–२ अन्तर्गत आगामी जुनमा अमेरिकामा हुने अमेरिका र ओमानसँगको त्रिदेशीय सिरिजको पहिलो खेल ओमानसँग खेल्ने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले मङ्गलबार सार्वजनिक गरेको तालिका अनुसार नेपालले सिरिजको पहिलो खेल जुन ९ तारिख ओमानसँग खेल्नेछ । नेपालले दोस्रो खेल अमेरिकाविरुद्ध जुन ११, तेस्रो खेल ओमानविरुद्ध […]


देशभर एक लाख ४ हजार १२३ जनाको उम्मेदवारी दर्ता; ८० प्रतिशत मतपत्र छपाइ सम्पन्न

काठमाडौं, वैशाख १२ गते। वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि सोमबार साँझसम्म एक लाख ४ हजार १२३ जनाले उम्मेदवारी दर्ता गरेका छन्। निर्वाचन आयोगले आइतबार र सोमबार दुई दिन मनोनयन दर्ताका लागि समय दिएको थियो। निर्वाचन आयोगका अनुसार महानगर, उपमहानगर र नगरपालिकाका प्रमुख पदमा २ हजार ७४४ र उपप्रमुख पदमा १ हजार ६९९ […]


सफा हिमाल अभियान : सेनाका चार टोली आधार शिविरमा

काठमाडौँ, वैशाख ११ गते। सफा हिमाल अभियान-२०२२ अन्तर्गत सफा हिमाल अभियानमा खटिएका नेपाली सेना तथा सहायक चार टोली आधार शिविर पुगेको छन्। सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार चारवटा फरक-फरक टोली सगरमाथा, ल्होत्से, कञ्चनजंघा र मनास्लुका हिमालका आधार शिविर (वेशक्याम्प) मा पुगेका हुन्। नेपाली सेनाको अगुवाइमा यसवर्ष चार वटा हिमालको फोहर सङ्कलन हुँदैछ। सफाइ अभियानअन्तर्गत […]


मनोनयन दर्ता व्यवस्थित र शान्तिपूर्ण बनाउन अपिल

काठमाडौं, वैशाख १० गते । स्थानीय तह सदस्य निर्वाचनका लागि आइतबार र सोमबार हुने मनोनयन दर्तालाई व्यवस्थित र शान्तिपूर्ण ढङ्गले सम्पन्न गर्न गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय तथा सम्बद्ध सबैमा अपिल गरेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलद्वारा शनिबार जारी गरिएको विज्ञप्तीमार्फत सो अपिल गरिएको हो । कानून बमोजिमको […]


उम्मेदवार हुन चाहने व्यक्तिको बन्दसूचीबाट नाम हटाउन आयोगको आग्रह

काठमाडौं, वैशाख ९ गते । प्रतिनिधि सभा सदस्य निर्वाचन वा प्रदेश सभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्पmको उम्मेदवारको बन्दसूचीमा नाम कायम रहेको व्यक्ति आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा उम्मेदवार हुन चाहेमा वैशाख १० गते भित्र प्रक्रिया पु-याई बन्दसूचीबाट नाम हटाउन निर्वाचन आयोगले आग्रह गरेको छ । आयोगले शुक्रबार विज्ञप्ती जारी गर्दै सो […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter