
काठमाडौं, वैशाख ८ गते । पेट्रोलियम पदार्थ प्रयोग हुने सवारीसाधनको विकल्प खोज्नुपर्ने विचार लामो समयदेखि देशभित्र उठ्दै आए पनि वास्तविकतामा परिणत हुनसकेको थिएन । नीति, नियम र कार्यक्रम बन्ने तर कार्यान्वयन नहुने अवस्था नेपालका लागि नयाँ नभएर चर्चामा मात्रै सीमित हुँदै आए पनि विद्युतीय सवारीसाधनको उत्पादन र त्यसलाई प्रयोगमा ल्याउने उद्देश्यका साथ नेपाल विज्ञान तथा […]

काठमाडौं, वैशाख ७ गते । निर्वाचन आयोगले राजनीतिक दल र उम्मेदवारको निर्वाचन चिन्ह अङ्कित ज्याकेट, कमिज, भेष्ट, टिसर्ट, टोपी वा क्याप, गम्छा, मास्क, लकेट वा अन्य कुनै किसिमको पहिरन वा स्टीकर, लोगो, झोला, व्याच, ट्याटुजस्ता साङ्केतिक प्रचार प्रसार सामग्री उत्पादन तथा विक्री वितरण गर्ने कार्य तत्काल बन्द गर्न सम्बद्ध सबैमा आव्हान गरेको छ । आयोगले […]

काठमाडौं, वैशाख ६ गते। खानेपानी मन्त्री उमाकान्त चौधरीले यही वैशाख ११ गतेदेखि काठमाडौँ उपत्यकावासीका धारामा मेलम्चीको पानी वितरण गर्न निर्देशन दिनुभएको छ। पानी प्रशोधनलगायत तयारीका काम गर्न मेलम्ची आयोजनासहित सरोकारवाला निकायलाई उहाँले निर्देशन दिनुभएको हो। सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित मेलम्चीको मुहानबाट गत चैत ३० गते सुरुङमा हालिएको पानी सोमबार राति सुन्दरीजलमा आइपुगेपछि आज प्रशोधन केन्द्रमै गएर […]

लक्की चौधरी / काठमाडौं, वैशाख ५ गते । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन आफ्नै स्रोत साधनले सम्पन्न गर्ने बताएको छ । यसअघिजस्तो विदेशी दातृ संस्थाबाट निर्वाचन प्रयोजनका लागि सहयोग प्रतिवद्धता नआएपछि आयोगले आफ्नै आर्थिक स्रोतमा निर्वाचन सम्पन्न गर्ने बताएको हो । आयोगमा भएको सोमबारको नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता तथा सहसचिव शालिग्राम शर्मा पौडेलले अहिलेसम्म […]

काठमाडौँ, वैशाख ४ गते ।चालू आर्थिक वर्ष पूरा हुन तीन महिना बाँकी रहँदा पनि पुँजीगत खर्च एक तिहाइ पनि हुन सकेको छैन । आव २०७८/७९ को नौ महिना पूरा भइसक्दा लक्ष्यको २७.४५ प्रतिशत मात्रै पुँजीगत खर्च भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ । चैतसम्मको पुँजीगत खर्च एक खर्ब तीन अर्ब ७८ करोड रुपियाँ मात्र खर्च […]

राजकुमार भट्टराई / खोटाङ, वैशाख ३ गते। केही समय अघिसम्म बनमारा, ऐँसेलु र घँगरु घारी रहेको जग्गामा अहिले खनजोत गरेर खेती गर्न सुरु गरिएको छ। ४० वर्ष बाँझो बसेको यो जग्गाले अहिले मुहार फेरेको हो। जिल्लाको हलेसी तुवाचुङ नगरपालिका-५ दुर्छिम चुरीढाँडमा पर्ने यो ठाउँमा करीब ४०/४१ वर्ष अघि मकै, कोदो, फापर, तोरी लगायतका बाली लगाइनेगरेको […]

काठमाडौं, वैशाख २ गते । सरकारले संयुक्त राज्य अमेरिकाको विकासका लागि सहयोग निकाय (युएसएआईडी)ले दिने ७९ अर्ब ७१ करोड अनुदान सहायता स्वीकार गरेको छ । चैत ३० गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्नुहुँदै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले सो जानकारी दिनुभएको हो । उहाँले अमेरिकाको अन्तर्राष्ट्रिय विकासका लागि सहयोग निकाय युएसएआईडीबाट प्राप्त हुने छ सय […]

काठमाडौं, वैशाख १ गते । स्थानीय तह निर्वाचनको तयारी अन्तिम चरणमा पुगेकाबेला निर्वाचनका सम्वन्धमा संशय व्यक्त गर्ने अभिव्यक्तिहरु नदिन निर्वाचन आयोगले ध्यानाकर्षण गराएको छ । आयोगले विहीबार नियमित पत्रकार भेटघाट मार्फत् सम्बद्ध पक्षको ध्यानाकर्षण गराएको हो । ”राजनीतिक दलका जिम्मेवार नेता एवं कार्यकर्ताबाट निर्वाचनका विषयमा संशय हुनेखालका अभिव्यक्ति नदिनु हुन सरोकारवाला सवैलाई आयोग आग्रह गर्दछ“ […]

काठमाडौं, चैत ३० गते । व्यक्तिगत श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने व्यक्तिले बिहीबारदेखि स्वघोषणापत्र अनिवार्यरूपमा भर्नुपर्ने भएको छ । भिजिट भिसा तथा व्यक्तिगत श्रम स्वीकृतिमा जाने अधिकांश नेपाली विदेशमा अलपत्र पर्न थालेपछि सरकारले स्वघोषणापत्र अनिवार्यरूपमा भर्नुपर्ने व्यवस्था गरेको हो । वैदेशिक रोजगारीका नाममा भिजिट भिसा र व्यक्तिगत श्रम स्वीकृति लिएर गएका व्यक्ति अलपत्र पर्ने, […]

काठमाडौं, चैत २९ गते । निर्वाचन आयोगले राजनीतिक दल तथा सम्बद्ध सबैमा निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न पुनः ध्यानाकर्षण गराएको छ । आयोगका प्रवक्ता तथा सहसचिव शालिग्राम शर्मा पौडेलले मंगलबार विज्ञप्ती सार्वजनिक गर्नुहुँदै सो ध्यानाकर्षण गराउनुभएको हो । “निर्वाचन आचारसंहिता २०७८ प्रति सवै राजनीतिक दलले प्रतिबद्धता जनाएको हँुदा पार्टीको झण्डा र चुनाव चिन्ह तोकिएको आकारभन्दा […]