एक्सक्लुसिभ समाचार

सरकारको इन्धन खर्च कटौती गर्ने प्रस्ताव मन्त्रिपरिषदमा; गभर्नरमाथिको छानबिन जायज भएको अर्थमन्त्रीको दाबी

काठमाडौं, चैत २८ गते । अर्थ मन्त्रालयले पेट्रोलियम पदार्थ व्यवस्थापनका लागि सरकारी सुविधाको इन्धन खर्च कटौती गर्ने भएको छ । सोमबार पत्रकार सम्मेलनमार्फत अर्थमन्त्री जनार्दन शर्माले सरकारी सुविधाको इन्धन खर्च २० प्रतिशत कटौती गर्ने प्रस्ताव मन्त्रिपरिषदमा पठाएको जानकारी दिनुभयो । ‘वर्तमान अवस्थालाई मनन् गरि सरकारी निकाय सुविधाबाटको इन्धन खर्च घटाइ शान्ति सुरक्षा, निर्वाचन, विकास आयोजना […]


एमालेका पूर्वअर्थमन्त्रीको सरकारलाई ध्यानाकर्षण

काठमाडौं, चैत २७ गते। पूर्वअर्थमन्त्रीत्रयले आर्थिक स्थायित्व, विकास र सुशासनमा जोड दिन सरकारको ध्यानाकर्षण गराउनुभएको छ। आइतबार पत्रकार सम्मेलन आयोजना गरेर पूर्वअर्थमन्त्रीहरु विष्णुप्रसाद पौडेल, सुरेन्द्र पाण्डे र डा युवराज खतिवडाले मुलुकको अर्थतन्त्रको खस्किन नदिन सरकारको ध्यानाकर्षण बताउनुभएको हो। उहाँहरुको वक्तव्यमा बाह्य क्षेत्र सन्तुलन सङ्कटग्रस्त हुँदै गएको, यो आर्थिक वर्ष देशको आयात अनियन्त्रितरुपमा बढेर आठ महिनामा […]


निर्वाचन आचारसंहिता : के गर्न पाइन्छ ? के गर्न पाइँदैन ?

नारायण न्यौपाने / काठमाडौं, चैत २६ गते । निर्वाचन आयोगले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, मितव्ययी र भयरहित तुल्याउन निर्वाचन आचारसंहितको प्रभावकारी कार्यान्वयनमा जोड दिँदै आएको छ । आगामी वैशाख ३० गते शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि राजनीतिक दल र सरोकारवाला पक्षसँग छलफलका आधारमा तयार गरिएको निर्वाचन आचारसंहिता हिजोदेखि लागू भइसेको छ । आचारसंहितामा निर्वाचनको […]


राष्ट्र बैंकका गभर्नर अधिकारी निलम्बित

काठमाडौं, चैत २५ गते। सरकारले नेपाल राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारीलाई केन्द्रीय बैंकको उद्देश्यअनुसार तोकिएको जिम्मेवारी पूरा नगरेको भन्दै निलम्बन गरेको छ। गभर्नर अधिकारीलाई बिहीबार निलम्बनको पत्र बुझाएर अर्थमन्त्रालयले डेपुटी गभर्नर नीलम ढुङ्गानालाई निमित्त गभर्नरको जिम्मेवारी तोकेको हो। मन्त्रिपरिषद्को बिहीबारको बैठकले राष्ट्र बैैंकको संवेदनशील सूचना चुहाएकाले गभर्नर अधिकारीमाथि छानबिन गर्ने निर्णय गरेसँगै उहाँ स्वतः निलम्बनमा […]


चुनौती देखिए पनि श्रीलङ्काको जस्तो अवस्था होइन : अर्थ मन्त्रालय

विष्णु पाण्डेय / काठमाडौं, चैत्र २४ गते । विदेशी मुद्रा सञ्चिति घट्दो र शोधान्तर घाटा बढ्दो स्थितिले अर्थतन्त्रमा जोखिम बढेको छ । पछिल्लो समय आयात बढ्दो र निर्यात घट्दो अवस्था रहेपछि सरकारले अर्थतन्त्र जोखिममा रहेको बताउँदै आएको हाे। अर्थ मन्त्रालयका प्रवक्ता ढुण्डीप्रसाद निरौलाले पछिल्लो समय विलासिताका वस्तुको आयात बढेको र निर्यात कम भएकाले यस्तो स्थिति […]


नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

काठमाडौं, चैत २३ गते। सन २०२२ मा नेपालको आर्थिक वृद्धिदर ३ दशमलव ९ प्रतिशत हुने एसियाली विकास बैंकले प्रक्षेपण गरेको छ। बुधबार एसियन डेभलपमेन्ट आउटलुक २०२२ सार्वजनिक गर्दै एडीबीले नेपालको आर्थिक वृद्धिदर ३ दशमलव ९ प्रतिशत हुने प्रक्षेपण गरेको हो। एडीबीका अनुसार सन् २०२१ मा नेपालको आर्थिक वृद्धिदर २ दशमलव १ प्रतिशतले ऋणात्मक रहेको थियाे। […]


पर्यटक आगमन बढ्दै, शरद ऋतुबाट पुरानै अवस्थामा फर्कने सम्भावना

छेटु शेर्पा / काठमाडौं, चैत २२ गते । यस महिना कोरोना महामारीपछिकै उच्च सङ्ख्यामा विदेशी पर्यटक नेपाल भित्रिएका छन् । मार्च महिनामा मात्र ४२ हजार छ जना पर्यटक नेपाल भित्रिएको अध्यागमन विभागले तथ्याङ्क सार्वजनिक गरेको छ । यो तथ्याङ्क गतवर्षको तुलनामा १८०.४७ प्रतिशतले वृद्धि भएको नेपाल पर्यटन बोर्डले जनाएको छ । गतवर्षको मार्च महिनामा १४ […]


त्रिदेशीय टी–२० सिरिजमा नेपाल च्याम्पियन

काठमाडौँ, चैत २१ गते । मध्यक्रमका ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरीले अलराउन्डर प्रदर्शन गरेपछि नेपाल त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा च्याम्पियन बनेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा सोमबार भएको फाइनल खेलमा पपुवा न्युगिनी (पीएनजी) लाई ५० ले हराउँदै नेपाल च्याम्पियन बनेको हो । नेपाल, पीएनजी र मलेसिया तीनदेश सम्मिलित सिरिजमा नेपालले अपराजित रहँदै उपाधि जितेको हो । […]


तीन दिने भारत भ्रमण पूरा गरी प्रधानमन्त्री देउवा स्वदेश फिर्ता; वाराणसीमा नेपालले बनाउन लागेकाे वृद्धाश्रम शिलान्यास

काठमाडौं, चैत २० गते । प्रधानमन्त्री शेरबहादुर देउवा छिमेकी मुलुक भारतको तीन दिने भ्रमण पश्चात् आइतबार साँझ काठमाडौं आइपुग्नुभएको छ । आज अपरान्ह भारतको धार्मिक नगरी वराणसी पुग्नुभएको प्रधानमन्त्री देउवाको टोली नयाँ दिल्ली हुँदै काठमाडौं आइपुग्नुभएको हो । उहाँलाइ विमानस्थलमा कार्यवाहक प्रधानमन्त्री तथा गृहमन्त्री बालकृष्ण खाँड लगायतका पदाधिकारीले स्वागत गर्नु भएकाे थियाे प्रधानमन्त्री देउवा पत्नी […]


हैदराबाद हाउसमा नेपाल भारतबीच चार वटा सम्झौता पत्रमा हस्ताक्षर

काठमाडौं, चैत १९ गते । नयाँदिल्लीस्थित हैदराबाद हाउसमा नेपाल भारतबीच चार वटा सम्झौतापत्रमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको तीनदिने भारत भ्रमणका क्रममा शनिबार नेपाल र भारतबीच चार वटा सम्झौतापत्रमा हस्ताक्षर भएको हो । हैदराबाद हाउसमा प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा दुई देशका प्रतिनिधिमण्डलबीच उक्त सम्झौतमाहस्ताक्षर भएको हो । नेपाल र […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter