एक्सक्लुसिभ समाचार

संसदबाट एमसीसी सम्झौता अनुमोदन, अर्को बैठक बुधबार बस्ने

काठमाडौं, फागुन १५ गते । प्रतिनिधिसभाको दोस्रो बैकले कुनै पनि सैन्य गठबन्धनमा आवद्ध नहुने घोषणासँगै अमेरिकी सहयोग परियोजना मिलेनियन च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता अनुमोदन गरेको छ । आइतबार बसेको प्रतिनिधिसभाको दोस्रो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसी सम्झौताबारे उठेका प्रश्नहरुलाई समेटेर १२ बुँदे व्याख्यात्मक घोषणा प्रस्ताव गर्नुभएको थियो । उक्त व्याख्यात्मक घोषणा प्रस्तावलाई संसदले एमसीसीसँगै अनुमोदन […]


लाङटाङ र गोसाइँकुण्ड पदमार्गमा आउन थाले पर्यटक

रसुवा, फागुन १४ गते । कोरोनाभाइरस सङ्क्रमणको जोखिमका कारण सुनसान रहेको लाङटाङ र गोसाइँकुण्ड पदमार्गमा छिटफुट विदेशी पर्यटक देखिन थालेका छन् । कोरोना सङ्क्रमणको जोखिम कम हुँदै गएको र यस क्षेत्रमा हुने अत्यधिक चिसोपनमा कमी आएसँगै लाङटाङ र गोसाइँकुण्ड पदमार्गमा आन्तरिक एवं बाह्य पर्यटक आउन थालेका हुन् । पदयात्रीको आगमन सुरू भएसँगै हिमपातका कारण उच्च भागमा […]


प्रतिवेदन तयार हुँदै, हिउँ पग्लिएर पनि माटो बग्ने खतरा छ : विज्ञ

विष्णु पाण्डेय / काठमाडौं, फागुन १३ गते । गत असार १ गते आएको बाढीले मेलम्ची खानेपानी आयोजनामा पुर्याएको क्षति र त्यहाँको भौगर्भिक अध्ययन गर्न गएको एडिविको टोलीले त्यहाँको अध्ययन गर्न एक महिना अघि टोली भेमान्थाङ् गएको थियो । उक्त टोलीले त्यहाँको भौगर्भिक अध्ययन गरेर फर्किएको थियो । मेलम्ची खानेपाननी आयोजनाले भने यहि चैत्र अन्तिम साता […]


नेपालबाट थप बिजुली किन्न भारत सहमत

काठमाडौं, फागुन १२ गते । नेपाल र भारतको संयुक्त लगानीमा निर्माण गरिने जलविद्युत् आयोजनाको सम्बन्धमा अध्ययन गर्न संयुक्त कार्यदल बनाउने सहमति भएको छ । कार्यदलमा दुवै देशका बढीमा तीन–तीन सदस्य रहनेछन् । भारतका तर्फबाट नेपालको कुनै एक ठूलो आयोजना संयुक्तरूपमा निर्माण गर्ने प्रस्ताव गरेको छ । त्यसका लागि सरकारीस्तरमा संयुक्त लगानीका कम्पनी स्थापना हुनेछ । […]


शिवरात्रिमा भक्तजनलाई समस्या हुन नदिन मन्त्री आलेको निर्देशन

काठमाडौं, फागुन ११ गते। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले महाशिवरात्रिको समयमा पशुपतिनाथमा देश विदेशबाट आउने भक्तजनलाई कुनै पनि कुराको समस्या हुन नदिन निर्देशन दिनुभएको छ। पशुपति क्षेत्र विकास कोषका अध्यक्षसमेत रहनुभएका मन्त्री आलेले आज कोषका पदाधिकारीलाई पशुपतिमा आउने भक्तजनका लागि आवश्यक पर्ने सम्पूर्ण कुरा पूरा गर्न निर्देशन दिनुभयो। ‘भव्य र सव्यरुपमा महा शिवरात्रि […]


नयाँ घर ठडिएपछि बारपाकको स्वरुप फेरियो

नरेन्द्र ढकाल / गोरखा, फागुन १० गते । भूकम्प गएको ६ वर्ष बित्न लाग्दा भूकम्पले ढलेका अधिकांश घर ठडिएका छन् । पहिले झुप्राझाप्री भएको ठाउँमा पक्की घर बनेपछि बारपाक शहरजस्तै देखिने गरेको छ । भूकम्पको केन्द्रबिन्दु बारपाक अहिले ठूलो शहरजस्तै देखिन्छ । अग्ला आरसीसी बिल्डिङ ठडिएका छन् । भूकम्पपछि केन्द्रबिन्दु बारपाकको स्वरुप नै फेरिएको स्थानीयको […]


नेपाली अर्गानिक कफी र चियाको माग अमेरिकी बजारमा बढ्दो

वासिङ्टन डिसी, फागुन ९ गते । अमेरिकाको न्यूयोर्कमा आयोजित १५औँ कफी तथा चिया महोत्सवमा नेपाली चिया उत्पादक कम्पनीले सहभागिता जनाएका छन् । शनिबार र आइतबार न्यूयोर्कको ब्रुक्लिन एक्स्पो सेन्टरमा आयोजित महोत्सवमा नेपाली कम्पनी ‘नेपाली टी’ र ‘नेपाली कफी ८८४८’ ले सहभागिता जनाएका थिए । ती चिया पसलमा पुगेर नेपाली चिया र कफीको स्वाद लिने उपभोक्ता […]


कार्यान्वयनमा जाने भयो ५० लाख घरधुरी लाभान्वित हुने परियोजना

काठमाडौँ,फागुन ८ गते । कूल दुई करोड ३० लाख १० हजार नागरिकले प्रत्यक्ष रुपमा प्रतिफल प्राप्त गर्ने विद्युत् प्रसारण लाइन तथा सडक पूर्वाधारसँग जोडिएको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता अगाडि बढ्ने भएको छ। कार्यान्वयन सुरु भएको पाँच वर्षभित्र परियोजना सम्पन्न हुँदा त्यसबाट करिब ५० लाख घरधुरी प्रत्यक्ष रुपमा लाभान्वित हुनेछन्। काठमाडौँको नाङ्लेभारेबाट सुरु हुने र […]


फिलिपिन्समाथि नेपालको शानदार जित

काठमाडौँ, फाल्गुन ७ गते । ओपनर ब्याट्सम्यान कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरी चम्किएपछि नेपालले आईसीसी टी–२० विश्वकप ग्लोबल छनोटको दोस्रो खेलमा फिलिपिन्समाथि शानदार जित निकालेको छ । ओमानको अल अमेरात क्रिकेट मैदानमा शनिबार भएको खेलमा नेपालले फिलिपिन्सलाई एक सय ३६ रनले हरायो । जितका लागि दुई सय १९ रनको विशाल लक्ष्य पछ्याएको फिलिपिन्स निर्धारित २० […]


मन्‍त्रिपरिषद्‍ निर्णय : विश्व बैंकको दुई अर्ब बढी ऋण स्वीकृत; कर्डफ्लु प्रभावित क्षेत्र घोषणा

काठमाडौं, फागुन ६ गते। सरकारले विश्व बैंकबाट प्राप्त १८ मिलियन अमेरिकी डलर (२ अर्ब १४ कराेड रुपियाँ) ऋण सहायता स्वीकृत गर्ने निर्णय गरेको छ। सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले कोभिड–१९ आकस्मिक प्रतिकार्य तथा जनस्वास्थ्य जोखिमको पूर्वतयारी परियोजनाका लागि विश्व बैंकबाट प्राप्त हुने २ अर्ब १४ कराेड […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter