
काठमाडौँ, २५ फागुन । विश्वभरमै दृष्टिविहीन गराउने प्रमुख रोगमध्ये यो दोदोस्राेमा पर्दछ । आँखाको गेडीभित्र मध्यभागमा एक प्रकारको पानी जस्तो तरल पदार्थ (एकयुस ह्युमर) उत्पन्न भइरहन्छ । यदि एक्युसको उत्पादन मात्रा बढी भयो वा प्रवाह तथा निकास मार्गमा कुनै अवरोध भएका निकास हुन नसकेको तरल पर्दाथ आँखाको गेडीभित्र नै थुनिएर आँखा भित्रको चापमा वृद्धि भएर […]

सीता शर्मा / काठमाडौँ, फागुन २४ गते । स्थानीय तहको निर्वाचनमा प्रमुख पदमा महिलाका लागि ५० प्रतिशत स्थान सुरक्षित गर्नुपर्ने माग महिला नेत्रीहरूको छ । सरकारले वैशाख ३० गते स्थानीय तहको निर्वाचन घोषणा गरिसकेको अवस्थामा महिला नेत्री तथा आयोग पदाधिकारीहरूले यस्तो आवाज उठाउनुभएको हो । नेपाली काँग्रेसकी नेत्री पुष्पा भुसालले स्थानीय निर्वाचनमा महिलाको अर्थपूर्ण सहभागिता […]

गलेश्वर, फागुन २३ गते । सामान्यतया चैत वैशाखमा फुल्ने लालीगुराँस यस वर्ष साविकभन्दा पहिले नै फुलेर जङ्गल नै राताम्ये भएपछि लालीगुराँससँग रमाउन आन्तरिक पर्यटक लेक उक्लन थालेका छन् । यस वर्ष पुसदेखि नै लालीगुराँस फुलेर म्याग्दीका ग्रामीण जङ्गल राता देखिन थालेका छन् भने काफल र ऐँसेलुजस्ता जङ्गली फल पनि बेमौसममै फल्न सुरु भएको छ । […]

छेटु शेर्पा / काठमाडौं, फागुन २२ गते । कोभिड–१९ महामारीले विश्वभर प्रभावित बनेको पर्यटन क्षेत्रको थप सुधारका लागि रिकभरी योजना अझै बन्न सकेको छैन । कोभिड–१९ सङ्क्रमणको दर कम भएसँगै स्वास्थ्य मापदण्डसमेत खुकुलो भएको छ । तर पर्यटन रिकभरीका नयाँ योजनाहरु बन्न नसक्दा पर्यटन क्षेत्र पुरानै गतिमा फर्कन अझै समय लाग्ने देखिएको छ । संस्कृति, […]

हरिप्रसाद कोइराला / उर्लाबारी, फागुन २१ गते । मोरङको सुनवर्षी–१ केचनाका गणेश तुर्छा (राई) यतिबेला ३ विघा जमिनबाट वार्षिक ३० लाख रुपियाँ कमाउने कृषि उद्यममा लाग्नुभएको छ । प्रति विघा मुस्किलले ६० मन धान फल्ने ३ बिगाहा खेतमा उहाँले ड्रागन फ्रुटको व्यावसायिक खेती सुरु गर्नुभएको हो । सुरुमा परीक्षणको रुपमा १०÷१५ वटा विरुवा लगाएर खेती […]

काठमाडौं, फागुन २० गते। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग परीक्षणका लागि भइरहेको यान्त्रिक परीक्षण उडान अर्थात् ‘क्यालिब्रेशन फ्लाइट’ सम्पन्न भएको छ। बिहीबार र शुक्रबार दुई दिन भएको उक्त फ्लाइटका कारण अन्य उडान भने नियमित हुनसकेका थिएनन्। आज पनि दुई घण्टा उक्त क्यालिब्रेशन फ्लाइट भएको थियो। उक्त उडानका कारण आज पनि दुई घण्टा उडान र अवतरण हुनसकेको […]

कैलाश लामा / दोलखा, फागुन १९ गते । डोको, डालो, थुन्से, नाङ्लो, भकारी, चित्र, घुम लगायतका सामग्री गाउँघरमा चलनचल्तीमा आइरहने सामग्री हुन् । बाँस र निगालोको मसिनो कप्टेरा तथा चोयाबट बनाइने यस्ता सामग्री गाउँघरमा अत्यावश्यक बस्तुभित्र पर्छ । तर, हिजोआज यी सामग्री निर्माण गर्ने मानिसहरू गाउँघरमा कमै मात्रामा पाइन्छ । भीमेश्वर नगरपालिका–४ जिलु, सुप्लुङ्गाका भोजबहादुर […]

काठमाडौं, फागुन १८ गते । फागुन १६ गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न २० निर्णय गरेको छ । बुधबार सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले पत्रकार सम्मेलनमार्फत् मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्नुभएको हो । बैठकले विशेष अदालतको अध्यक्षमा उच्च अदालत पाटनमा न्यायाधीश श्रीकान्त पौडेल, सदस्यमा उच्च अदालत जनकपुर, वीरगञ्ज इजलासका न्यायाधीश रमेशकुमार पोखरखेल, उच्च दालत विराटनगरका न्यायाधीश यमुना भट्टराई, […]

सीबी अधिकारी / भैरहवा, फागुन १७ गते । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा गरिएको क्लालिब्रेशन फ्लाइटको प्रारम्भिक प्रतिवेदन सकारात्मक पाइएको छ । एरो थाईको विशेष जहाजले गत फागुन ६ देखि १५ गतेसम्म कूल १० दिन क्यालिब्रेशन उडान गरेको थियो । उक्त उडानका क्रममा विमानस्थलमा जडान भएका उपकरण र बत्ती लगायतले सही ढङ्गले काम गरेका छन् कि छैनन् […]

राजनीतिक दलले मध्यमार्गी बाटो निकाल्दै मिलेनियम च्यालेन्ज कर्पारेशन सम्झौतालाई निष्कर्षमा पु-याएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकबाट बाह्रबुँदे व्याख्यात्मक घोषणासहित सम्झौता अनुमोदन भएको छ । सम्झौता अनुमोदनसँगै अबको प्रक्रिया के हुन्छ र कहिलेदेखि काम शुरु हुन्छ भन्ने आम मानिसमा जिज्ञासा रहेको छ । सम्झौतानुसार आयोजना अगाडि बढेपछि नेपालले आगामी पाँच वर्षभित्र अमेरिकी सरकारबाट झन्डै ५० करोड […]