समाचार

स्थानीय परिकारप्रति पर्यटकको आकर्षण

गाईघाट, जेठ १ गते । पछिल्लो समय उदयपुरको प्रमुख धार्मिक पर्यटकीय क्षेत्र रौता पोखरीको दर्शन गर्न पर्यटकको वृद्धि भएसँगै त्यहाँ सञ्चालित ‘होमस्टे’ अर्थात् घरबासमा आउने पाहुनालाई स्थानीय परिकारले आकर्षित गरेको छ। जिल्लाको धार्मिक तथा पर्यटकीय पहाडी क्षेत्र रौतामा स्थानीय जात जातिसँग सम्बन्धित खानाका विभिन्न परिकारप्रति पाहुनाहरूको आकर्षण बढेको हो। अघिल्लो वर्षदेखि नै रौता पोखरीको दर्शनका […]


नेपाललाई चलचित्र छायांकनको गन्तव्यस्थल बनाउनुपर्छः उपराष्ट्रपति यादव

काठमाडौं, वैशाख ३१ गते। उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपाललाई चलचित्र छायांकनका लागि राम्रो गन्तव्यस्थल बनाउनुपर्ने बताउनुभएको छ। आइतबार काठमाडौंमा आयोजित ११ औं नेफ्टा फिल्म अवार्डको उत्कृष्ट पाँच चलचित्र सार्वजनिक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो। उहाँले प्रकृतिको सुन्दर उपहार नेपालको भूमि अन्तर्राष्ट्रिय चलचित्र छायांकनका लागि राम्रो गन्तव्यस्थल बन्नसक्ने तर यसको प्रचारप्रसार अधिकतम हुनुपर्ने बताउनुभयो। उहाँले सबै […]


संसदीय समिति चलायमान बनाउने र विधेयक अघि बढाउने सहमति

काठमाडौं, वैशाख ३१ गते। नेकपा (एमाले) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले शीर्ष तीन दलका नेताबीच संसदीय समिति चलायमान बनाउने र विधेयक अघि बढाउने कुरामा सहमति भएको जानकारी दिनुभएको छ। बालुवाटारमा आइतबार बसेको शीर्ष दलका नेताको बैठकमा संसदीय गतिविधि र विधेयकलाई अघि बढाउन समझदारी बनेको उपनेता नेम्वाङले जानकारी दिनुभएको हो । एमाले उपाध्यक्षसमेत रहनुभएका नेम्वाङले शीर्ष […]


अन्तरबाली व्यवस्थापनबाट राम्रो आम्दानी

अमृतप्रसाद पौडेल / म्याग्दी, बैशाख ३० गते । हिमालपारीको जिल्ला मुस्ताङको मार्फामा रहेको शीतोष्ण बागवानी विकास केन्द्रले अन्तरवाली व्यवस्थापन गरेर राम्रो उत्पादन गर्न सक्ने उदाहरणका रुपमा आफ्नो फर्ममा तरकारी खेती सुरु गरेको छ । हिमाली क्षेत्रको मुख्य वालीको रुपमा शीतोष्ण फलफूलवाली स्याउ, ओखर, आरु, आरुवखडा, खुर्पानी, कागजीवदाम, नास्पातीको उत्पादन राम्रो हुने गर्दछन् । मुस्ताङ मात्रै […]


सिकलसेल परीक्षण गरेरमात्रै विवाह गर्न जोड

अविनाश चौधरी / धनगढी, वैशाख ३० गते। वंशाणुगत रोग सिकलसेल एनिमिया परीक्षण गरेरमात्रै थारु समुदायका युवायुवतीलाई विवाह गर्न सुझाव दिइएको छ। यो समुदायमा बढी मात्रामा देखा परिरहेको सिकलसेल रोग रोकथामको यही एकमात्र उपाय भएका कारणले सिकलसेल परीक्षण गरेरमात्रै विवाह गर्न सुझाइएको हो। रोग रोकथामका ल लागि सिकलसेल रोग नभएका बीचमात्रै विवाह हुन आवश्यक रहेको सेती […]


लामो दूरीका सवारीसाधन बसपार्कबाट मात्र सञ्चालन हुने

काठमाडौँ, वैशाख २९ गते । काठमाडौँ भित्रिने र काठमाडौँबाट बाहिरिने लामो दूरीका सवारी साधन नयाँ बसपार्कबाट मात्र सञ्चालन गर्न पाइने भएको छ । आज काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र साहको अध्यक्षतामा बसेको सरोकावालाको बैठकले सो निर्णय गरेको हो । ‘एक बसपार्क नीति कार्यान्वयन’ प्रस्तावमाथि छलफल गर्दै यस्तो निर्णय गरेको महानगरको भनाइ छ । यसपछि नयाँ बसपार्क […]


राहदानी बनाउन दुई सत्रमा सेवा विस्तार

नारद कोहार / तौलिहवा, वैशाख २९ गते । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले विद्युतीय राहदानीका लागि विहान ७ बजेबाटै सेवा दिन सुरु गरेको छ । राहदानी लिनका लागि सेवाग्राहीको चाप बढेपछि प्रशासन कार्यालय कपिलवस्तुले विहान ७ बजेबाटै सेवा दिन सुरु गरेको हो । कार्यालयले हरेक दिन दुई सिफ्टमा राहदानीको सेवा समय विस्तार गरेको हो । प्रशासन […]


टीकापुरमा कृषकको आकर्षक कृषि र पर्यटन योजना

एकिन्द्र तिमिल्सेना / टीकापुर, वैशाख २८ गते । टीकापुर नगरपालिका –१ बनगाउँका किसानहरूले सामूहिक कृषि खेतीसँगै आकर्षक पर्यटन व्यवसायको योजना सुरु गरेका छन् । समुदायमा आधारित कृषि तथा पर्यटन परियोजना नाम दिइएको कार्यक्रममा स्थानीय किसानले पाँच बिघा जमिन भाडामा लिएर तरकारी खेती सुरु गरेका हुन् । यससँगै दश कोठा भएको फार्म हाउस र रेष्टुरेन्ट खोल्ने […]


पर्यटन विकासको माग गर्दै ज्ञापनपत्र

सिराज खान / नेपालगञ्ज, बैशाख २८ गते । नेपाल ऐशोसियसन अफ टुर एण्ड ट्राभल्स (नाट्टा) बाँकेले विहीबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीलाई ज्ञापनपत्र बुझाउँदै पर्यटन व्यवसायीका माग पूरा गर्न आग्रह गरेको छ । नाट्टा बाँकेका अध्यक्ष श्रीराम सिग्देलको नेतृत्वमा भैरहवा पुगेको एक टोलीले विहीबार मुख्यमन्त्री चौधरीलाई ११ सुत्रीय मागसहितको ज्ञापनपत्र बुझाएको हो । सो टोलीमा […]


‘सीमित स्रोतले असीमित आवश्यकता पूरा गर्न सकिंदैन’

काठमाडौं, वैशाख २७ गते। अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेटका लागि स्रोतको निकै ठूलो चुनौती रहेको बताउनुभएको छ। आर्थिक वर्ष २०८०/०८१ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि प्रतिनिधि सभाका सदस्यबाट उठेका प्रश्नको जवाफ दिनुहुँदै अर्थमन्त्री महतले सीमित स्रोतले असीमिति आवश्यकता पूरा गर्न नसक्ने बताउनुभएको हो। “हाम्रा महत्त्वाकांक्षा र आवश्यकता थुप्रै छन्, तर हाम्रो […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter