समाचार

प्राधिकरणमा काठमाडौं महानगरको दुई अर्ब बक्यौता

काठमाडौं, माघ २६ गते । सडक बत्ती बालेबापत काठमाडौं महानगरले नेपाल विद्युत प्राधिकरणलाई तिर्नुपर्ने बक्यौता रकम झण्डै दुई अर्ब पुगेको छ । नेपाल विद्युत प्राधिकरणले उपलब्ध गराएको तथ्यांकअनुसार महानगरले हालसम्म तिर्नुपर्ने बक्यौता रकम एक अर्ब ९८ करोड २१ लाख १२ हजार ४४८ रुपियाँ रहेको छ । महानगरले सडक बत्ती बालेबापत प्राधिकरणलाई रकम तिर्नुपर्ने तर बेवास्ता […]


पाँचौँ खुला लन टेनिस प्रतियोगिता हुने

कपिल ज्ञवाली / सिद्धार्थनगर, माघ २५ गते । रुपन्देहीको बुटवलमा प्रथम मेयर कप तथा पाँचौँ संस्करणको खुला लन टेनिस प्रतियोगिता हुनेभएको छ । रुपन्देही लन टेनिस सङ्घको आयोजनामा फागुन ६ देखि १० गतेसम्म देवीनगर लन टेनिस कम्प्लेक्समा हुने प्रथम मेयर कप तथा पाँचौँ राष्ट्रिय खुला लन टेनिस प्रतियोगिता २०७९ को तयारी पूरा भएको सङ्घका अध्यक्ष […]


कांग्रेसलाई विपक्षी दलको मान्यता दिनुको कारण माग

काठमाडौं, माघ २५ गते । सर्वोच्च अदालतले नेपाली कांग्रेसलाई प्रमुख प्रतिपक्षी दलको नेता मान्नुको कारण देखाऊ आदेश दिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएको दललाई प्रमुख प्रतिपक्ष मान्न नसकिने भन्दै अधिवक्ता विमलप्रसाद पोखरेलले सर्वोच्चमा रिट दायर गर्नुको थियो । उक्त रिटमा बुधबार सर्वोच्चका न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले सुनुवाइ गर्दै सङ्घीय सचिवालयसँग […]


पेट्रोलियम पदार्थ अन्वेषणका लागि दैलेखमा ४५ रोपनी जग्गा दिने सरकारको निर्णय

काठमाडौं, माघ २४ गते । सरकारले पेट्रोलियम पदार्थको अन्वेषणका लागि दैलेखको भैरवी गाउँपालिका १ जलजलेको ४५ रोपनी जग्गा दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुहुँदै नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले उद्योग वाणिज्य मन्त्रालयको प्रस्तावमा जलजलेमा रहेको ४५ रोपनी जग्गा दिने निर्णय भएको जानकारी दिनुभएको हो […]


राजस्व चुहावट नियन्त्रण गर्नुस्, गलत गर्ने कसैलाई नछोड्नुस् : प्रधानमन्त्री

काठमाडौँ, माघ १४ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजस्व सङ्कलनका क्षेत्रमा देखिएका चुनौती समाधान गर्न र राजस्व चुहावट नियन्त्रणका लागि क्रमभङ्ग गर्न राजस्व प्रशासनका अधिकारीहरूलाई निर्देशन दिनुभएको छ । मङ्गलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार राजस्वको अवस्था र चुहावट नियन्त्रण सम्बन्धी छलफलमा बोल्दै प्रधानमन्त्रीले उक्त कुरा बताउनुभएको हो । प्रधानमन्त्रीले भन्नुभयो, “अर्थतन्त्रको समग्र स्थिति […]


नागरिकताको सनाखतमा जनप्रतिनिधि बस्न नपाउने

चन्द्र पन्दाक / ताप्लेजुङ, माघ २४ गते। ताप्लेजुङमा तीनपुस्ते नातेदार नखुल्ने जनप्रतिनिधिले नागरिकताको सनाखतमा बस्न नपाउने भएका छन्। जिल्लामा पहिलोपटक महिला प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जाङ आउनुभएसँगै जनप्रतिनिधि पदाधिकारीले नागरिकताको सनाखतमा बस्न नपाउने भएका हुन्। यसअघि जनप्रतिनिधिले नागरिकताको सनाखतमा बस्ने गरेको प्रचलन रहँदै आएकोमा सो कार्य कानुनविपरीत भएकाले तीनपुस्ते नाता नखुल्ने जनप्रतिनिधि वा कसैले पनि […]


आठ करोड रुपियाँको लगानीमा साबुन उद्योग सञ्चालनमा

बाबुराम शर्मा / दोलखा, माघ २३ गते । दोलखाको भीमेश्वर नगरपालिका–७ मकै बारी पुवाँलेमा एकाघरका चार भाइको संयुक्त आठ करोड रुपियाँको लगानीमा साबुन उद्योग सञ्चालनमा आएको छ । वडा नम्बर ७ कै उखुबारीका ती दाजुभाइले साबुन उद्योग सञ्चालनमा ल्याउनु भएको हो । केसी सोप एन्ड केमिकल इन्ड्रस्ट्रिज प्रालिका नाममा स्थापना भएको सो उद्योगले फार एक्स,पुर्खा, […]


प्राथमिकताका आधारमा सञ्चारसम्बन्धी कानूनलाई मूर्तरूप दिनेछु : सञ्चारमन्त्री शर्मा

काठमाडौँ, माघ २३ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्राथमिकताका आधारमा सञ्चारसम्बन्धी कानूनलाई मूर्तरूप दिने बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घले सोमबारआयोजना गरेको ‘‘बधाई तथा शुभकामना’ कायक्रममा सरकारका प्रवक्ता शर्माले प्रविधिको विकासँगै सञ्चार क्षेत्रको नियमन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले पुराना कानूनलाई प्रतिस्थापन गर्दै नयाँ सञ्चारसम्बन्धी कानूनलाई सरोकारवालाको प्रत्यक्ष सहभागितामा निर्माण गर्ने प्रतिबद्धता […]


राष्ट्रपति भण्डारीले शुक्रबार दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नुहुने

काठमाडौं, माघ २२ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नुहुने भएको छ । राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यद्वारा जारी विज्ञप्तिमा सो कुरा बताइएको छ । राष्ट्रपति भण्डारीले माघ २७ गते शुक्रबार दिउँसो ३ बजे बस्ने दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न लाग्नुभएको हो । ‘‘राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको […]


सत्ता साझेदार दलको एकता जोगाउने पक्षमा छौं : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, माघ २२ गते। प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता साझेदार दलबीचको एकतालाई जसरी पनि जोगाउने पक्षमा आफू रहेको बताउनुभएको छ। रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेलगत्तै प्रधानमन्त्री दाहालले यस्तो प्रतिक्रिया दिनुभएको हो। उहाँले आइतबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीमाझ संक्षिप्त प्रतिक्रिया दिँदै आफूले राष्ट्रिय […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter