समाचार

नायक पल शाहलाई उच्च अदालतले दियो सफाइ, भोलि रिहा हुँदै

अमरराज नहर्की / तनहुँ, फागुन १४ गते। बलात्कार आरोपमा पुर्पक्षका लागि तनहुँ कारागरामा थुनामा रहेका नायक पूर्णविक्रम शाह (पल)ले सफाइ पाउनुभएको छ। शाहको मुद्दामा आइतबार उच्च अदालत पोखराले सफाइ दिएको हो। कामु मुख्य न्यायाधीश डिल्लीराज आचार्य र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासमा सुनुवाइ भएर उच्च अदालतले निर्दोष ठहर गर्दै सफाइ दिएको शाहका कानुन व्यवसायी वरिष्ठ अधिवक्ता […]


तीन वर्षमा आठ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य

काठमाडौं, फागुन १३ गते। सरकारले आगामी तीन आर्थिक वर्षभित्र आठ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्यसहित मध्यमकालीन खर्च संरचना (२०८०-८१-२०८२-८३) तयार पारेको छ। राष्ट्रिय योजना आयोगले त्रिवर्षीय मध्यमकालीन खर्च संरचना र आगामी आर्थिक वर्ष २०८०/८१ को वार्षिक कार्यक्रमको खाकासहितको बजेट तर्जुमा सम्बन्धी मार्गदर्शन तथा ढाँचा, २०७९ स्वीकृत गर्दै विभिन्न आर्थिक सूचकको तीनवर्षे अनुमान सार्वजनिक गरेको […]


बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र सञ्चालन प्रक्रिया अन्योलमा

लुम्बिनी, फागुन १३ गते । बुटवलमा निर्माण भएको बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र सञ्चालनमा आउन सकेको छैन । सम्मेलन केन्द्रको उद्घाटन भएको छ महिना बितिसक्दा पनि सञ्चालनसम्बन्धी आवश्यक कानुन नबन्दा अझै सञ्चालनमा आउन नसकेको हो । बुटवल उपमहानगरपालिका–१० स्थित बुटवल मण्डपमा निर्माण भएको अत्याधुनिक सुविधा सम्पन्न सम्मेलन केन्द्रको गत भदौ ११ गते पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन […]


सन्दीपको मुद्दाको अन्तिम सुनुवाइ आइतबार

काठमाडौं, फागुन १२ गते । सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेविरुद्ध मुद्दाको अन्तिम सुनुवाइ आइतबारका लागि तोकेको छ । शुक्रबार सर्वोच्च अदालतमा न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा भएको सुनुवाइमा सन्दीपविरुद्धको मुद्दा र विदेश क्रिकेट खेल्न जान पाउनुपर्ने मागको एकमुस्ट सुनुवाइका लागि आइतबार पेस गर्न निर्देशन दिएको हो । सर्वोच्चको आदेशसँगै अब आइतबारमात्र सन्दीप आईसीसी विश्वकप क्रिकेट लिग–२ […]


सार्वजनिक बिदामा सरकारी कार्यालय खाेल्ने सरकारको निर्णय

काठमाडौं, फागुन १२ गते । सरकारले सार्वजनिक बिदामा अत्यावश्यकीय सेवा प्रवाह सूचारु गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय शुक्रबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले कर्मचारीलाई सट्टा बिदा दिने र कुन–कुन कार्यालयमा सेवा सुचारु गर्ने भन्ने सम्बन्धमा मन्त्रिपरिषद्को प्रशासनिक समितिले सूचिकृत गर्ने निर्णय गरेको जानकारी दिनुभएको हो । […]


विश्वकप लिगका विजेतालाई प्रतिव्यक्ति दुई लाख पुरस्कार दिने प्रधानमन्त्रीको घोषणा

काठमाडौं, फागुन ११ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइसिसी विश्वकप लिग–का विजेता खेलाडीलाई प्रतिव्यक्ति दुई लाख रुपियाँ पुरस्कार दिने घोषणा गर्नुभएको छ । बुधबार दिउँसो विजेता खेलाडीहरूलाई बालुवाटार बोलाएर प्रधानमन्त्रीले बधाइ दिनुका साथै पुरस्कारसमेत दिने घोषणा गर्नुभएको हो । खेलाडीहरूलाई बधाइ दिनुहुँदै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “सर्वप्रथम इतिहास रच्नुभएकोमा तपाईँहरूलाई बधाइ छ । तपाईँहरूले नयाँ […]


सडक सुधारको प्रगति र प्राथमिकताबारे समीक्षा

काठमाडौं, फागुन ११ गते । काठमाडौं उपत्यकाका सडकसँग सम्बन्धित निकाय सम्मिलित उच्चस्तरीय समन्वयात्मक समितिको नियमित बैठक बुधबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सम्पन्न भएको छ। उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा भएको बैठकले यसबीचका कामरूको प्रगति समीक्षा गर्दै थप निर्णयसमेत गरेको छ। केन्द्रीय, स्थानीय र विद्युत, खानेपानी जस्ता कयौं संस्थागत निकायको […]


वित्तीय संस्थाको समस्या समाधान गर्न गम्भीर छौं : अर्थमन्त्री पौडेल

काठमाडौं, फागुन १० गते। उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार लघुवित्त वित्तीय संस्थाको समस्या समाधान गर्न गम्भीर भएर लागेको बताउनुभएको छ। बुधबार प्रतिनिधि सभाको बैठक पश्चात संसद् भवन बाहिर सञ्चारकर्मीलाई प्रक्रिया दिँदै अर्थमन्त्री पौडेलले यस्तो बताउनुभएको हो। उहाँले सरकारले लघुवित्तमा देखिएका वर्तमान समस्या समाधानको लागि गम्भीर रुपमा सरोकारवालासँग छलफल भइरहेको बताउनुभयो। उहाँले विभिन्न चरणमा बैठक […]


हात्तीपाइले रोगविरुद्धको औषधि सेवन अभियानलाई सफल पार्न मन्त्री गिरीको आग्रह

काठमाडौं, फागुन १० गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले हात्तीपाइले रोगविरुद्धको आम औषधि सेवन अभियानलाई सफल बनाउन आग्रह गर्नुभएको छ । सरकारले फागुन ११ देखि २५ गतेसम्म झापा, मोरङ, धनुष, महोत्तरी, सलार्ही, रौतहट, बारा लमजुङ, रसुवा, पर्वत, बागलुङ, कपिलवस्तु, दाङ, बाँके र कैलाली गरी १५ जिल्लामा हात्तीपाइले रोगविरुद्धको आम औषधि सेवन अभियान सञ्चालन […]


मल खरिदका लागि थप ७ अर्ब ५० करोड रुपियाँ सुनिश्चित

काठमाडौं, फागुन ८ गते । अर्थ मन्त्रालयले चालु आर्थिक वर्षमा आवश्यक पर्ने रासायनिक मल खरिदका लागि थप ७ अर्ब ५० करोड रुपियाँको स्रोत सुनिश्चित गरेको छ । रासायनिक मल खरिदका लागि कृषि तथा पशुपक्षी विकास मन्त्रालयले गरेको प्रस्तावमा अर्थ मन्त्रालयले सो स्रोतमा सहमति दिएको हो । स्रोत सुनिश्चितमध्ये २ अर्ब ४० करोड रुपियाँ कृषि तथा […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter