
काठमाडौं, माघ १६ गते । निर्वाचन आयोगले आगामी फागुन २५ गते राष्ट्रपतिको निर्वाचन गर्ने घोषणा गरेको छ । सोमबार निर्वाचन आयोगमा पत्रकार सम्मेलन गरी आयोगले सो जानकारी गराएको हो । त्यस्तै, आयोगले उपराष्ट्रपति पदको निर्वाचन भने चैत ३ गते गर्ने निर्णय गरेको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले फागुन २५ गते बिहीबार राष्ट्रपतिको […]

काठमाडौं, माघ १६ गते । सरकारले राष्ट्रिय योजना आयोगमा तीनजना सदस्य नियुक्त गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले सुशील ज्ञवाली, अन्जान शाक्य र कुशेन्द्र शाहीलाई आयोगको सदस्यमा नियुक्त गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्ले परराष्ट्र मन्त्रालयअन्तर्गत नेपाल र बहराइन अधिराज्यका परराष्ट्र मन्त्रालयबीच दुई पक्षीय परामर्श संयन्त्र स्थापना गर्नेसम्बन्धी समझदारीपत्रमा […]

काठमाडौं, माघ १५ गते। अर्थमन्त्रालयले नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम कार्यान्वयनका लागि कार्ययोजना तयार पारेको छ। कार्ययोजनामा नीति तथा कार्यक्रम, क्रियाकलाप, माइलस्टोन, साधन स्रोत, समय सीमा र अनुगमन मूल्याङ्कन सूचक उल्लेख भएको अर्थमन्त्रालयले जनाएको छ। कार्ययोजनामा नीति तथा कार्यक्रम कार्यान्वयनका लागि राजस्व सङ्कलनमा प्रभावकारिता ल्याउने, राजस्व प्रणालीलाई थप प्रगतिशील बनाउने, राजस्वको दर हेरफेर गर्दा व्यावसायिक […]

काठमाडौँ, माघ १५ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू नेतृत्वको सरकारले एकल महिलाका माग र मुद्दा सम्बोधन गर्ने बताउँदै त्यसका लागि सामाजिक चेतना र जागरण जरुरी भएको बताउनुभएको छ । मानव अधिकारका लागि महिला समूहद्वारा आज यहाँ आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले भन्नुभयो, “तपाईँहरूको यो कार्यक्रम अन्य कार्यक्रमभन्दा पृथक् र मौलिक लाग्यो । यहाँ तपाईँहरूले […]

ललितपुर, माघ १४ गते । ललितपुर महानगरपालिकाले वडामा उठेका विवाद वडास्तरमा नै समाधान गर्न मेलमिलापसम्बन्धी आधारभूत तालिम सुरु गरेको छ । महानगरको न्यायिक समितिले २९ वटै वडाका ३० जनालाई प्रशिक्षार्थीलाई शुक्रबारदेखि तालिम दिन सुरु गरेको हो । यसअघि पनि महानगरले मेलमिलापसम्बन्धी तालिम सञ्चालन गरिसकेको छ । तालिमप्राप्त मेलमिलापकर्ता वडामा खोलिएको मेलमिलाप केन्द्रमा क्रियाशील छन् । […]

लक्ष्मण पौडेल / भैरहवा, माघ १४ गते । भैरहवा भन्सार कार्यालयको राजश्व सङ्कलन घटेको छ । भन्सार कार्यालयको तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्षको पुस मसान्तसम्मको तुलनामा चालु आर्थिक वर्षमा झण्डै आधाले राजश्व सङ्कलनमा गिरावट आएको हो । गत आर्थिक वर्ष २०७८–७९ को पुस मसान्तसम्म बेलहिया नाका हुँदै एक खर्ब ६२ अर्ब ९१ करोडमा मालवस्तु आयात हुँदा […]

काठमाडौँ, १३ गते । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले मिडियामा पीडित पक्षको आवाजले कम स्थान पाएको र कतिपयले त थप पीडा दिने काम भएकाले त्यसलाई रोक्न सुझाव दिनुभएको छ । प्रेस काउन्सिल नेपालमा आज भएको अभिमुखीकरणको १८ औँ शृङ्खलालाई सम्बोधन गर्दै अध्यक्ष बस्नेतले पत्रकारिता क्षेत्रले समाजका समस्या उजागर गर्नुपर्नेमा त्यसो हुन नसकेको भन्दै यस […]

जानु पाण्डे / कपिलवस्तु, माघ १३ गते । कपिलवस्तुको शिवराज नगरपालिकाले गाउँटोलमा बैकिङ शिविर सञ्चालन गरी सामाजिक सुरक्षा भत्ता बाँडन सुरु गरेको छ । नगरपालिकाले बैंकसँग समन्वय गरी दोस्रो किस्ता वापतको भत्ताबाट गाउँटोलमा वितरण गर्ने कामको सुरुवात गरेको हो । जेष्ठ नागरिक, एकल महिला तथा पूर्ण असक्त र अति असक्त अपाङ्गता भएका नागरिकलाई दिने लगायतका […]

काठमाडौं, माघ १२ गते । नेपाल क्रिकेट सङ्घ (क्यान) ले राष्ट्रिय टोलीका पूर्व कप्तान सन्दीप लामिछानेले खेल्न पाउने वा नपाउने विषयमा कानुन जानकार रहेको जनाएको छ । बिहीबार पत्रकार सम्मेलनमा क्यानका अध्यक्ष चतुरबहादुर चन्दले क्यानले सन्दीप टोलीमा फर्किने विषयमा नेपालको विद्यमान कानुनले जे अनुमति दिन्छ त्यही अनुसार अघि बढ्ने बताउनुभयो । अध्यक्ष चन्दले आईसीसीसँग सन्दीपको […]

शान्ता अधिकारी / चितवन, माघ ११ गते । भरतपुर –१९ शारदानगर टाउनकी इन्दिरा खनाल घिमिरे पैतृक सम्पत्ति भएर पनि त्यसको उपभोग गर्न नपाउँदा आफू समस्यामा परेको बताउनुभयो । कुखुरापालन व्यवसाय गर्दै आउनुभएका उहाँले जमिन भएर पनि नगद नभएका कारण समस्या भोग्नु परेको हो । “व्यवसाय हो कहिले घाटा हुन्छ कहिले नाफा । घाटा नाफाभन्दा पनि […]