काठमाडौं, मंसिर २ गते । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आचारसंहिता कार्यान्वयनमा निर्वाचन आयोग कडा नभई दलका नेता तथा कार्यकर्ता अनुशासित भएको बताउनुभएको छ । आम निर्वाचन पर्यवेक्षण समिति, नेपाल (जियोक) द्वारा शुक्रबार यहाँ आयोजित कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । निर्वाचन कानुन र आचारसंहिताको परिपालना गरेमा निर्वाचन अनुशासित, भयरहित, स्वतन्त्र र स्वच्छ हुने […]
काठमाडौँ, मङसिर १ गते । विगत केही महिनायता समस्याग्रस्त रहेको अर्थतन्त्रका केही सूचकमा सुधार देखिएको छ। नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको चालू आर्थिक वर्षको तीन महिनासम्मको आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी प्रतिवेदनअनुसार शोधनान्तर, विदेशी विनिमय सञ्चिति तथा विपे्रषण आप्रवाहमा क्रमिक सुधार भइरहेको छ। लामो समय घाटामा रहेको मुलुकको शोधनान्तर स्थिति असोजसम्म आइपुग्दा बचतमा रहेको छ। प्रतिवेदनअनुसार […]
कीर्तिपुर, मङ्सिर १ गते । करिब साढे दुई सय वर्षअघि भत्किएर भग्नावशेषसमेत लोप हुने अवस्थामा पुगिसकेको कीर्तिपुर दरबार (लायकु) पुनः अस्तित्वमा ल्याउने प्रयास सुरु भएको छ । कीर्तिपुरको सर्वाधिक ठूलो र महत्त्वपूर्ण सम्पदा मानिएको लायकु दरबार लामो समयसम्म राज्यबाट ओझेल पर्नुका साथै स्थानीयवासीको अतिक्रमणमा परेर लोप हुने अवस्थामा पुगेको थियो । कीर्तिपुर डाँडाको सबैभन्दा अग्लो […]
काठमाडौं, कात्तिक ३० गते । निर्वाचन आयोगले मंसिर ४ गते हुने संघीय चुनावको स्थिर समय मंसिर १ गते राति १२ बजेदेखि सुरु हुने बताएको छ। निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीका अनुसार मंसिर १ गते राति १२ बजेबाट स्थिर समय सुरु हुने भएको हो। यो समयमा चुनावी प्रचारप्रसार गर्न नपाइने उहाँले जानकारी दिनुभयो। केन्द्रीय आचारसंहिता अनुगमन […]
धीरेन्द्रप्रसाद साह / जनकपुर, कात्तिक ३० गते । नेपाल रेल सेवा चार दिन बन्द हुने भएको छ । जयनगरदेखि जनकपुरसम्म सञ्चालन भइरहेको नेपाल रेल सेवा भोलि बिहीबार मङ्सिर १ गतेदेखि ४ गतेसम्म सेवा बन्द रहने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरन्जन झाले जानकारी दिनुभयो । आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनलाई ध्यानमा राखी सो […]
काठमाडौं, कात्तिक २९ गते । आसन्न निर्वाचन नजिकिएसँगै हवाई यात्रुको चाप पनि बढेको छ । निर्वाचनको माहौल बढ्दै जाँदा राजधानी काठमाडौं भित्रिने र बाहिरिने यात्रुहरूको सङ्ख्या बढेको विमानस्थल कार्यालयले जानकारी दिएको छ । दैनिक १४ हजारभन्दा बढीले काठमाडौँस्थित आन्तरिक विमानस्थल प्रयोग गरिरहेको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिनुभयो । “निर्वाचन नजिकिएसँगै आन्तरिक उडानमा चाप बढेको […]
सुरेशकुमार यादव / काठमाडौँ, कात्तिक २९ गते । नेपालमा २६ हजार गाई र भैंसीबाट आठ करोड ९० लाख लिटर दूध उत्पादन हुने गरेको पाइएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गराएको एक सर्वेक्षणले नेपालमा ४४ हजार ८७३ वटा गाई÷गोरु व्यावसायिक रुपमा पालिएको देखाएको छ । ती गाई, गोरुमध्ये उन्नत जातको सङ्ख्या ३३ हजार ७५७ […]
काठमाडौं, कात्तिक २८ गते । निजी क्षेत्रको अग्रणी वायुसेवा कम्पनी बुद्ध एयरले पोखरास्थित क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतका तीन गन्तव्यमा उडान सुरु गर्ने भएको छ । बुद्ध एयरका अनुसार पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतका बनारस, दिल्ली र देहरादुनमा उडान गर्न लागिएको हो । “नागरिक उड्डयन प्राधिकरणले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सन् २०२३ को जनवरीदेखि सञ्चालनमा आउने […]
काठमाडौं, कात्तिक २८ गते । सहरका मुख्य सडकमा रहेको अव्यवस्थित तारहरू व्यवस्थापनको काम सुरु भएको छ । काठमाडौंको अनामनगर र सिंहदरबार क्षेत्रमा रहेका अव्यवस्थित तार व्यवस्थापनको काम सुरु भएको हो । अव्यवस्थित तारले बटुवाहरूलाई हिड्डुल गर्ने समस्या परेको र सहरको स्वरूप नै कुरूप देखिएपछि त्यसको व्यवस्थापन भइरहेको छ । विभिन्न इन्टरनेट सेवा प्रदायक कम्पनी, महानगरपालिका, […]
गाेविन्द रेग्मी / काठमाडौं, कात्तिक २७ गते । नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज प्रभाकरले यूएईसँग घरेलु मैदानमा हुने तीन खेलको एकदिवसीय सिरिज नेपालका लागि राम्रो अवसर भएको बताउनुभएको छ । नेपाल क्रिकेट सङ्घ क्यानले सिरिजअघि प्रशिक्षक र कप्तानसहित आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा प्रशिक्षक मनोजले सोमबारदेखि हुने सिरिज नेपाललाई आफ्नो कमजोरी नियाल्ने र स्तर सुधारको […]