समाचार

तीन सरकारी वाणिज्य बैङ्क मर्जर हुनुपर्छ : गभर्नर अधिकारी

काठमाडौं, माघ १० गते। नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले तीन वटा सरकारी वाणिज्य बैङ्क पनि मर्जर हुनुपर्ने आशय व्यक्त गर्नुभएको छ। मंगलबार राष्ट्रिय वाणिज्य बैङ्कको ५८ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले सरकारको लगानी रहेका तीन वटा वाणिज्य बैङ्क पनि आपसी छलफल गरेर मर्जरमा जानुपर्ने बताउनुभएको हो। उहाँले पछिल्लो समय निजी क्षेत्रका वाणिज्य बैङ्कको […]


उपप्रधानमन्त्री पौडेलद्वारा पूँजीगत खर्च बढाउन निर्देशन

काठमाडौं, माघ ९ गते । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पूँजीगत खर्च बढाउन र चालु खर्च घटाउन मन्त्रालयका सचिवहरुलाई निर्देशन दिनुभएको छ । अर्थ मन्त्रालयमा सोमबार आयोजित देशको समग्र आर्थिक अवस्था र बजेट कार्यान्वयनका सम्बन्धमा छलफल कार्यक्रममा उपप्रधानमन्त्री पौडेलले पूँजीगत खर्च र राजस्व परिचालनको अवस्था चिन्ताजनक रहेको बताउनु भयो । राजस्व परिचानलमा कडाइका साथ प्रस्तुत […]


सोमबारदेखि देशभर वर्षा हुने

काठमाडौं, माघ ८ गते । मौसम विज्ञान विभागले सोमबार रातिदेखि पश्चिम नेपालबाट सुरु भएर बिहीबारसम्म काठमाडौं लगायतका क्षेत्रमा सामान्यदेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । हिमाली भेगमा भने मङ्गलबारपछि एक हप्तासम्म हिमपातको सम्भावना रहेको मौसमविद् विनोद पोखरेलले जानकारी दिनुभयो । यसैगरी यसपालिको हिउँदमा बितेको ३० वर्ष यताकै सबैभन्दा कम वर्षा भएको जनाएको छ । […]


काठमाडौं चक्रपथमा चलाउने भनिएको मोनोरेल अनिश्चित्

काठमाडौं, माघ ७ गते । काठमाडौं महानगरपालिकाले सञ्चालन गर्ने भनेको मोनोरेल अब सञ्चालनका लागि भौतिक संरचना नबन्ने भएको छ । महानगरको यसअघिका मेयर विद्यासुन्दर शाक्यले वार्षिक नीति तथा कार्यक्रममा मोनोरेल सञ्चालन गर्ने कुरा समावेश गरे पनि अहिलेका मेयर बालेन्द्र साहले त्यसतर्फ चासो नदिनुभएको बुझिएको छ । मेयर साहले चासो नदेखाएपछि मोनोरेलको नबन्ने भएको हो । […]


‘लक्षित बालबालिका नै खोप लगाउन आउँदैनन्’

बाँके, माघ ६ गते । बाँकेका विभिन्न स्थानीय तहमा दादुराविरुद्धको खोप सञ्चालनका लागि प्रयाप्त मात्रामा खोप मौज्दात रहेको छ । नेपालगन्ज खजुरा, नरैनापुर स्थानीय तहमा दादुराबिरुद्धको खोप अभियानका लागि हालसम्म एक लाख ५ हजार जनालाई पुग्ने खोप आइपुगेको स्वास्थ्य कार्यालयले जनाएको छ । ७० हजार ५०० जनालाई पुग्ने दादुरा रुबेला खोप रहेकोमा थप ३० हजार […]


चालु खर्च घटाउने अर्थमन्त्रालयको योजना

काठमाडौं, माघ ५ गते । सरकारले चालु आर्थिक वर्षमा चालु खर्च घटाउनका लागि विभिन्न योजना अगाडि सारेको छ । ‘चालु खर्च घटाउने सम्बन्धी मापदण्ड, २०७९’ जारी गर्दै अर्थमन्त्रालयले केही बुँदा सार्वजनिक गरेको छ । चालु आवको बजेट वक्तव्यको बुँदा नं. ३७९ मा सरकारी निकायको चालु प्रकृतिका प्रशासनिक खर्च न्यूनतम १५ प्रतिशतले घटाउने गरी बजेट कार्यान्वयन […]


मोबाइल सेवा अवरुद्ध हुने समस्या समाधान गर्न प्रणालीगत सुधार गरिने

काठमाडां, माघ ४ गते । नेपाल टेलिकमले मोबाइल तथा पिएसटिएन टेलिफोन सेवा अवरुद्ध हुने समस्या दोहोरिन नदिन प्रणालीगत सुधार गर्ने भएको छ । मङ्गलबार करिब १२ बजेदेखि केही समय कम्पनीका केही उपकरणमा प्राविधिक समस्या आई छोटो अवधिका लागि मोबाइल तथा पिएसटिएन टेलिफोन सेवा अवरुद्ध हुन गएकोमा कम्पनीका प्राविधिकबाट तत्काल समाधान गरिएको जनाउँदै त्यसको प्रणालीगत सुधार […]


उखुको समर्थन मूल्य तोकियो, प्रतिक्विन्टलमा २० रुपियाँ बृद्धि

काठमाडौं, माघ ४ गते । सरकारले उखुको समर्थन मुल्य तोकेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले समर्थन मूल्य प्रतिक्विन्टल २० रुपियाँ बृद्धिगरी ५४० रुपियाँ तोकेको कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले बताउनुभयो । यस्तै, ७० रुपियाँ किसानका लागि सरकारले ढुवानीका लागि अनुदान पनि दिने निर्णय गरेको छ । उहाँले भन्नुभयो, “आज बसेको मन्त्रिपरिषद् बैठकले उखुको […]


कलाकार पल शाहलाई सफाइ

अमरराज नहर्की / तनहुँ, माघ ३ गते । तनहुँ जिल्ला अदालतले कलकार पल शाह विरुद्धको बलत्कारको मुद्दा माथि सफाइ पाउनुभएको छ । पेशी तोकेर स्थगन हुँदै आएको मुद्धामा आज सुनुवाईका क्रममा सफाइ पाउनुभएको हो । बलत्कार गरेको मुद्दामा दावी नपुगेकोले निर्दोस रहेको ठहर गर्दै अदालतको ३ नम्बर इजलासका न्यायाधीश कमलप्रसाद आचार्यको इजालसले शाहलाई सफाइ दिएको […]


सुन्दरहरैचामा पूर्णकालीन अस्पताल सेवा बिस्तार

उर्लाबारी, माघ ३ गते । पूर्वाञ्चल विश्वविद्यालयको मुख्य कार्यालय रहेको मोरङको सुन्दरहरैचा ८ गोठगाउँमा पूर्णकालीन अस्पताल सेवा बिस्तार गरिएको छ । २०५० सालमा विश्वविद्यालय स्थापना भएपछि स्थानीयले गोठगाउँमा अस्पताल र मेडिकल कलेज सञ्चालन हुनुपर्ने माग गर्दै आएका थिए । तर, विश्वविद्यालयको मुख्य कार्यालय विराटनगरबाट गोठगाउँमा सार्न नै २६ वर्ष लागेका थियो । मुख्य कार्यलय गोठगाउँमा […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter