काठमाडौं, कात्तिक ११ गते । महोत्तरीको भंगाहा नगरपालिका वडा नं ८ मा कात्तिक १० गते भएको घटनाको छानबिनका लागि गृह मन्त्रालयका सहसचिव शिवराम पोखरेलको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन भएको छ । मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा सो दिन छठपर्वको अवसरमा आयोजित कलश यात्राको सिलसिलामा भएको विवादमा असामान्य स्थिति सिर्जना […]
काठमाडौं, कात्तिक १० गते । निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिकतर्फको अन्तिम बन्दसूची सार्वजनिक गरेको छ । आयोगले समानुपातिकतर्फको बन्दसूची रहेकामध्ये नाम हटाइएका उम्मेदवारहरूको नाम सार्वजनिक गरेको हो । प्रकाशित सूचीमा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि २१९९ उम्मेदवार रहेका छन् । यसैगरी, प्रदेशसभा सदस्य निर्वाचनतर्फ प्रदेश नं.१ का लागि ६१६ […]
रामपुर, कात्तिक १० गते । तिहारमा गाईलाई हरियो धान काटेर खुवाउने प्रचलन सुन्दा अहिले अनौठो लाग्दछ । पछिल्ला वर्षमा यो चलन गाउँघरमा हराइसकेको छ । पाल्पा नगरपालिका–६ मिलनचोककी ९० वर्षीया गङ्गादेवी पराजुलीले भने पूरानो परम्परालाई धान्दै हुनुहुन्छ । उहाँ तातोपानीधाम गौशालामा रहेका गाईलाई हरियो धान काटेर खुवाउने संस्कृति जोगाउने अभ्यासमा हुनुहुन्छ । पहिलादेखि नै चलिआएको […]
चन्द्र पन्दाक / ताप्लेजुङ, कात्तिक ९ गते । ताप्लेजुङका किसानलाई यतिबेला अलैंची थन्क्याउने चटारो छ । दशैँ पर्व सकिएलगत्तै यहाँका किसान अलैंची टिप्न र थन्क्याउनमा व्यस्त बनेका हुन् । यो समय अर्थात् असोज र कात्तिक महिना मुख्य मौसम भएकाले किसानलाई अलैंची टिप्न र थन्क्याउने चटारो भएको हो । जिल्लाको प्रमुख नगदेबालीको रुपमा रहेको अलैंची तल्लो […]
काठमाडौं, कात्तिक ९ गते । बामगती प्रदेशले यही कात्तिक १३ देखि २६ गतेसम्म काठमाडौंमा आयोजना हुने प्रधानमन्त्री (पीएम) कप क्रिकेटका लागि खेलाडी टोलीको घोषणा गरेको छ । बागमतीले बुधबार ज्ञानेन्द्र मल्लको कप्तानीमा १४ सदस्यीय खेलाडी टोलीको घोषणा गरेको हो । मुख्य प्रशिक्षक सामसनजंग थापाले टोलीमा थप चार जना खेलाडीलाई बैकल्पिक सुचीमा राख्नुभएको छ । टियु […]
दिवाकर पोख्रेल / देउखुरी, कात्तिक ७ गते । दाङको गढवा गाउँपालिकाको १ बडहरा, पत्रिङगा, मलमला गाउँमा कुमाल समुदायले व्यावसायिक रूपमा माटाको भाँडा बनाउने गर्छन् । गढवा गाउँपालिकाका विभिन्न स्थानमा तिहारका लागि चाहिने माटाका भाँडा तयारी अवस्थामा भए पनि बिक्री नहुँदा भने व्यवसायी निराश छन् । अहिले कुमाल समुदायले तिहार पर्वलाई लक्षित गरी निर्माण गरेका पाला, […]
काठमाडौं, कात्तिक ७ गते । काठमाडौं महानगरपालिकाले दमकल सेवा, सरसफाइ, कल सेन्टरबाट हुने स्वास्थ्य परामर्श, भाइटिकाका दिन सर्वसाधारणका लागि रानी पोखरी खुल्ला गर्ने, व्यवस्थापन गर्नेलगायत अत्यावश्यक सेवालाई पर्वका समयमा पनि नियमित सञ्चालन गर्ने भएको छ । आइतबार प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले विभागीय प्रमुखहरूसँग बैठक गर्दै अत्यावश्यक सेवा, सार्वजनिक सम्पत्तिको सुरक्षालगायत काम कर्मचारीलाई आलोपालो खटाएर […]
काठमाडौं, कात्तिक ६ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले मधेश प्रदेशका प्रमुख हरिशंकर मिश्रको कार्यभार बागमती प्रदेशका प्रमुख यादव चन्द्र शर्मालाई तोक्नुभएको छ । प्रदेश प्रमुख मिश्र कात्तिक ९ देखि ११ गतेसम्म भारतको झारखण्डको भ्रमणमा जाने कार्यक्रम रहेका कारण उहाँको अनुपस्थितिमा मन्त्रिपरिषद्को सिफारिस बमोजिम शर्मालाई कार्यभार तोकिएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिनुभयो । आचार्यले […]
काठमाडौं, कात्तिक ६ गते । तिहारमा प्रयोग गरिने भाइमसला आयातमा आधाले घटेको छ । गत वर्षको तुलनामा यस वर्ष भाइमसला आयातमा एक अर्ब २७ करोड रुपियाँले घटेको देखिएको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षमा एक अर्ब तीन लाख रुपियाँ बराबरको भाइमसला आयात भएको छ । सो मूल्यमा ५२ लाख केजी भाइमसला आयात भएको […]
शान्ता अधिकारी / चितवन, कात्तिक ५ गते । चितवन जिल्लामा यस वर्ष धान उत्पादन पाँचदेखि सात प्रतिशत घट्ने पूर्वानुमान गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ चितवनका प्रमुख वरिष्ठ कृषि अधिकृत धनबहादुर थापाका अनुसार यस वर्ष ५ देखि सात ७ प्रतिशतसम्म उत्पादन घट्ने अनुमान छ । अनियमित वर्षा, कम गुणस्तरको बीउ, रासायनिक […]