
काठमाडौं, पुस २१ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकभित्र उपलब्ध श्रोत र साधनको दिगो उपयोग गर्दै स्वाधीन र आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र निर्माण गर्न स्वदेशी उत्पादनमा वृद्धि गर्न अति आवश्यक भइसकेको बताउनुभएको छ । बिहीबार काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको १७ औँ अन्तर्राष्ट्रिय फुटवेयर औद्योगिक प्रदर्शनीको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति भण्डारीले यस्तो बताउनुभएको हो । राष्ट्रपति […]

काठमाडौं, पुस २१ गते । नेपाल १६ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव र छैठौं प्राङगारिक कृषि मेला–२०७९ आयोजना हुने भएको छ । मेला आगामी फागुन पहिलो साता राजधानीमा आयोजना हुने भएको छ । स्वदेशी उत्पादनको प्रवर्धन गर्ने उद्देश्यले नेपाल घरेलु तथा साना उद्योग महासंघले हरेक वर्ष आयोजना गर्दै आएको औद्योगिक प्रदर्शनी […]

शेरबहादुर राई / ओखलढुङ्गा, पुस २० गते । सुन्तला खेती गर्ने सिद्धिचरण नगरपालिकाका किसानलाई स्थलगत घुम्ती तालिम सञ्चालन गरिएको छ । सुन्तला जातको फलफूल बगैँचा व्यवस्थापन तथा रोग कीरा नियन्त्रणका लागि स्थलगत घुम्ती तालिम सञ्चालन गरिएको हो । वडा १२ का किसानलाई तालिम दिइएको वडाध्यक्ष उमङ्ग श्रेष्ठले बताउनुभयो । स्थलगत घुम्ती तालिममा कृषकलाई सुन्तला जातको […]

काठमाडौं, पुस २० गते । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले उद्योग व्यवसायको सुरक्षाका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । बुधबार नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीसँगको छलफलमा गृहमन्त्री लामिछानेले विगतका सरकारले उद्योगी व्यवसायीहरुलाई जस्तो आँखाले हेरे पनि वर्तमान सरकारले रातो कार्पेट ओछ्याएर स्वागत गर्ने बताउनुभएको हो । उहाँले उद्योग व्यवसायको सुरक्षाका लागि गृह मन्त्रालयले गर्नुपर्ने […]

काठमाडौं, पुस १९ गते । राष्ट्रिय योजना आयोगले ‘प्रमुख आर्थिक सूचकको प्रयोग विधि’ पुस्तक सार्वजनिक गरेको छ । पुस्तकबाट आर्थिक तथ्याङ्कको उत्पादन तथा प्रयोग गर्दा अपनाउनुपर्ने वैज्ञानिक विधिको सुनिश्चितता, नागरिकसामु सलर तरिकाले बुझिनेगरी आर्थिक सूचनाहरु प्रवाह गर्दा ध्यान दिनुपर्ने कुराको जानकारी पाइने आयोगको अपेक्षा छ । वैज्ञानिक तथ्याङ्कको लेख रचना कसरी गर्ने, तुलनात्मक अध्ययनमा तथ्याङ्क […]

काठमाडौं, पुस १९ गते । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले निर्वाचन आयोगले तोकेको जरिवानाविरुद्ध सर्वोच्च अदालतमा निवेदन पेस गर्नुभएको छ । मङ्गलबार प्रमुख साहले सर्वोच्चको संवैधानिक इजलासमा निवेदन पेस गर्नुभएको हो । वैशाख ३० गते सम्पन्न चुनाव खर्च ढिलो गरी बुझाएको भन्दै निर्वाचन आयोगले प्रमुख साह लगायतलाई जरिवाना तोकेको थियो । आयोगले प्रमुख साहलाई सात […]

काभ्रेपलाञ्चोक, पुस १८ गते । जिल्लामा बर्सेनि सुन्तला उत्पादनमा गिरावट हुँँदै आएको छ । पछिल्ला केही वर्षदेखि काभ्रेपलाञ्चोकमा दुई प्रतिशतका दरले सुन्तला उत्पादनमा गिरावट हुँदै आएको कृषि ज्ञान केन्द्र धुलिखेलले जनाएको छ । यसवर्ष पनि दुई प्रतिशतले गिरावट हुने प्रक्षेपण गरिएको केन्द्रका बाली संरक्षण अधिकृत सरिता सापकोटाले बताउनुभयो । उहाँका अनुसार रोग एवं कीराका कारण […]

काठमाडौं, पुस १८ गते । उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले गृह मन्त्रालयको सभाकक्षमा आपत्कालीन द्वार (इमर्जेन्सी इक्जिट) तत्काल निर्माण गर्न निर्देशन दिनु भएको छ । सोमबार गृह मन्त्रालयमा बसेको २५ औँ भूकम्प सुरक्षा दिवस मूल समारोह समितिको बैठकमा आफ्नो धारणा राख्नुहुँदै गृहमन्त्री लामिछानेले भूकम्पीय जोखिम न्यूनीकरण आफैँबाट सुरुवात गर्नुपर्ने भन्दै सो निर्देशन दिनु भएको हो […]

अमरराज नहर्की / तनहुँ, पुस १७ गते । तनहुँको म्याग्दे गाउँपालिका –६ धैरेनीमा लेयर्स पोल्ट्री फार्म खोलिएको छ । अमृत थापा र गुरुप्रसाद पौडेलले ६ करोड रुपियाँ लगानी गरेर फार्म सञ्चालनमा ल्याउनुभएको हो । उहाँहरूले ५३ रोपनी जमिनमा ‘त्रिदेव पोल्ट्री फार्म’ सञ्चालन गर्नुभएको छ । फार्ममा नौ जनाले रोजगारी पाएका छन् । सो फार्मबाट दैनिक […]

नारायण न्यौपाने / काठमाडौँ, पुस १७ गते । संयुक्त राष्ट्र सङ्घले सन् २०२३ लाई अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्ष मनाउने घोषणा गरेअनुरुप नेपालले आजै उक्त कार्यक्रमको शुभारम्भ गरेको छ । कृषि विभागद्वारा आज ललितपुरमा आयोजित कार्यक्रममा कृषि विकास तथा पशुपन्छी मन्त्रालयका सचिव डा गोविन्द शर्माले ‘अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्ष २०२३’को शुभारम्भ गर्नुभयो । कोदो नेपालको धान, […]