समाचार

२४ घण्टामा ४१ जनामा कोरोना संक्रमण पुष्टि : मृत्यु शून्य

काठमाडौं, चैत २ गते। पछिल्लो २४ घण्टामा नेपालमा ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्रका अनुसार चार हजार ७९० जनाको पीसीआर परीक्षण गर्दा ४१ जनामा संक्रमण पुष्टि भएको हो। त्यसैगरी १३ सय ८५ जनाको एन्टीजेन परीक्षण गर्दासमेत ४१ जनामै संक्रमण देखिएको छ। २४ घण्टामा कोरोना जित्नेको संख्या […]


कृषिलाई प्राथमिकता; किसान, व्यवसायी र विज्ञबाट विभिन्न सुझाव पेस

काठमाडौँ, चैत २ गते । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट निर्माणको गृहकार्य थालेको छ । मन्त्रालयले मङ्गलबार कृषिसँग सम्बन्धित सरोकारवालासँग अन्तक्र्रिया गर्दै बजेट निर्माणको गृहकार्य थालेको हो । छलफलमा अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले कृषिलाई पहिलो प्राथमिकतामा राखेर सुझाव सङ्कलन थालिएको बताउनुभयो । उहाँले भन्नुभयो, “आगामी आर्थिक २०७९/८० को बजेटमा कृषिमा अनुदान होइन, […]


२४ घण्टामा थप ५७ जनामा सङ्क्रमण, मृत्यु शून्य

काठमाडौं, चैत १ गते । पछिल्लो २४ घण्टामा ५७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । चार हजार ७३४ जनाको पीसीआर परीक्षण गर्दा ५७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । सोही अवधिमा तीन हजार १५० जनाको एन्टिजेन परीक्षण गर्दा २६ जनामा सङ्क्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार सात हजार […]


नेपाल युएई संयुक्त समिति बैठक : नेपाली श्रमिकको सामाजिक सुरक्षा र पारिश्रमिक वृद्धिमा जोड

काठमाडौं, चैत १ गते । नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) को संयुक्त समिति बैठक आज आबुधावीमा हुँदैछ । उक्त बैठक उद्घाटन सत्रमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र युएईका मानव संसाधनमन्त्री डा. अव्दुलरहमान अव्दुलमानन अल अवारले सम्बोधन गर्नुहुने बताइएको छ । उद्घाटन सत्रपछि सुरु हुने प्राविधिक समूहको बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व मन्त्रालयका […]


गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजिरा एयरवेजले नियमित उडान गर्ने

काठमाडौं, फागुन ३० गते । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कुवेतकोे जजिरा एयरवेजले पहिलो व्यावसायिक उडान भर्ने भएको छ । जजिराले आगामी जेठ २ गते (बुद्ध जयन्ती) देखि नियमित उडान गर्नेगरी नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणमा निवेदन दिएको छ । प्राधिकरणका उपमहानिर्देशक देवचन्द्रलाल कर्णका अनुसार जजिराले दैनिक एक नियमित उडान गर्नेगरी निवेदन […]


२४ घण्टामा थप ५० जनामा सङ्क्रमण, मृत्यु शून्य

काठमाडौं, फागुन ३० गते । पछिल्लो २४ घण्टामा ५० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तीन हजार ५३९ जनाको पीसीआर परीक्षण गर्दा ५० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । सोही अवधिमा एक हजार ८७९ जनाको एन्टिजेन परीक्षण गर्दा आठ जनामा सङ्क्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पाँच हजार […]


स्थानीय सरकारले जनताको मन जित्‍ने काम गर्नुपर्छ : प्रधानमन्त्री

काठमाडौं, फागुन २९ गते। प्रधानमन्त्री शेरबहादुर देउवाले नगरपालिका वा स्थानीय सरकारले जनताको मन जित्नेगरी काम गर्नुपर्ने बताउनुभएको छ। नगरपालिका संघको २९ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताउनुभएको हो। नागरिकको नजिकको सरकार नगरपालिका वा स्थानीय सरकार भएकोले पनि आम नागरिकमा सुशासनको प्रत्याभूति गराउन सक्नुपर्ने पनि उहाँले बताउनुभयो। यसका लागि सबै नगरपालिका जिम्मेवार हुनुपर्ने […]


२४ घण्टामा ५९ जनामा कोरोना पुष्टि : मृत्यु शून्य

काठमाडौं, फागुन २९ गते । पछिल्लो २४ घण्टामा थप ५९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता सङ्गीता मिश्रका अनुसार २४ घण्टामा ६ हजार ३०६ जनाको पीसीआर परीक्षण गर्दा ५९ जनामा सङ्क्रमण पुष्टि भएको हो । त्यसैगरी १६ सय ४१ जनाको एन्टीजेन परीक्षण गर्दा ६ जनामा सङ्क्रमण पुष्टि भएको छ […]


व्यापार घाटा चुलियोः एक खर्बको निर्यात, १० खर्बको आयात

काठमाडौं, फागुन २७ गते। मुलुकको व्यापार घाटाले नेटो काटेको छ। आयातमा भएको उल्लेख्य वृद्धिका कारण व्यापार घाटा १० खर्ब १५ अर्ब ८१ करोड बराबर पुगेको छ। चालु आवको सात महिनामा कूल वस्तु व्यापारघाटा ३८.४ प्रतिशतले वृद्धि भएको छ। अघिल्लो वर्ष त्यस्तो व्यापार घाटा ०.७ प्रतिशतले घटेको छ। समीक्षा अवधिमा निर्यात आयात अनुपात ११.५ प्रतिशत पुगेको […]


थप ६२ जनामा सङ्क्रमण, एकको मृत्यु

काठमाडौं, फागुन २७ गते । पछिल्लो २४ घण्टामा ६२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पाँच हजार ६०७ जनाको पीसीआर परीक्षण गर्दा ६२ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । सोही अवधिमा दुई हजार ३७४ जनाको एन्टिजेन परीक्षण गर्दा १५ जनामा सङ्क्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार सात हजार […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter