
काठमाडौं,चैत १३ गते । नेपालमा कुल दृष्टिविहीनमध्ये ६६ प्रतिशतलाई उपचारका माध्यमबाट नै निवारण गर्न सकिन्छ भने १६ प्रतिशतको रोकथाम गर्न सकिने खालको रहेको बताइएकाे छ । नेपाल नेत्रज्योति संघले विश्व स्वास्थ्य संगठनको मापदण्डाका आधारमा सन् २०११ मा नेपालमा अन्धोपनको पछिल्लो अवस्थाको जानकारी प्रप्त गर्न -यापिड एसेस्मेन्ट एभोइडयबल ब्लाइन्डनेस सर्भे गरेको थियो उक्त सर्वे अनुसार नेपालमा […]

काठमाडौं, चैत १३ गते । आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि एक लाख म्यादी प्रहरी माग गरिएकोमा दुई लाख ९३ हजार ३१२ जनाको आवेदन परेको छ । स्थानीय तह निर्वाचन प्रयोजनका लागि माग गरिएको एक लाख म्यादी प्रहरीमा झन्डै तेब्बर संख्यामा आवेदन परेको हो । प्रहरी प्रधान कार्यालयको तथ्यांक अनुसार शुक्रबार अन्तिम […]

ललितपुर, चैत १२ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले तोकिएको समयमै स्थानीय तहको निर्वाचन हुने बताउनुभएको छ। ललितपुरको पाटनस्थित पुनःनिर्माण गरी बनाइएको भीमसेन मन्दिरको उद्घाटन गर्दै उहाँले तोकिएको समयमै स्थानीय तहको निर्वाचन सम्पन्न गराउनका लागि सरकारले आवश्यक तयारी थालेको बताउनुभएको हो। प्रधानमन्त्री देउवाले अहिलेको सरकारलाई तीनै तहको निर्वाचन गर्ने कार्यभार रहेको उल्लेख गर्दै भयरहित, स्वच्छ निर्वाचन […]

काठमाडौं, चैत १२ गते । निर्वाचन आयोगलाई निर्वाचन आचारसंहिताको पूर्णपालना गर्ने/गराउने सिलसिलामा कसैसँग नलत्रन र कडाइका साथ प्रस्तुत हुन सुझाव दिइएको छ ।निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयनका सन्दर्भमा आयोग र नेपाल कानुन समाजको सहकार्यमा मुलुकका विभिन्न स्थानमा भइरहेको छलफलमा राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज र सङ्घसंस्थाबाट यस्तो सुझाव दिइएको हो । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले […]

काठमाडौं, चैत १० गते । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) उडान २०७९ कात्तिकभित्र गरिने भएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित थप छ वटा विमानस्थलको यान्त्रिक परीक्षण उडान सम्पन्न भएसँगै पोखराको उडानको कात्तिक महिनासम्ममा सम्पन्न गर्ने लक्ष्य राखेको प्राधिकरणका निर्देशक विक्रमराज गौतमले जानकारी दिनुभयो । नवनिर्मित पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय […]

काठमाडौं, चैत १० गते । पछिल्लो २४ घण्टामा ३२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तीन हजार ८८१ जनाको पीसीआर परीक्षण गर्दा ३२ जनामा सङ्क्रमण पुष्टि भएको हो । त्यसैगरी, १३ सय ८७ जनाको एन्टिजेन परीक्षण गर्दा तीन जनामा सङ्क्रमण देखिएको छ । पीसीआर र एन्टिजेन गरेर पाँच हजार २६८ […]

काठमाडौँ, चैत ९ गते । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आईसीसी एदिवसीय वलिङ वरीयतामा पाँच स्थान सुधार गर्नुभएको छ । आईसीसीले सार्वजनिक गरेको नयाँ बपलङ वरीयतामा सन्दीपले पाँच स्थार सुधार गर्दै ६१औँ स्थानमा उक्लिनुभएको छ । यसअघि सन्दीप ६६औँ स्थानमा हुनुहुन्थ्यो । एकदिवसीय वरीयताको शीर्ष एक सयमा नेपालबाट सन्दीपमात्र पर्नुभएको छ । सन्दीपले […]

काठमाडौं, चैत ९ गते । पछिल्लो २४ घण्टामा ३४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तीन हजार ८५५ जनाको पीसीआर परीक्षण गर्दा ३४ जनामा सङ्क्रमण पुष्टि भएको हो । त्यसैगरी, १५ सय २१ जनाको एन्टिजेन परीक्षण गर्दा चार जनामा सङ्क्रमण देखिएको छ । पीसीआर र एन्टिजेन गरेर पाँच हजार ३७६ […]

काठमाडौँ, चैत ८ गते । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का र फुटबल खेलाडी सावित्रा भण्डारी ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड–२०७७’ को दशक खेलाडी अवार्डबाट सम्मानित हुनुभएको छ । नेपाल खेलकुद पत्रकार मञ्चले मंगलबार प्रज्ञाभवन कमलादीमा आयोजित भब्य कार्यक्रमबीच दशक खेलाडी पुरुषतर्फ पारस र महिलातर्फ सावित्रालाई अवार्ड प्रदान गरेको हो । उत्कृष्ट दशक प्रशिक्षकको […]

काठमाडौं, चैत ८ गते। आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजमा पपुवा न्युगिनी (पीएनजी)माथि नेपाल विजयी भएको छ। मंगलबार यूएईमा भएको खेलमा नेपालले पीएनजीमाथि सात विकेटको जित निकालेको हो। यूएईले दिएको १७४ रनको लक्ष्य नेपालले ३७ ओभरमा तीन विकेट गुमाएर भेट्टाएको हो। यसअघि पीएनजीले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै १७३ रन बनाएको थियो। […]