समाचार

करीब सय मेगावाटकाे तामाकोशी ५ काे काम सुरु : चार वर्ष लाग्ने

कैलाश लामा / चरिकोट, दोलखा, फागुन ४ गते । दोलखामा निर्माणाधीन राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको बेला त्यसैको क्यासकेड प्रोजेक्ट तामाकोशी ५ जलविद्युत आयोजनाको निर्माण कार्य पनि अघि बढेको छ । बिगु गाउँपालिका वडा नम्बर– ३ मा निर्माण हुँने ९९ दशमलव ८ मेगावाट क्षमाताको तामाकोशी ५ जलविद्युत आयोजनाको मुख्य कार्यालय, […]


१०५ सङ्क्रमित थपिए, ९९ कोरोनामुक्त

काठमाडौं, फाल्गुन ४ गते । नेपालमा कोरोनाभाइरसका १०५ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा तीन हजार ३६० जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा १०५ जनामा सङ्क्रमणको पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा १०५ जना सङ्क्रमित थपिएकोमा ९९ जना कोरोनामुक्त भएको जनाएको छ । […]


सरकारको तीन वर्ष: हवाई पूर्वाधारमा फड्को

सिबी अधिकारी / काठमाडौँ, फागुन ४ गते । सङ्घीय सरकारले मुलुकको पर्यटन क्षेत्रको पूर्वाधार विकास तथा नीतिगत सुधारमा उल्लेखनीय प्रगति हासिल गरेको छ । वर्तमान सरकार गठन भएको तीन वर्षको अवधिमा तालुकदार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन क्षेत्रको नीतिगत सुधारदेखि पूर्वाधार विकास तथा सम्पदाको पुनःनिर्माणको कामलाई तीव्रता दिएको हो । पर्यटकीय पूर्वाधारको महत्वपूर्ण […]


रूस नेपालमा रेल विस्तारमा लगानी गर्न इच्छुक

काठमाडैं फागुन ३ गते । रूसले नेपालको रेल यातायातको क्षेत्रमा लगानी गर्ने इच्छा व्यक्त गरेको छ । आज भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङसँग उसले रेलको क्षेत्रमा लगानी गर्ने जनाएको हो । नेपालका लागि रूसका राजदूत एलेक्सी नोभिकभ नेतृत्वको टोलीले मन्त्री नेम्वाङसँग शिष्टाचार भेटवार्ता गर्दै रेलको विस्तारमा लगानी गर्न सकिने बताएको हो । रुसी […]


१२२ सङ्क्रमित थपिए, १४४ कोरोनामुक्त

काठमाडौं, फाल्गुन ३ गते । नेपालमा कोरोनाभाइरसका १२२ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा तीन हजार ५४१ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा १२२ जनामा सङ्क्रमणको पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाभाइरसको विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा १२२ जना सङ्क्रमित थपिएकोमा १४४ जना सङ्क्रमित सङ्क्रमणमुक्त भई घर फर्केका छन् । मन्त्रालयका […]


निर्वाचनका लागि दल दर्ता प्रक्रिया पनि चाँडै सुरु हुन्छ : प्रवक्ता श्रेष्ठ

काठमाडौं, फागुन २ गते । निर्वाचन आयोगले सरकारले तोकेको मितिमै निर्वाचन सम्पन्न गर्न आयोग सक्षम रहेको बताएको छ । आगामी निर्वाचनका लागि प्रस्तावित निर्वाचन आचारसंहिताबारेमा दलका प्रतिनिधिहरुसँग आज आयोगमा छलफल गर्दै आयोगले सो कुरा बताएको हो । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठकाअनुसार निर्वाचन आयोग तोकेकै समयमा निर्वाचन गराउन सक्षम रहेको दलहरुलाई प्रष्ट पारेको जानकारी दिनुभयो । […]


उपत्यकामा ६१ सहित १०४ मा सङ्क्रमणको पुष्टि

काठमाडौं, फाल्गुन २ गते । नेपालमा कोरोनाभाइरसका १०४ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा तीन हजार ५०१ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा एक सय चार जनामा सङ्क्रमणको पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ बारे अद्यावधिक विवरण सार्वजनिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो चौबीस घण्टामा […]


५७ सङ्क्रमित थपिए, १३३ कोरोनामुक्त

काठमाडौं, फाल्गुन १ गते । नेपालमा कोरोनाभाइरसका ५७ जना नयाँ सङ्क्रमितको पुष्टि भएको छ । पछिल्लो चौबीस घण्टामा १३३ जना सङ्क्रमित निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा एक हजार नौ सय जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ५७ जनामा सङ्क्रमणको पुष्टि भएको छ । मन्त्रालयका […]


इजरायलमा राेजागारीकाे आवेदन फागुनको दोस्रो साता, सफ्टवेयर तयार

मुकुन्द गैरे / काठमाडौं, फागुन १ गते । सरकारले रोजगारीका लागि इजरायल जान चाहने नेपालीको लागि यही फागुनको दोस्रो हप्ताभित्र आवेदन खोल्ने तयारी गरेको छ । वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दाहालले अनलाइन आवेदनका लागि आवश्यक पर्ने सफ्टवेयर बनाउने काम पूरा भएको बताउदै आवेदन खुला गर्ने तयारी भएको गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो । फागुनको पहिलो […]


सीमापार यातायात सञ्चालन गर्न प्रमसँग माग

काठमाडौं, माघ ३० गते । प्रधानमन्त्री केपी शर्मा ओली समक्ष नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कञ्चनपुर जिल्लाका केन्द्रीय सदस्यहरुले जिल्लाबाट भारततर्फ जान सहज हुनेगरी सीमापार यातायात सञ्चालन गरिनु पर्ने माग गर्नु भएको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली सँग आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा नेताहरूले यस्तो माग राख्नुभएको हो । उहाँहरुले कञ्चनपुर […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter