काठमाडौं, पुस ३ गते । नेपालमा कोरोनाभाइरसका ७८२ जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै कुल सङ्क्रमितको संख्या दुई लाख ५२ हजार ४७४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा पाँच हजार ७०६ जनाको आरटीपीसीआर परीक्षण गर्दा ७८२ जनामा सङ्क्रमणको पुष्टि भएको जनाएको छ । हालसम्म […]
काठमाडौं, पुस २ गते । अष्ट्रेलियाका डेभ व्हाटमर नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रमुख प्रशिक्षक नियुक्त हुनुभएको छ । नेपाल क्रिकेट संघका महासचिब अशोक नाथ प्याकुरेलले व्हाटमोरलाई जनवरी १, २०२१ देखि लागू हुने गरी प्रमुख प्रशिक्षकको रुपमा नियुक्त गरिएको जानकारी दिनुभएको छ । नेपाली क्रिकेट टोलीका प्रमुख प्रशिक्षक नियुक्त भएपछि डेभ व्हाटमरका ब्यवस्थापक कौस्तभ लहिरीले डेभ […]
काठमाडौं, पुस २ गते । नेपालमा कोरोनाभाइरसका ७७६ जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै कुल सङ्क्रमितको संख्या दुई लाख ५१ ह्जार ६९२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा छ हजार ५८८ जनाको आरटीपीसीआर परीक्षण गर्दा ७७६ जनामा सङ्क्रमणको पुष्टि भएको जनाएको छ । हालसम्म […]
उदयपुर, मङ्सिर ३० गते। चौदण्डीगढी नगरपालिकाको पहाडी क्षेत्रमा रहेको ऐतिहासिक चौदण्डीगढी क्षेत्रमा मङ्सिरको दोस्रो हप्तादेखि घुम्न आउने पर्यटकको सङ्ख्या ह्वात्तै बढेको छ । गतवर्ष चैतदेखि यस वर्षको कात्तिकसम्म कोरोना सङ्क्रमणको महामारी र बन्दाबन्दीका कारण पर्यटक आगमन ठप्प भएको चौदण्डीगढी क्षेत्रमा अब दैनिक पर्यटक आगमनमा वृद्धि हुँदै गएको छ । बन्दाबन्दी खुलेर कोरोनाको सङ्क्रमणको अवस्थामा सुधार […]
काठमाडौँ, मङ्सिर ३० गते । विद्युत् सुविधाबाट वञ्चित मुगुका दुई गाउँपालिकामा निर्माण गरिएको दुई अलगअलग लघुजलविद्युत् आयोजनाले विद्युत् उत्पादन गर्न थालेका छन् । वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रको अनुदान सहयोगमा मुगुमकार्मारोङ गाउँपालिकामा १७ किलोवाट क्षमताको घाँसेओडार खोला लघुजलविद्युत् आयोजना र सोरु गाउँपालिकामा ३५ किलोवाट क्षमताको रुमाखोला लघुजलविद्युत् आयोजना निर्माण भएको हो । घाँसेओडार खोला लघुजलविद्युत् आयोजनाबाट […]
मुकुन्द गैरे / काठमाडौं, मङ्सिर २९ गते । मेलम्ची खानेपानी आयोजनाको सुरुङ निरीक्षण गर्न जर्मनको प्राविधिक टोली नेपाल आएर काम सुरु गरेको छ । उक्त टोली यही शुक्रबार आए पछि शनिबारबाट काम थालेको मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिनुभयो । उहाँहरु आएसँगै सुरुङ निरीक्षण काम सुरु भएको र उक्त टोलीले प्रतिवेदन दिनुहुने प्रवक्ता […]
काठमाडौं, मंसिर २९ गते । नेपालमा कोरोना भाइरसका ८२१ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा ८४२ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी दैनिक विवरणमा उल्लेख गरिएकाे छ । थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोना भाइरसका कुल सङ्क्रमित दुई लाख ४९ हजार २४४ पुगेको छ । एक हजार पाँचसय […]
ललितपुर, मङ्सिर २८ गते । ललितपुर महानगरपालिकाले महानगरलाई स्वच्छ र हराभर बनाउने उद्देश्यले सचेतना अभियान शुरुआत गरेको छ । महानगरप्रमुख चिरीबाबु महर्जनले आज यहाँ आयोजित कार्यक्रममा अभियानको शुभारम्भ गर्दै महानगरपालिकालाई स्वच्छ शहर बनाउन उच्च प्राथमिकताका साथ काम भइरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सुन्दर र सभ्य समाज निर्माण गर्न सचेतना अभियानले सहयोग गर्नेछ । महानगरपालिकाका […]
काठमाडौं, मंसिर २८ गते । नेपालमा कोरोना भाइरसका ८३० सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा एक हजार पाँचसय जना सङ्क्रमित निको भएर घर फर्केका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी दैनिक विवरणमा प्रवक्ता डा. जागेश्वर गाैतमले जानकारी गराउनुभएकाे हाे । अाइतबार पाँचहजार १८१ जनाकाे आरटीपीसीआर परीक्षण गरिएकोमा पछिल्लो चौबीस घण्टामा ८३० सङ्क्रमित […]
काठमाडौँ, मङ्सिर २७ गते । नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले नेपालमा डिजिटल अर्थतन्त्र र वित्तीय प्रणालीको विकास र प्रवद्र्धनका लागि राष्ट्र बैङ्कले योजनाबद्ध प्रयास गरिरहेको बताउनुभएको छ । संयुक्त राष्ट्र सङ्घीय पुँजी विकास कोष र सिङ्गापुर मनिटरी अथोरिटीले मङ्सिर २२ देखि आयोजना गरेको ‘सिङ्गापुर फिन्टेक महोत्सव–२०२०’ लाई श्रव्यदृश्यका माध्यमबाट सम्बोधन गर्दै उहाँले ‘डिजिटल अर्थतन्त्र […]