समाचार

पेट्रोलको प्रतिलिटर दुई रुपियाँ वृद्धि, एक लिटरकाे १०७ रुपियाँ

काठमाडौँ, भदौं १६ गते । नेपाल आयल निगमले पेट्रोलको मूल्यवृद्धि गरेको छ । मङ्गलबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोलमा प्रतिलिटर दुई रुपियाँ वृद्धि भएको छ । नयाँ मूल्य अनुसार पेट्रोल प्रतिलिटर १०७ रुपियाँ पुगेको छ । डिजेल, मट्टितेल, हवाई इन्धन र एल.पी ग्यासको मूल्य हाललाई यथावत राखिएको छ । नेपाल आयल निगम र […]


प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत दुई लाखलाई सय दिनको रोजगारी

काठमाडौँ, भदौ १६ गते। सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत दुई लाख जनालाई सय दिनको रोजगारी दिने भएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले चालु आर्थिक वर्षमा बेरोजगारलाई सय दिनको काम लगाएर रोजगारी दिने भएको हो । पन्ध्रदेखि ५९ वर्ष उमेर समूहका व्यक्तिलाई श्रममूलक कार्यमा लगाई सय दिनको रोजगारी दिन थालिएको कार्यक्रमका राष्ट्रिय कार्यक्रम निर्देशक […]


कोभिड जोखिमका आधारमा देशभर आइसाेलेसन बेड विस्तार गरिने

लक्की चौधरी / काठमाडौं, भदौ १५ गते । मुलुकमा कोरोनाको जोखिम कायमै रहेकाले आगामी असोज १ गते सम्मका लागि अन्तरजिल्ला तथा लामो दूरीका सबै यातायात स्थगित गर्ने निर्णय गर्नुपरेको सरकारले बताएको छ । सरकारका प्रवक्ता तथा अर्थमन्त्री डा. युवराज खतिवडाले सोमबार मन्त्रालयमा नियमित पत्रकार सम्मेलन गर्दै सो जानकारी गराउनुभयो । भदौ १४ गते बसेको मन्त्रिपरिषदको […]


छाङरु र तिङ्कर जाेडने ४६० मिटर गाेरेटाे बन्याे, भदौभित्रै पूरा हुने

दार्चुला, भदौ १५ गते। नेपाली सेनाले घाँटीबगर इलाकामा कडा चट्टान रहेको भीरमा ४६० मिटर गोरेटो बाटो निर्माण गरेको छ । यही भदौ मसान्तभित्रै ५५० मिटर उक्त गोरेटो बाटोको ट्रयाक खोलिसक्ने सेनाको तयारी छ । भारतले सडक निर्माणका क्रममा अवरुद्ध रहेको घाँटीबगर क्षेत्रमा बाटो अवरुद्धहुँदा व्यासको छाङरु र तिङ्करका बासिन्दालाई आवतजावत गर्न समस्या थियो । गत […]


बेसीसहर–चामे सडकलाई राष्ट्रकवि मार्ग नामकरण गर्न माग

लमजुङ, भदौ १४ गते । राष्ट्रकवि स्व. माधवप्रसाद घिमिरेको १३औँ दिनको पुण्यतिथिमा आइतबार आयोजित श्रद्धाञ्जली सभामा सहभागीले बेसीसहर–चामे सडकको नाम राष्ट्रकवि मार्ग राख्न माग गरेका छन् । लमजुङको मर्स्याङ्दी गाउँपालिका– ६ पुस्तुनमा जन्मिएका घिमिरेको नामबाट सडकको नाम राख्न सके उनको योगदान र जन्मथलोप्रति सम्मान हुने पुस्तुन बाहुँनडाँडा घिमिरे समाजका अध्यक्ष प्रेमनाथ घिमिरेले बताए । मर्स्याङ्दी […]


पुनः सडकमा आउन थाले असङ्गठित मजदुर

काठमाडौँ, भदौ १४ गते । कोभिड–१९ को जोखिम रोक्न जारी गरिएको बन्दाबन्दी हटेपछि विस्तारै कामको खोजीमा लागेका असङ्गठित क्षेत्रका मजदुर निषेधाज्ञा शुरु भएसँगै पुनः सडकमा आउन थालेका छन् । बजार सबै बन्द भएर कामविहीन भएपछि बाध्यताबस भोक मेटाउन बाध्यताबस सडकमा अउनु परेको मजदुरको दुखेसो छ । काठमाडौँको रत्नपार्कस्थित बसपार्कमा साँझको समयमा झण्डै पाँचदेखि सात सय […]


अवरोध छिचोल्दै प्रसारण लाइन

भैरहवा, भदौ १३ गते । बुटवलबाट भैरहवा–लुम्बिनी कोरिडोरमा ल्याउन लागिएको विद्युत् प्रसारण लाइन चार महिनामा पूरा हुने भएको छ । बुटवल–गोरुसिङ्गे–लुम्बिनी १३२ केभी प्रसारण लाइन विस्तार आयोजनाले बीचमा कुनै अवरोध नभए चार महिनाभित्रै प्रसारण लाइन बन्ने जनाएको छ । भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, बुद्ध जन्मस्थल लुम्बिनी, भैरहवा–लुम्बिनी औद्योगिक कोरिडोर लगायतमा विद्युत् विस्तार र […]


स्वास्थ्य तालिम कार्यक्रम खारेज गरेकोप्रति प्राविधिक शिक्षालय महासंघको आपत्ति

काठमाडौँ, भदौ १३ गते । सरकारले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)को सम्बन्धनमा सञ्चालित १८ महिने स्वास्थ्य तालिम कार्यक्रमहरू खारेज गरेकोप्रति निजी प्राविधिक शिक्षालय महासंघले आपत्ति जनाएको छ । महासंघले २५ वर्षदेखि अविच्छिन्न सञ्चालित कार्यक्रमहरू हठात् र षडयन्त्रपूर्वक खारेज गरेको भन्दै सरकारको ध्यानाकर्षण गराएको हो । सरकारले सिटिइभिटीअन्तर्गत सञ्चालित सिएमए, एएनएम, ल्याब एसिस्टेन्ट र […]


सेनामार्फत सञ्चालित पाँच आयोजनाको वार्षिक कार्य प्रगति ८० प्रतिशत

काठमाडौँ, भदौ १२ गते । नेपाली सेनाको व्यवस्थापनमा आव २०७६/७७ मा मुलुकमा सञ्चालन रहेकामध्ये पाँच आयोजनाको लक्ष्यको वार्षिक कार्य प्रगति ८० प्रतिशत भन्दामाथि रहेको पाइएको छ । रक्षा मन्त्रालयअन्तर्गत सञ्चालित विभिन्न प्राथमिकता प्राप्त तथा राष्ट्रिय महत्वका आयोजनामध्ये बङ्करदेखि ब्यारेकसम्म कार्यक्रमको कार्यप्रगति सबैभन्दा अब्बल देखिएको छ । उक्त कार्यक्रमअन्तर्गत १२१ वटा भवन सेनाले निर्धारित समय अघि […]


काठमाडौँ–रक्सौल रेलमार्गको अध्ययन अघि बढाउन भारत इच्छुक

काठमाडौँ, भदौ १२ गते । काठमाडौँ–रक्सौल रेलमार्गको अध्ययन अघि बढाउन भारत सरकारले चासो देखाएको छ । अध्ययनका लागि भारतीय टोली नेपाल आउन चाहेको भएपनि कोभिड–१९ कारण तत्काल अनुमति दिन नसकिएको रेल विभागले जनाएको छ । रेल विभागले उनीहरुलाई नेपाल आउन अनुमतिका लागि गृह मन्त्रालयलाई भनेको छ । कोभिड सङ्क्रमण फैलिरहेकाले तत्काल उनीहरु आउन दिने अवस्था […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter