समाचार

सरकारले ल्यायाे तत्कालीन र दीर्घकालीन एकीकृत कार्ययोजना

नारायण ढुङ्गाना / काठमाडौँ, कात्तिक १९ गते । काठमाडौँ उपत्यकामा सवारी साधनका चापका आधारमा सडक र चोकको उचित व्यवस्थापन नहुँदा ट्राफिक व्यवस्थापन जटिल बन्दै गएको छ । सवारी साधान दैनिक थपिने तर भएका सडक विस्तार, व्यवस्थापन र नयाँ सडक निर्माणको गतिमा आएको ढिलाइले अवस्था झन् कमजोर बन्दै गएको उपत्यकाको ट्राफिक व्यवस्थापनसम्बन्धी एकीकृत कार्ययोजनाले औँल्याएको छ […]


कक्षा १२ को परीक्षा अनलाइनबाट पनि दिन सकिने

काठमाडौँ, कात्तिक १९ गते।शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोरोना जोखिमको विषम स्थितिमा कक्षा १२ को परीक्षा विद्यार्थी जहाँ छन्, त्यहीँबाट पनि दिन सकिने गरी तयारी गर्न राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दिनुभएको छ । आगामी मङ्सिर ९ देखि १६ गतेसम्म सञ्चालन हुने सो परीक्षाका सन्दर्भमा आज शिक्षामन्त्री गिरिराजमणि पोखरेलले बोर्डका पदाधिकारीलाई सिंहदरबारस्थित मन्त्रालयमा निर्देशन दिँदै […]


भारतद्वारा एक अर्ब अनुदान रकमकाे चेक प्रदान

काठमाडौँ, कात्तिक १८ गते। भारत सरकारले गोरखा र नुवाकोटमा आवास पुनःनिर्माण परियोजना कार्यान्वयनका लागि रु एक अर्ब प्रदान गरेको छ । नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्राले अर्थमन्त्री विष्णु पौडेललाई अनुदानस्वरुप भारतले उपलब्ध गराएको उक्त रकमको चेक आज अर्थ मन्त्रालयमा हस्तान्तरण गर्नुभयो । त्यस अवसरमा नेपाल–भारत सम्बन्धका विविध पक्षका साथै पारस्परिक हितका विषयमा विचारविमर्श भएको […]


एन्टिवडी परीक्षणका लागि नमूना सङ्कलन, चाँडै परिणाम आउने

काठमाडौँ कात्तिक १८ गते । समुदास्तरमा कोरोना भाइरस ९कोभिड– १९० को सङ्क्रमण फैलिएकोबारे एन्टिवडी परीक्षणका लागि नमूना सङ्कलन गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले विश्व स्वास्थ्य सङ्गठनका सहयोगमा सातवटै प्रदेशमा नमूना सङ्कलन गरेको हो । महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले सङ्कलन गरिएको रगतको नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण […]


दुई हजार ९३३ सङ्क्रमित थपिए, कुल एक लाख ७६ हजार पाँचसय

काठमाडौं, कात्तिक १७ गते । नेपालमा कोरोनाभाइरसका दुई हजार ९३३ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा दुई हजार ९३३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १३ हजार ४४६ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी विवरण अद्यावधिक गर्दै […]


चिटिक्क बन्दै पूर्वी भाग, मङ्सिरभित्र मन्त्रिपरिषद् कार्यालय सारिने

काठमाडौँ, कात्तिक १७ गते । २०७२ वै शाख १२ गतेको भूकम्पले क्षतिग्रस्त भएका प्रमुख प्रशासनिक स्थल सिंहदरबारको पूर्वी भाग आगामी मङ्सिर मसान्तभित्र प्रवलीकरण सकिने भएको छ । पूर्वी भागको प्रवलीकरणको काम सकी आन्तरिक साजसजावटको काम भइरहेकाले मङ्सिर मसान्तभित्र सकी त्यसलगत्तै नै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सार्ने तयारी भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइ […]


कोरोनाका कारण समस्यामा परेका व्यवसायीलाई नपेल्न गभर्नर अधिकारीको आग्रह

काठमाडौँ, कात्तिक १६ गते। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्षको मौद्रिक नीतिको व्यावहारिक कार्यान्वयनका लागि सबैको सार्थक सहयोग जरुरी रहेको बताउनुभएको छ ।केन्द्रीय बैंकले आज आयोजना गरेको श्रव्यदृश्य अन्तरक्रियाका क्रममा उहाँले सबै नीतिलाई छायामा पार्ने गरी मौद्रिक नीति आएको भन्ने चर्चाका बीचमा यसको व्यावहारिक कार्यान्वयन नै अहिलेको प्रमुख आवश्यकता रहेको बताउनुभयो । […]


पञ्चेश्वर आयोजनाः आशैआशमा बित्यो छ दशक

शेरबहादुर सिंह / विनोद सिंह विष्ट / महेन्द्रनगर, कात्तिक १६ गते । प्रायः हरेक सरकारमा पुग्ने दलीय नेतृत्वले निर्माण गर्छाैं भनेर चर्चामा ल्याउने गरेको पञ्चेश्वर बहुउद्देश्यीय आयोजना चर्चामै सीमित रहँदा मुलुकको सुदूरपश्चिम प्रदेश निराश हुनु स्वाभाविकै हो । बैतडीको पञ्चेश्वर गाउँपालिका–१ रोलघाटमा बन्ने भनिएको पञ्चेश्वर आयोजनाको काम निर्माण गर्ने भनिएको छ दशकदेखि सुनिँदै आएको हो […]


दुई हजार ५०८ थपिए, दुई हजार २६४ सङ्क्रमणमुक्त

काठमाडौं, कात्तिक १५ गते । नेपालमा कोरोनाभाइरसका दुई हजार ५०८ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा दुई हजार ५०८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा नौ हजार २७९ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा दुई हजार ५०८ जनामा […]


अनुकूल वातावरणको अभाव भएपछि लोप हुँदै घैया धान

गलेश्वर, कातिक १५ गते। अनुकूल वातावरणको अभाव भएपछि म्याग्दीका कृषकले स्थानीय घैया जातको धानखेती गर्न छाडेका छन् । सिँचाइको सुविधा नपुगेका भिरालो पाखामा खेती गर्न सकिने घैया धान कृषकले लगाउन छाडेपछि लोप हुने अवस्थामा पुगेको हो । अनुकूल वातावरणको अभावमा कृषकले सो जातको धानखेती गर्न छाडेको जिल्लाको वातावरण तथा जैविक क्षेत्रको अध्ययनमा सक्रिय रहँदै आउनुभएका […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter